‘बोहनी’ अब फोनपे क्युआरबाटै, इभी स्कुटर जित्न सकिने

ललितपुर । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले ‘बोहनी, फोनपे क्युआर बाटै’ अभियानको सुरुवात गरेको छ । आफ्नो पहिलो भुक्तानीलाई विद्युतीय माध्यमबाटै स्वीकार्न प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ ।
फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स साना रकमको समस्याबाट मुक्ति पाउनुको साथसाथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् । अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्युआरमार्फत भुक्तानी लिएको हुनुपर्ने कम्पनीले जनाएको छ । यस अभियानअन्तर्गत एक व्यवसायीले नयाँ इभी स्कुटर जित्ने फोनपेले जनाईएको छ ।
फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, ‘यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौँ । जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’

LEAVE A REPLY