Page 12

पशुपति नजिकैको जंगलमा एक किशोरीको शव फेला

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर नजिकैको गोरखनाथ मन्दिरमाथिको जंगलमा एक किशोरीको शव फेला परेको छ ।
सिन्धुली घर भएकी १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उनको शव बिहान मर्निङवाकमा जानेहरुले देखेर प्रहरीलाई खबर गरेका थिए ।
सिन्धुली घर भएकी सुस्मिता केहीदिनदेखि हराइरहेकी थिइन् । उनी बालुवाखानी कपनमा बस्ने गर्थिन् ।
उनी केहीदिनअघि भक्तपुर आफन्तकोमा जाने भनी घरबाट निस्केकी थिइन् ।
आफन्तले सामाजिक सञ्जालमा उनको खोजी गरिदिन अपिल गरेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

गोर्खाज फाइनान्सको साधारण सभा आज

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा आज अर्थात् चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा डाकेको हो ।
सभाले आव २०७८।७९ र २०७९।८० को संचालक समितिको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरी चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नेछ ।
त्यस्तै, संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५(घ) संसोधन गर्ने र संस्थाको प्रबन्धपत्र, नियमावली सम्बन्धमा नियमनकारी निकायबाट आवश्यक थपघट गर्न निर्देशन भएमा सो बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने जानकारी दिइएको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गतेदेखि चैत्र २ गतेसम्म बुक क्लोज गरेको हो। जसअनुसार फागुन १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा भाग लिन योग्य हुनेछन् ।

 

माओवादीको स्थायी समिति बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीतिक गतिविधिका बारेमा छलफल हुने जानकारी दिईएको छ । साथै पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीको विधान, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतमा छलफल हुने जनाईएको छ ।

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउन नेताहरुबीच छलफल हुँदै

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ ।
कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ ।
कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए ।
उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार बिहान ९ बजे अर्थमन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले जानकारी दिए ।
कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएलगत्तै शीर्ष तहमा नेताहरुले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने जनाईएको छ ।

संघीय संसदको दुबै सदनको बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको हो ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रतनिधि सभामा उत्पति भएको ‘सम्पति शुद्दीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्दन सबन्धी केही ऐनलाई संसोधन गर्ने बिधेयक २०८०’ का सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल हुने जानकारी दिईएको छ ।
उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) बिधेयक २०८० माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
साथै, आ.ब. २०८१, ८२ को लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

भोजपुरमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु

भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, छ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । घाइतेको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जिप आज बिहान १०ः३० बजेतिर उदयपुरको बेलका–७ मैनामैनीमा दुर्घटना भएको थियो । जिपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

शेयर बजारमा २७.८४ गिरावट, अपर तामाकोशीकै ५० करोडको कारोबार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारले ओरालो झरेर बिश्राम लिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.८४ अंकले घटेको हो । १.३२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८०.८७ अंकमा झरेको छ ।
आज ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय ३.१३ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि वीन नेपाल लघुवित्त, मानुषि लघुवित्त र गुराँस लघु वित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९२ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ, मंगलबार ५८.५८ अंकले बजार बढ्दा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ र हिजो बुधबार २.४८ अंकले बजार घट्दा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२.२२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।

