Page 15

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे सुरु हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने तथा ‘विधायन सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

उपसभामुखको विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन ।
प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको जनाईएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दैछ ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको धारणा बुझ्न खोजेको जनाईएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ ।
सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले मंगलबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।
रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ ।
उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा तानिएकि छन ।

देशभरका सरकारी कार्यालयमा टीएमएस बन्द

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सरकारी कार्यालयहरूमा शेयर कारोबार प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले फेसबुकमा स्टाटस लेख्दै सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले अमान्य रहेको र यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव पारेको उल्लेख गरेका छन ।
प्रधानमन्त्री ओलीले यसले सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको उल्लेख गर्नुहुँदै यही जनगुनासोलाई सम्बोधन गर्न यो कदम चालिएको जानकारी दिए ।
‘गुनासो र सम्बोधन, सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भनेका छन, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।’
प्रधानमन्त्री ओलीले सरकारी कार्यालयहरूमा अब सरकारी काम मात्र गर्न अनुरोध गरेका छन ।
प्रधानमन्त्री ओलीको यो कदमले सरकारी कर्मचारीहरूलाई आफ्नो कार्यालय समयमा शेयर कारोबारमा संलग्न हुनबाट रोक्ने र सरकारी सेवाको गुणस्तर थप सुधार गर्ने अपेक्षा गरिएको छ ।

आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई अनुरोध गरेका छन ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न अनुरोध गरेका हुन ।
उनले तरकारी र उत्पादनमा विषादीयुक्त किटाणु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस् । प्रशासनिकरुपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । तपाईं वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छु ।’ प्रधानमन्त्री ओलीले भने, ‘ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ । अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’
प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने जानकारी दिए ।
सभाले आर्थिक वर्ष २०८१, ०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपैयाँको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा. डा. दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवद्र्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रशन्नता व्यक्त गरेका थिए ।

हिरोको ‘एक्कासी मालामाल’ अफर, मोटरसाइकल किन्दा कार जित्न सकिने

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटर्सले दसैंतिहार चाडपर्व विशेष ‘एक्कासी मालामाल’ अफर सार्वजनिक गरेको ।
‘दसैंतिहार २०८१ को बहार २ चक्के किन्दा ४ चक्के उपहार’ नारासहित अफर सार्वजनिक गरेको कम्पनीले बम्पर उपहारमा नेटा भी कार प्रदान गर्ने घोषणा गरेको हो ।
यसअफर अन्तर्गत एक्साइटमेन्ट, एड्भेन्चर र अपार पुरस्कारमा ग्राहकले अन द स्पट ८ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन् ।
साथै ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डको पुरानो दुईपाङग्रे साधनसँग हिरोको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
यो अफर हिरोका आधिकारिक शोरुमहरूमा सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रभु बैंकका ग्राहकलाई ब्लु क्रस हस्पिटलमा छुट

काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलका सेवाहरुमा छुट दिइने भएको छ ।
बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ब्लु क्रस हस्पिटलमा अन्तरंग तथा बहिरंग सेवा, ओपीडी टिकट, रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा ५ प्रतिशत देखि १२ प्रतिशत सम्म छुट पाउने छन् ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड, भिलेज कार्ड तथा क्यूआरबाट समेत भुक्तानी गर्न सक्नेछन् ।
एक समारोहबीच ब्लु क्रस हस्पिटलका तर्फबाट मेम्बर(सेक्रेटरी रजत श्रेष्ठ र प्रभु बैंकको तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारीपत्रमा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
ब्लु क्रस हस्पिटलले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दैआएको र एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदैआएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा रोटरी इन्टरनेशनललाई ५ लाख सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा संचालन हुने “आधारभूत शिक्षा तथा साक्षरता” कार्यक्रम मार्फत पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्थाबीच सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती थियो ।
सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २.५ लाख शौचालय निर्माणको लागि र बाँकी रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्बजनिक स्कूलहरुमा संचालन हुन युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ ।
कम्पनीले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरेको जनाईएको छ ।

शेयर बजारमा १३.०९ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से क्रमशः तल झरेसँगै कारोबार रकम पनि घटिरहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.०९ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३२.९४ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि ट्रेडिङ समूह ०.७९ प्रतिशतले उचालिएको छ ।
आज ३२८ कम्पनीका १ करोड ९० लाख ७७ हजार ५ सय ८३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४ सय २१.३९ रुपियाँ बराबरको कारोबार भयो ।
मानुषी लघुवित्त र थ्रीस्टार लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १०, ९.९० प्रतिशतले नाफा कमाउँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड ३ का लगानीकर्ताहरुले सबैभन्दा बढी ८.८२ प्रतिशतले घाटा व्यहोरे ।
आज एचआइडीसीएलको प्रमोटर शेयर सबैभन्दा बढी किनबेच भयो । उक्त शेयर २९ करोड ८१ लख ५४ हजार ७७.३० रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २५.४६ अंकले बजार घट्दा १० अर्ब १२ करोड २४ लाख ८ हजार २ सय ४९.१२ रुपियाँ र हिजो सोमबार ५५.८६ अंकले बजार घट्दा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४ सय २५.५४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

{"caption":"u0924u0938u094du092cu093fu0930u0903 u0907u091cu0941u0915u0947u0936u0928 u0907u0928u094du091fu0930u0928u0947u0936u0928u0932u0915u094b u091fu094du0935u0940u091fu0930u092cu093eu091f u0964","photographer":"","alt_text":""}

काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस भएकी छन् । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।
सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको जनाईएको छ ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुनेछ ।

राष्ट्रियसभा बैठक १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्ने छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...