Page 16

शेयर बजारमा ७.६३ अंकको सुधार, कारोबार रकम भने बढन सकेन

काठमाडौं । शेयर बजार उचालिए पनि आज पनि कारोबार रकम भने बढ्न सकेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ७.६३ अंकले बढेको हो । ०.३६ प्रतिशतले बजार बढ्दा नेप्से २०८३.९० अंकमा पुगेको छ ।
आज ३१५ कम्पनीका ७६ लाख २४ हजार ३ सय ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५९ करोड १५ लाख ३४ हजार ९ सय ७.७६ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन आज समाज लघुवित्त र गुराँस लघुवित्तका लगानीतर्काहरुले क्रमशः ९.९९ र ९.४२ प्रतिशतले नाफा कमाए ।
त्यस्तै सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भयो । उक्त कम्पनीको ३३ करोड ७६ लाख २ हजार ४ सय ७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार ५.३१ अंकले घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ र हिजो सोमबार १४.५७ अंकले बजार बढ्दा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ बराबरको कारोबार भएको थियो ।

आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज एकै पटक ८ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार प्रतिनिधिसभा अन्तर्गतका ४ वटा र राष्ट्रिय सभा अन्तर्गतका ४ वटा समितिको बैठक बस्न लागेको हो ।
आज बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा झापा, सुनसरी र मोरङमा गरिएको अनुगमन सम्बन्धी प्रतिवेदन, २०८० (मस्यौदा माथि) पेस तथा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आ.व २०७९(८० को वार्षिक प्रतिवेदन माथि छलफल हुने जानकारी दिईएको छ ।
दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ भने बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।
राष्ट्रिय सभा अन्तर्गतको समितिहरूमा बिहान ११ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा नागढुंगा सुरुङमार्ग निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा स्थानीय तहको कानुन निर्माण प्रक्रियाको अध्ययनको मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
त्यस्तै बिहान १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित प्रत्यायोजित विधायन र सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोर्हौ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैङ्गिक मैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावहरूका सम्बन्धमा छलफल हुनेछ

समृद्धि अभियान साकार पार्न एमालेको बहुमतको सरकार आवश्यक रहेको ओलीको टिप्पणी

महोत्तरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि अभियान साकार पार्न आफ्नो पार्टीको बहुमतको सरकार आवश्यक भएको टिप्पणी गरेका छन ।
सोमबार महोत्तरीको जलेश्वरमा नेकपा (एमाले) को छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै ओलीले देशको नेतृत्व गर्ने अवसरका लागि आफ्नो दलले अब २०८४ को चुनावको प्रतीक्षा गरिरहेको जानकारी दिए ।
“हामी जिम्मेवारीसाथ मुलुकको नेतृत्व गर्न चाहन्छौँ, तर अहिलेको गठबन्धन भत्काउनतिर हामी लाग्दैनौँ”, अध्यक्ष ओलीले भने ।
उनले आफू नेतृत्वको सरकारले थालेका विकास–निर्माणका परियोजनालाई गठबन्धन सरकारले बेवास्ता गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले दक्षता, क्षमता र कामप्रतिको तत्परता बढाउन आफ्ना पार्टीका नेता तथा कार्यकर्तासँग अपिल गरे । “अवसर पाइन भनेर मन कुँड्याएर नबस्नोस्, योग्यता बढाउनोस्, अवसर तपाईंलाई खोज्दै आइपुग्छ,” उनले भने । जनताबीच विनम्र भएर प्रस्तुत हुने कार्यकर्ता एमालेका हुनपर्ने उनको भनाइ थियो ।
एमालेका केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, अर्का सचिव रघुवीर महासेठले देश निर्माणको जिम्मेवारी पुनः नेकपा एमालेको काँधमा आउने जानकारी दिए । उनीहरुले त्यसका लागि अझै चार वर्ष भने पर्खनुपर्ने जनाए ।

रहेनन पूर्वमन्त्री केशवकुमार बुढाथोकी

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ।
विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति साढे ११ बजे उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए। झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए।
उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए। बुढाथोकीको पार्थिक शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइनेछ ।

साझा मुद्दामा एकतालाई निरन्तरता दिन सभामुख घिमिरेको आह्वान

काठमाण्डु । सभामुख देवराज घिमिरेले राष्ट्रका साझा मुद्दामा राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिन आह्वान गरेका छन् ।
आज सोमबार प्रतिनिधिसभाको बैठक सुरु गर्दै उनले दलहरूबीचको एकतामा जोड दिए ।
उनले चालू अधिवेशनदेखि संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन केही नयाँ अभ्यास गर्न लागेको जानकारी दिए । अधिवेशनदेखि संसदीय गतिविधि समयबद्ध सञ्चालन गर्न कार्यतालिका लागू गर्ने र यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने उनले जनाए ।
प्रतिनिधि सभाको बितेका २ अधिवेशनमा संसद् नियमावली निर्माण र संसदीय समितिले पूर्णता पाएको भन्दै उनले अब संसदीय गतिविधि सहज ढंगले अघि बढ्ने जानकारी दिए ।
गत अधिवेशनमा जम्मा एउटा कानून बने पनि धेरै कानून निर्माणको तयारी भइरहेकाले आगामी दिनमा धेरै काम हुने उनले जनाए ।

