Page 23

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा कम्पनीले कम्पनीप्रति विश्वास गरी बीमा लेख खरिद गर्नु हुने करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्‍याउन अहम् भूमिका खेल्नहुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारीलगायत समस्त सरोकारवालाहरुलाई आभार व्यक्त गरेको छ । साथै, कम्पनीले कर्मचारी तथा एडभाइजरहरुसमेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
यसैबीच, कम्पनीको दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाईसमेत गरी वार्षिक उत्सव मनाइएको कम्पनीले जानकारी दिएको छ ।

‘बोहनी’ अब फोनपे क्युआरबाटै, इभी स्कुटर जित्न सकिने

ललितपुर । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले ‘बोहनी, फोनपे क्युआर बाटै’ अभियानको सुरुवात गरेको छ । आफ्नो पहिलो भुक्तानीलाई विद्युतीय माध्यमबाटै स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ ।
फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स साना रकमको समस्याबाट मुक्ति पाउनुको साथसाथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् । अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनुपर्ने कम्पनीले जनाएको छ । यस अभियानअन्तर्गत एक व्यवसायीले नयाँ इभी स्कुटर जित्ने फोनपेले जनाईएको छ ।
फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, ‘यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौँ । जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’

सानिमा बैंक र सीजीका मोबाइलबीच संझौता

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सीजी मोबाइल खरिदको क्रममा छुट पाउने भएका छन् । दुई पक्षबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सीजी मोबाइल खरिदको क्रममा विशेष छुट पाउने छन् ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरिएको छ ।
नोथिङ तथा सीएमएफ ब्रान्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म छुट साथै इयरबड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ग्राहकले ९ प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी सानिमा बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी ईएमआई सुविधा पनि प्राप्त गर्न सक्ने जनाईएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा पनि उपलब्ध गराइएको बैंकले जनाएको छ ।

६ कम्पनीसँग महालक्ष्मी विकास बैंकको सम्झौता

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारा आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा ३० वर्षदेखि अनवरत रुपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने गरी स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ।
सम्झौतापछि महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापछि कसमस रिट्रट्स प्रालि चाबहिलमा जन्म दिन, विवाद, ब्रतबन्ध पार्टीलगायत उत्ससवका लागि केकको मूल्यमा १५ प्रतिशत छुट पाइने भएको छ।
यसैगरी श्रीराम हस्पिटल वीरगञ्जमा ओपिडीमा ३० प्रतिशत र ल्यावमा २० प्रतिशत छुट पाइने भएको छ। यसैगरी हेटौंडाको सीएमसी चुरे हस्पिटल, वीरगन्जको होटल भिषुवा, काठमाडौं नयाँ बानेश्वरको शितल चौतारी होटल एन्ड रेस्ट्रो र अल्फा डेन्टलमा पनि १० देखि २० प्रतिशतसम्म छुट पाइने भएको छ । यसरी बैंकले काठमाडौं, वीरगन्ज लगायत विभिन्न ६ वटा कम्पनीहरुसँग एकै पटक छुट सम्बन्धी सम्झौता गरेको हो ।
ती कम्पनीहरुले दिने सेवासुविधामा महालक्ष्मी विकास बैंकका ग्राहकले बैंकको डेबिट कार्डरक्रेडिट कार्ड साथै मोबाइल बैंकिङको प्रयोग गरी सेवा लिएमा आकर्षक छुट पाउने भएका छन् ।

