Page 8

शेयर बजारमा ३१.४९ अंकको गिरावट, कारोबार रकम पनि घटयो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । आज पनि बजार उच्च अंकले घटेको छ । नेप्से ओरालो झरेसँगै कारोबार रकम पनि घट्न थालेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३१.४९ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९८.६९ अंकमा झरेको छ ।
आज ३०७ कम्पनीका १ करोड ८० लाख ४३ हजार २ सय ४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार ३.३५ रुपियाँ बराबरको कारोबार भएको थियो ।
समग्रमा बजार घटे पनि अपर साङ्गे हाइड्रो र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः ९.९८ र ९.४६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.३३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
यसैक्रममा लगातार बढिरहेको हिमालयन रि–इन्स्योरेन्सको शेयर मूल्य आज भने ५.१४ प्रतिशतले घटेर प्रतिकित्ता रु. ६४६ मा झरेको छ ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ७८ करोड ६३ लाख ८३ हजार ४ सय ९२.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार बजार २५.६३ अंकले घट्दा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८.०४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

यस वर्षको एसइई चैत १५ गतेबाट

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ ।
आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो । चैतको पहिलो हप्ता एसइई परीक्षा सुरु गर्ने योजना भएपनि होली पर्व परेका कारण चैत दोस्रो हप्ताबाट परीक्षा सुरु गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन ।
उनले भने, “चैत पहिलो हप्ताबाट परीक्षा सुरु गर्ने योजनामा थियौ, तर होली पर्व पर्ने र सोभन्दा अघि परीक्षा नसकिने भएकाले चैत १५ गतेबाट एसइई परीक्षा गर्ने निर्णय गरेका छौँ ।”

तनहुँमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।
दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले जनाए ।
ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दाङमा बस दुर्घटना– २ जनाको मृत्यु, २ जना घाइते

लमही– दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।
बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको बस आइतबार राति करिब ११ बजेदेखि दाङको लमही नगरपालिका–९ रिहार नजिकै दुर्घटना भएको थियो।
दुर्घटनामा ज्यान गुमाउनेमा बर्दियाको गेरुवा गाउँपालिका–१ घर भएका ३६ वर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरी छन्। मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ।
बसमा ४७ जना यात्रुहरु सवार रहेकामा अन्य यात्रुहरु भने सकुशल रहेका छन्। बस चालक सामान्य घाइते भएका र उनको कोहलपुरमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रारम्भिक अनुमान छ। पट्टा भाँच्चिएपछि बसको अगाडि बसेका २ जना हुत्तिएर च्यापिन पुगेकाले उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

रुकुममा धारिलो हतियार प्रहार गरि हत्या

तुलसीपुर । रोल्पाका एक किशोरको रुकुम पश्चिममा धारिलो हतियार प्रहार गरि हत्या भएको छ । रोल्पाको परिवर्तन गाउँपालिकाका १४ वर्षीय निर्मल डाँगीलाई रुकुमको मुसिकोट नगरपालिका ११ काफलडाँडाका ३२ वर्षीय चन्द्रबहादुर पुनले धारिलो हतियार प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
यस्तै धारिलो हतियार प्रहारबाट मुसीकोट नगरपालिका ११ का सुकलाल पुन समेत घाइते भएको प्रहरीले जनाएको छ । निर्मल सुतिरहेको कोठामै गएर पुनले खुकुरी प्रहार गरि हत्या गरेको खुलेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आधा किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
कतारको दोहाबाट आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
दर्जी हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट काठमाडौं आएका थिए ।
थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

कृषि विकास बैंकका वित्तीय सूचकहरूमा सुधार

काठमाडौं । कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ३५ करोड रुपैयाँ छ । गत वर्षको यस अवधिमा यस्तो नाफा १ अर्ब २८ करोड रुपैयाँ ऋणात्मक थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । बैंकले लोनलस प्रोभिजनवापत १ अर्ब ९ करोड रुपैयाँ छुट्याएको छ ।
त्यस्तै बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा छ । गत वर्षको यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा ऋणात्मक थियो । बैंकको निष्क्रिय कर्जामा सुधार देखिएको छ । गत वर्षको दोस्रो त्रैमासमा कुल कर्जामा निष्क्रिय कर्जा ४.५२ प्रतिशत रहेकोमा अहिले ३.०२ प्रतिशतमा झरेको छ । सीडी रेसियो ८७.५४ प्रतिशतबाट ७६.४६ प्रतिशतमा झरेको छ ।
आधार दर ९.८२ प्रतिशत छ भने निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर (स्प्रेड दर) ३.९७ प्रतिशत छ । पुस मसान्तसम्म बैंकको सञ्चित नाफा कुल ७५ करोड २१ लाख रुपैयाँ छ ।

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । संविधानसभा सदस्य समेत रहेका इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीविरुद्ध उजुरी दिएको थियो । विभागले उनीविरुद्ध ३ अर्ब ३१ करोड विगोसहित उनको नाममा रहेको जग्गा र सम्पत्ति जफत हुनुपर्ने माग दाबी गरेको थियो । उनी विरुद्धको कसुर निर्धारणका लागि माघ २१ मा अर्को पेसी तोकिएको छ ।

दाङमा चक्कु प्रहारबाट एक वृद्ध गम्भीर घाइते

तुलसीपुर । दाङमा चक्कु प्रहारबाट एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको बबई गाउँपालिका २ का ६५ वर्षीय टीका खत्री रहेका छन्। उनीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। गएराति १० बजेतिर बाटोमा हिँडिरहेका टीकालाई पर्शारामले बाँया कोखामा चक्कु प्रहार गरेर फरार भएको डिएसपी पोखरेलले जनाएका छन।
चक्कु प्रहारबाट घाइते भएका टीकालाई राति ११ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको थियो। चक्कु प्रहार गरी फरार रहेका पर्शारामलाई आज बिहान मात्रै इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ। डिएसपी पोखरेलका अनुसार पुरानो रिसिबीका कारण पर्शारामले टीकामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको डिएसी पोखरेलले जानकारी दिए ।

आइएमई पे एपमा रु. १ को खेल सार्बजनिक

काठमाडौँ । डिजिटल वालेट ‘आइएमई पे’ ले माघ महिनादेखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
यसअघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।
आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्ने छन् ।
साथै अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्ने छन् ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...