 

कोशी प्रदेशका मुख्यमन्त्री र पदाधिकारीका विरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ । अधिवक्ता कपिलदेव ढकालले सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।
अधिवक्ता ढकालले सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सेवा सुविधा वृद्धिको निर्णय संविधान विपरीत रहेको भन्दै रिट दर्ता गराएका हुन् । उक्त रिट बुधवारको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको जनाईएको छ ।
कोशी प्रदेश सरकारको सिफारिसमा कोशी प्रदेशका प्रमुखले गत माघ ६ गते प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका थिए । उक्त अध्यादेशमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड ख लाई प्रतिस्थापन गर्दै त्यसमा पूर्व मुख्यमन्त्री लगायतका व्यक्तिहरूको नाम पनि पदाधिकारीमा समावेश गराएको थियो ।
उक्त अध्यादेशले राज्य स्रोतको दोहन गर्ने निहित उद्देश्य राखेको र उक्त निर्णय संविधानको धारा २०२ को उपधारा १ विपरीत संवैधानिक नियन्त्रण र सन्तुलन, पारदर्शिता, जबाफदेहिता तथा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड ख को परिभाषालाई प्रयोजनविहीन पार्नु संविधानसँग बाझिएको जिकिर गरिएको छ । उक्त अध्यादेश उत्प्रेषणको आदेशले बदर गर्न पनि रिटमा माग गरिएको छ ।

ओली नेतृत्वको सरकार ढलेपछि देशमा निराशा छायको शंकर पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले केपी ओली नेतृत्व सरकारले विकास र समृद्धिमा असाधारण फड्को मारिरहेको बेला सरकार ढाल्ने काम गरिएको दाबी गरेका छन ।
नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सोमबार चरिकोटमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले सरकार ढलेसँगै जनतामा निराशा जागेको जानकारी दिए । एउटा गतिमा काम गरिरहेको सरकार ढालेर विकासका काम ठप्प पार्दा नागरिकमा निराशा छाउनु स्वाभाविक भएको पोखरेलको भनाइ छ ।
महासचिव पोखरेलले केपी ओली नेतृत्व सरकारले अभूतपूर्व काम गरेको जनाउँदै मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको लोककल्याणकारी सरकारको कामलाई विस्तार गरी काम गरिरहेको ओली नेतृत्वको सरकारलाई सत्ताबाट हटाएपछि नेपाली जनतामा निराशा बढेको टिप्पणी गरे ।
काम गरिरहेको सरकारलाई अलोकतान्त्रिक विधि, षडयन्त्रपूर्ण तरिकाले हटाएको पोखरेलको भनाइ छ । दलीय अनुशासन उलङ्घन गरी आफ्नै पार्टीका नेताहरू ओली नेतृत्वको सरकार हटाउन लागेका उनको कथन छ ।
कम्युनिष्ट पार्टीको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनाउन पुग्ने पुष्पकमल दाहाल र माधव नेपाल कम्युनिष्ट नभएको उनले स्पष्ट पारे । ‘अब नेपालमा कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्न सक्ने सामर्थ्य अरू कुनै पार्टीसँग रहेन, अब त्यो नेकपा एमालेसँग मात्रै छ’, पोखरेलले भने ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई फेरी बलियो बनाएर अघि बढाउनु पर्ने जनाउँदै सबै कम्युनिष्टलाई एकताबद्ध गरी एमालेलाई एक बनाएर लैजानु पर्नेमा उनले जोड दिए । मुलुकमा आर्थिक सामाजिक रूपान्तरणको आवश्यकता रहेको र त्यसको लागि बलियो राजनीतिक शक्ति आवश्यक पर्ने भएकाले नेकपा एमालेलाई अघि बढाउन एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।
देशलाई माया गर्ने, स्वाभिमानको पक्षमा लागेका, स्थिरताको पक्षमा रहेका र स्वाधीनताको आन्दोलनमा रहेका सबैलाई पोखरेलले एमालेमा एकताबद्ध हुन अनुरोध गरे । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउँदा मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने उनले स्पष्ट पारे ।

ग्लोबल आइएमई बैंकका ग्राहकले दराजमा १५ प्रतिशत पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंकका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक भएको छ ।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) संचालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिद मुल्यमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् ।
ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष छुटकोे अनुभव सुनिश्चित गर्दै आएको छ । यसरी बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

शेयर बजारमा १४.५७ अंकको सुधार, कारोबार रकम भने खुम्चियो

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढ्दा पनि कारोबार रकम भने खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.५७ अंकले उचालिएको छ । ०.७० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७६.२७ अंकमा उक्लिएको छ ।
आज ३१० कम्पनी ७४ लाख ९१ हजार ३ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४.५६ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज नेपाल टेलिकम, पिपुल्स पावर, समाज लघुवित्त, जोशी हाइड्रो र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९६ र ७.६९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार ५.३१ प्रतिशतले घट्दा ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१.७९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै छ। आज बस्ने बैठकका लागि शनिबार नै सूचना जारी गरिएको थियो।
सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान भएको माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले जानकारी दिए।
‘संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा दलको बैठक बस्न लागेको हो,’ नेता घर्तीले भने।
आजदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। सरकारले मन्त्रिपरिषद्बाट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...