काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।
२० ओभर खेलेको नेपालले ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पाली खेले । कुशलले ५९ र सन्दीपले ५६ रन बनाएका थिए ।
नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य
आज राष्ट्रियसभा अध्यक्षका लागि निर्वाचन हुँदै
काठमाण्डौं । राष्ट्रियसभा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
संसद सचिवालयले सोमबार सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिच प्रतिस्पर्धा हुँने जनाईएको छ ।
संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाइँदै
काठमाण्डौं । आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ। ग्लाल्पो लोसार बौद्ध धर्मावलम्बीको पर्व हो। नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन्।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व हो ग्याल्पो ल्होसार। नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गर्छन्। ल्होसार शब्दले नयाँ वर्ष बुझाउँछ।
ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरेर भव्यरुपमा मनाउने परम्परा शेर्पा समुदायमा छ। ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लासँगै भारत, भुटानलगायत विभिन्न देशमा मनाइन्छ। शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला र देश बढेका छन्।
राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता
काठमाण्डौ । राष्ट्रियसभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ।
संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता र साढे १ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जानकारी दिईएको छ ।
राष्ट्रियसभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसले युवराज शर्मा र माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायण दाहाललाई उम्मेदवार बनाउने भएका छन् ।
अध्यक्ष पदका लागि भोलि बिहान ११ बजेर ९ मिनेटमा बोलाइएको राष्ट्रियसभा बैठकमा चयन प्रक्रिया अघि बढाइने सचिवालयले जानकारी दिएको छ ।
गायक अमर दिप विसी को स्वरमा ‘लै बरिलै‘ सार्वजनिक
काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्।
मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्स गरेका छन् ।
आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ ।
गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरह्ेको गायक अमरदिप विसीले बताएका छन । गीतको सम्पादन नविन घर्ति मगरले गरेका छन ।
https://youtube.com/watch?v=_M6r2XYy7jg%3Fsi%3DCjfCvn049mmi5MW2
नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन
काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘नेताको चाकडी नगर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
आइतवार प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका गृहमन्त्री लामिछानेले ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ प्रहरी उच्च अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।
उनले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुपर्ने जानकारी दिए । कुनैपनि घटनाको अनुसन्धान प्रमाणका आधारमा गर्न स्मरण गराउँदै त्यसमा कुनै सम्झौता नगर्न निर्देशन दिदैँ भने, ‘कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निश्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु’,
राष्ट्रियसभा अध्यक्ष निर्वाचनको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौ । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुने जानकारी दिईएको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचनादिने कार्यक्रम तय गरिएको जनाईएको छ ।
सोहीदिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसकालागि राष्ट्रियसभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसका उपाध्यक्षसहित १८ सांसद छन् । यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रियसभामा छन।
एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एकजना सांसद राष्ट्रिय सभामा छन ।
ग्लोबल आइएमई बैंकको प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचिन कलाकृतिहरु समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।
ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् ।
क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए ।
विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र सस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बै्रकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ।’
उनले नयाँ वर्ष २०८१ सालको सु–अवसरमा सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवम् प्रत्यक्ष अप्रत्यक्षरुपमा जोडिनुभएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन् ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
शेयर बजारमा २२.१० अंकको सुधार, दुई अर्ब ९२ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढे पनि आज कारोबार रकम भने उत्साहजनक रहेन ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१० अंकले बढेको हो । १.०८ प्रतिशतले बजार बढ्दा नेप्से २०५२.६५ अंकमा उक्लिएको छ ।
आज ३०४ कम्पनीका ७० लाख ४३ हजार ४ सय ५७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१हजार ५ सय ५८.९१ रुपियाँ बराबरको किनबेच भएको हो ।
बजार बढेको दिन आज वीन नेपाल लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, महुली लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, १०, ८.७२, ८.७१ र ७.९४ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै चिरख्वा हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.०६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
ऋाज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ९३ लाख २५ हजार ६ सय ४३.१० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
जसपाका मन्त्रीहरूले आज शपथ लिँदै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको जानकारी दिईएको छ ।
अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिने जनाईएको छ । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । शपथको समय भने तोकिएको छैन ।
