शेयर बजारमा ५३.६३ अंकको गिरावट, साढे १० अर्बको कारोबार

काठमाडौं । गत साताबाट शेयर बजार पुनः ओरालो लागिरहेको छ । यसैक्रममा यो साताको पहिलो दिन आज आइतबार पनि बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५३.६३ अंकले घटेको हो । १.९५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९५.९३ अंकमा ओर्लिएको छ ।
नेप्से ओरालो लागेसँगै आज म्युचुअल फण्ड बाहेक बाँकी समूह राताम्मे भएका छन् । म्युचुअल फण्ड भने ०.८० प्रतिशतले बढेको छ । वित्त समूह सबैभन्दा बढी ३.४४ प्रतिशतले घटेको हो ।
आज ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ बराबरको शेयर कारोबार भएको हो ।
समग्रमा बजार घटे पनि सबैभन्दा बढी सुपरमाई हाइड्रो र हिमालयन पावरका लगानीकर्ताहरुले क्रमशः १० र ९.८७ प्रतिशतले नाफा कमाएका छन् ।
आज विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी घाटा व्यहोरेका छन् । पिपुल्स पावर, माई खोला हाइड्रो, थ्रीस्टार हाइड्रो, उपकार लघुवित्त, नेपाल फाइनान्स र मिड सोलु हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९१, ९.५३ र ९.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज गुडवील फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५२ करोड ३१ लख १० हजार ४ सय ९२.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।

सिरहामा सर्पदंशबाट युवतीको मृत्यु

जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो ।
सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो ।
चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सानिमा रिलायन्सको बोनसदर सार्वजनिक

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९, ८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बोनस दरअनुसार बिमितले अधिकतम ७५ रुपियाँसम्म बिमितले बोनस पाउने भएका छन् ।
कम्पनीले आव २०७९, ८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त गरेको थियो । स्वीकृत बोनसदर अनुसार सावधिक जीवन बीमामा न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७० रुपियाँ प्रतिवर्ष प्रति हजारका दरले बिमितले बोनस पाउनेछन् ।
त्यस्तै, सावधिक जीवन बीमा एकल बीमापोलिसीमा न्यूनतम ३५ रुपियाँदेखि ६५ रुपियाँसम्म बोनस पाउनेछन् । त्रिपल सावधिक जीवन बीमा पोलिसीमा न्यूनतम २० रुपियाँदेखि अधिकतम् ३० रुपियाँसम्म बोनस पाउनेछन् ।
दम्पती सावधिक बीमा योजनामा न्यूनतम २० रुपियाँ देखि अधिकतम ३० रुपियाँ प्रतिवर्ष प्रतिहजारका दरले बोनस पाउनेछन् ।
त्यस्तै, सावधिक तथा आजीवन बीमा पोलिसी दीर्घायु र धनसञ्चय पोलिसीमा न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७० रुपियाँसम्म बोनस पाउनेछन् ।
अग्रिम भुक्तानीमा ३२ रुपियाँदेखि ४२ रुपियाँसम्म बोनस पाउनेछन् भने वार्षिक अग्रिम भुक्तानीमा १९ रुपियाँदेखि २१ रुपियाँसम्म बोनस पाउनेछन् । वार्षिक मनिब्याक फिक्स डिपोजिटमा २४ रुपियाँ र सोही पोलिसीको एकल बीमा शुल्कमा ५४ रुपियाँ बोनस निर्धारण गरिएको छ ।
सावधिक तथा आजिवन बीमामा ३० रुपियाँदेखि ६० रुपियाँ, सावधिक बीमामा ३० रुपियाँदेखि ७५ रुपियाँसम्म बोनस पाइनेछ । साथै सीमित भुक्तानी सावधिक बीमा पोलिसीमा ४० रुपियाँदेखि ६५ रुपियाँ बोनस निर्धारण गरिएको छ ।

चितवनमा बस र ट्रक एकापसमा ठोक्किए

काठमाडौं । नारायणगढसडक खण्डमा यात्रुवाहक बस र ट्रक ठोक्किएका छन् ।
चितवनको सिमलतालनजिकै नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१ ३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।
दुर्घटनाबाट भारतीय बसमा सवार केही यात्रु सामान्य घाइते भएको जनाईएको छ । ट्रक चालक सामान्यलाई पनि चोटपटक लागेको छ । दुर्घटनाको अन्य विस्तृत विवरण आउन बाँकी छ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो ।
प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले जनाएका छन् । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।
केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । शीर्ष नेताहरूको सम्बोधनसहित निर्णयहरू पारित गरेर बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।

चार संसदीय समितिको बैठक आज बस्दै

काठमाण्डौं । संघीय संसदका विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाइ (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित नेपाली राजदूतहरूको सुनुवाइ हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...