Page 2

टी २० आईमा नेपाल नामिबियासँग पराजित

काठमाण्डौ । टी २० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भएको हो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
नामिबियाका लागि जान निकोल लफ्टी ईटनले शतकीय पारी खेले। उनले ३३ बलमा ११ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन्। यससँगै उनले ३४ बलमा कुशल मल्लले बनाएको कीर्तिमान तोडे। लफ्टी ईटनले ३६ बलमा १०१ रन बनाए। मलान क्रुगरले भने ५९ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले २ तथा अविनाश बोहरा र करण केसीले १, १ विकेट लिए।

शेयर लगानीकर्तालाई नगद लाभांश दिने सलिकोको निर्णय

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आफ्ना लगानीकर्ताहरुलाई नगदै लाभांश दिने निर्णय गरेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई पाँच प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९, ०८० को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार १९६ रुपैयाँको ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरको हो । सो निर्णय नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताहरुले पाउनेछन् ।

शेयर बजारमा ९.३४ अंकको सुधार, कारोबार रकम भने खुम्चिंदै

काठमाडौं । शेयर बजार उचालिए पनि कारोबार रकम भने खुम्चिंदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार ९.३४ अंकले उचालिएको हो । ०.४६ प्रतिशतले बजार बढ्दा नेप्से २००१.६४ अंकमा उक्लिएको छ ।
आज ३०८ कम्पनीका ५२ लाख ३९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६.२१ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार बढेको दिन बोटलर्स नेपाल बालाजु, बीपीडब्लू लघुवित्त, सामलिङ पावर, बोटलर्स नेपाल तराई र गुराँस लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.२६, ८.७२ र ८ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.०६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज सोनापुर मिनिरल्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६ सय ९०.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २६.८१ अंकले बजार घट्दा ३ अर्ब ८ करोड ६९ लाख ५१ ह्जार ७०.५१ रुपियाँ र हिजो सोमबार १३.२८ अंकले बजार बढ्दा २ अर्ब १ करोड ७७ लाख ३९ हजार ६०.६८ रुपियाँ बराबरको कारोबार भएको थियो ।

अभिनेत्री नन्दिता केसीको विवाह फागुन १९ गते

काठमाडौं । अभिनेत्री नन्दिता केसीले कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवालसँग इन्गेजमेन्ट गरेकी छिन । केही दिनअघि क्यानडामा उनीहरुबीच इन्गेजमेन्ट भएको जनाईएको छ ।
नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले हुन्छ भनेको जानकारी दिएकी छिन । उनीले सामाजिक सञ्जालमा अरविन्द्रले औंठी लगाइदिएको तस्वीर सेयर गर्दै भनेकी छिन, –‘जीवनको नयाँ यात्राको सुरुवात‘ मैले हुन्छ भने‘’
उनीहरुको विवाह यहि फागुनको १९ गते शनिबार काठमाडौंमा हुने जनाईएको छ । उनीहरुको मागी विवाह हुन लागेको हो ।
अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छ भने नन्दिता पनि पछिल्लो समय अमेरिकामा बस्दै आएकी छिन । अहिले भने नन्दिता काठमाडौंमा छिन । उनी विवाहको लागि एक महिना अगाडि काठमाडौं आएको जनाईएको छ ।
नन्दिताले ‘इन्द्रेणी, कैफियत, बाटोमुनिको फूल, हामी तीन भाई, युगदेखि युगसम्म, निशाना, जंगबहादुरको कोट, सपना, मृगतृष्णा’ लगायतका चलचित्रमा काम गरेकी छिन ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने जानकारी दिईएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा छलफल हुने पनि जनाईएको छ ।
बैठकमा नेताहरूको मूल्याङ्कन, चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

त्रिकोणात्मक टी २० सिरिज आजदेखि, नेपाल र नामिबियाबीच खेल हुँदै

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी २० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रशिद खान, सागर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी २० वरियतामा तीन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

८ वटा संसदीय समितिको बैठक आज बस्दै

काठमाण्डौ । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् । प्रतिनिधिसभाअन्तर्गतका पाँच र राष्ट्रियसभाअन्तर्गतका तीनवटा समितिको बैठक बस्न लागेका हुन् ।
प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
महिला तथा सामाजिक मामिला समिति,शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजेका लागि बोलाएको संसदीय सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान साढे ११ बजे बस्ने जनाईएको छ ।

राष्ट्रिय सभाको अध्यक्ष माओवादीले नै पाउने शर्माको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नै पार्टीले पाउने दाबी गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी राष्ट्रियसभामा ठूलो दल भएकाले अध्यक्षमा आफूहरुले दाबी गर्ने जानकारी दिए ।
‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रा हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन’, उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’
नेता शर्माले कांग्रेस महासमितिले आगामी निर्वाचनमा गठबन्धन नगर्ने भनी गरेको निर्णयबारे स्थायी कमिटी बैठकमा छलफल हुने जनाए ।

 

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता चैत २४ मा हुने

काठमाडौं । इलाम २ र बझाङ १(१) मा हुने उप–उपनिर्वाचनका लागि २४ चैतमा उम्मेदवारी दर्ता हुने भएको छ।
निर्वाचनको मिति निर्धारण गरेको भोलिपल्ट निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। जसअनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ताको समय तोकिएको छ।
२४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गरिनेछ। चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसारको अवधि तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ।
१५ वैशाखमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१, ८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रस्तुत भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
सरकारको नयाँ बजेट तालिका अनुसार आगामी आवको बजेट आउनुभन्दा तीन महिना अगाडि नै बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेस भएको हो ।
यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्‍मा पर्याप्त छलफल हुने र जनताका प्रतिनिधिले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समेट्न सहज हुने सरकारको भनाइ छ ।

लेटेष्ट समाचार

इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने ट्रम्पको इच्छा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोजतबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । मोजतबा युद्ध अन्त्यका लागि जारी कूटनीतिक प्रयासमा...

एसियाली छनोट क्रिकेटमा नेपाल र मलेसिया खेल्दै

काठमाण्डौं । एसियाली खेलकुद छनोट अन्तर्गत नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने खेलमा नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा हुनेछ । नेपाल...

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (बिहीबार) बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन ललितपुरमा बस्ने...