सुशासन र विकास के हो भन्ने कुरा देखाउने पोखरेलको दाबी

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले
सुशासन र विकास के हो भन्ने कुरा देखाउने दाबी गरेका छन ।
आज वीरगञ्जमा आयोजित एमाले पर्साको प्रथम प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नागरिकमा छाएको निराशा चिर्न नयाँ गठबन्धन बनाइएको जानकारी दिए ।
पोखरेलले आर्थिक सामाजिक विकासका दृष्टिले मधेस जुन हिसाबले अघि बढ्नु पर्नेमा त्यस अनुसार अघि बढ्न नसकेको जनाए । क्षेत्रीयतावादले मधेसी जनताको हित गर्न नसक्ने उनको भनाइ छ । मधेसवादको राजनीति गर्नेहरू पनि अब राष्ट्रिय राजनीतिमा जोडिने प्रयत्नमा रहेका तर उहाँहरूको कारण मधेसको समय बरबाद भएको पोखरेलले जनाए ।
एमालेलाई मधेश विरोधी हो भन्ने कुप्रचार गर्ने प्रयत्न गरिएको भए पनि त्यो सफल हुन नसकेको पोखरेलले स्पष्ट पारे । एमालेको नेतृत्वमा सरकार बनेपछि मधेसले पहिलो पटक परिवर्तनको अनुभूति गर्न पाएको उनको भनाइ छ । मधेस परिवर्तनको श्रेय कसैलाई जान्छ भने त्यो नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई जाने उनले प्रष्ट पारे । नेपाली जनताको स्वाभिमान जगाउने नेताको रूपमा एमाले अध्यक्ष केपी शर्मा ओली भएको उनले जानकारी दिए । छिमेकीको आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने एक मात्र नेता केपी ओली भएको उनले दाबी गरे ।
कांग्रेस र मधेस केन्द्रित दलका नेता पटक पटक मन्त्री बन्दा पनि मधेसको विकासमा काम नगरेका उनले जनाए । आज मधेसको रूप रङ्ग फेरिनुको मुख्य कारण एमाले भएको उनले दाबी गरे । ‘मधेसका जनताको पीडामा सबैभन्दा संवेदनशील नेकपा एमाले छ भन्ने कुरा हामीले प्रमाणित गरेर देखाएका छौँ’, पोखरेलले भने ।
नेपालको पानीमा पहिलो अधिकार नेपालको छ भन्ने कुराको आधारमा नदीको पथान्तरको काम एमालेले सुरु गरेको पोखरेलले जनाए । नेपालको सबैभन्दा ठुलो सिँचाइ परियोजनाको कामको रूपमा सुनकोसी–मरिण डाइभर्सनको काम भइरहेको उनले जनाए । यसबाट नेपालको तराई–मधेस कृषिको नमुना क्षेत्रको रूपमा विकास हुने उनले प्रष्ट पारे । एमालेलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाएपछि नेपालको दुर्भाग्यको दिन सुरु भएको र विकास र समृद्धिका सबै काम रोकिएका पोखरेलले प्रष्ट पारे । आज मुलुक चरम निराशामा डुबेको उनको धारणा छ ।
राष्ट्र निर्माणको लागि बलियो राजनीतिक दल, स्थिरता र स्थायित्व जरुरी रहने उनले जनाए । नेपालको सन्दर्भमा यो क्षमता एमालेसँग मात्र रहेको उनको भनाइ छ । नेपाली समाजको मनोविज्ञान बुझेर देशको स्वाधीनता, स्वाभिमान, विकास र समृद्धिलाई अगाडि बढाउन सक्ने एक मात्र पार्टी नेकपा एमाले भएको पोखरेलले दाबी गरे ।
एमालेलाई राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आवश्यक रहेको उनले जोड दिए । मधेस प्रदेशका सबै जिल्लामा एमालेले अभियान सुरु गर्ने पनि महासचिव पोखरेलले जानकारी दिए । मधेस प्रदेशका सबै जिल्लामा पार्टी अध्यक्षलाई ल्याउने योजना पार्टीले बनाएको उनले जानकारी दिए ।

गृहमन्त्री र पूर्वउपराष्ट्रपतिका पुत्र दिपेश पुनलाई कारबाही गर्न माग

काठमाडौं । प्रतिनिधि सभाको विहीबारको बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग गरिएको छ ।
कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन । उनले भने, ‘सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदी, यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
त्यस्तै कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ । बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए ।
सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे । उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे ।
सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे । तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यानदिने विश्वास व्यक्त गरे ।

 

मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरु पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरूङ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गरेका छन ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले तीनजनालाई आज पदमुक्त गरेका हुन । फागुन २८ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गर्दै राष्ट्रपतिलाई सफारिस गरेको हो ।
पदमुक्त भएका तीनैजना प्रदेश प्रमुख काँग्रेसका हुन । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै उनीहरुलाई पदबाट हटाइएको हो ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...