रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौं वर्षमा

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।
यस अवसरमा कम्पनीले कम्पनीप्रति विश्वास गरी बीमा लेख खरिद गर्नु हुने करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्‍याउन अहम् भूमिका खेल्नहुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र कामप्रति समर्पित कर्मचारीलगायत समस्त सरोकारवालाहरुलाई आभार व्यक्त गरेको छ । साथै, कम्पनीले कर्मचारी तथा एडभाइजरहरुसमेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरणसहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
यसैबीच, कम्पनीको दमक, नारायणगढ, लेखनाथ, वुटवल, नेपालगंज शाखाहरुमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्थास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण विभिन्न शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाईसमेत गरी वार्षिक उत्सव मनाइएको कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY