Page 11

लगानी प्रबर्द्धनमा सघाउने नवनियुक्त राजदूतहरुसँग महासंघका अध्यक्ष ढकालको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवर्द्धन गर्न विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् ।
विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको जनाए ।
‘हाम्रो संयन्त्रलाई भरपुर उपयोग गरि आर्थिक कुटनीति विस्तार गर्न हामी यहाँहरु समक्ष आग्रह छांै,’ उनले भने, ‘यसमा महामहीमज्यूहरुले अग्रसरता लिइदिनुपर्यो ।’ नेपालमा वातावरण वन्दै गएपनि लगानी प्रोत्साहित हुन नसकेको सन्दर्भमा उनले नवनियुक्त राजदूतहरुलाई आर्थिक कुटनीतिलाई कार्य सम्पादनको मानकका रुपमा मानेर काम गर्न आग्रह गरे ।
यसैगरी अध्यक्ष ढकालले महासंघको अन्तराष्ट्रिय संजाललाई पनि नियोगहरुले उपयोग गर्न सक्ने जनाए । महासंघको विश्वभर करिब ५० निजी क्षेत्रका प्रतिनिधमूलक संस्था एवम् चेम्बरहरुसंग सहकार्य रहेको छ । ढकालले महासंघले वैदेशिक सदस्यता पनि दिने गरेको उल्लेख गर्दै विदेशी कम्पनी एवं संस्थालाई महासंघको सदस्य बन्न प्रोत्साहित गर्न सकिने धारणा पनि राखे ।
नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरूको सन्दर्भमा अध्यक्ष ढकालले माग नियन्त्रणका लागि गरिएको विभिन्न नीतिगत उपायले नकारात्मक असर पारेको जनाए । ‘कोभिडपछिको उल्लेखनीय आर्थिक वृद्धिलाई व्यवस्थापन गरी अघि बढ्न आवश्यक थियो । तर, हामीले अर्थतन्त्र नियन्त्रण गर्ने नीति अपनायौँ, जसले ठूलो संख्यामा जनशक्ति पलायन, हुनुका साथै लगानी र रोजगारीमा गिरावट निम्त्यायो’, ढकालले भने ।
ढकालका अनुसार पछिल्ला दुई वर्षमा विदेशी लगानी बार्षिक ७ देखि ९ अर्ब रुपियाँँ वार्षिक मात्रामा सीमित छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको करिब ०.२ प्रतिशत मात्र हो । त्यसैले लगानी प्रवद्र्धन सबैको चासोको बिषय हुनुपर्ने उनको धारणा थियो ।
छलफलका क्रममा उनले अर्थतन्त्रको सकारात्मक पक्ष प्रस्तुत गर्दै लगानीकर्ता आकर्षित गर्न सकिने जानकारी दिए । ‘उच्च विदेशी मुद्राको संचितिलाई विदेशी लगानीकर्ताहरुले सदुपयोग गर्न सक्छन्,’ उनले भने । नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने तर्पm पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए ।
“पछिल्लो डेढ वर्षमा, हामीले भारत, चीन, र दुबईमा ठूला सम्मेलनहरू आयोजना गर्यौं,” उनले भने । यी कार्यक्रममा हरेक देशका करिब एक सय ५० स्थानिय उद्यमी व्यवसायीको सहभागिता रहेको थियो ।
मध्यपूर्वी मुलुकहरुमा नेपाली कृषिजन्य उत्पादनहरुको सम्भावना रहेको औल्याउनु हुँदै अध्यक्ष ढकालले यसमा विशेष ध्यान दिन जरुरी रहेको जनाए । अन्य मुलुकहरुमा पनि नेपाली उत्पादनका लागि गैर भन्सार अवरोध समस्याका रुपमा रहेको जनाए ।
यसैगरी नेपाल अतिकम बिकसित मुलुकहरुबाट स्तरोन्नति हुने क्रममा रहेको हुँदा यसले अन्तराष्टियस्तरमा पाइने सुविधा कटौतिले निजी क्षेत्रमा प्रभाव पर्ने जनाए । यस्तो प्रभाव कम गर्न नव नियुक्त राजदूतहरुको महत्वपूर्ण भूमिका रहने अध्यक्ष ढकालले स्मरण गराए ।
छलफलका क्रममा सहभागि नवनियुक्त राजदूतहरुले स्तरोन्नतिबाट न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको जनाए । यसैगरी निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने जनाउँदै सहकार्य गरिने जनाए ।
बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने जनाए ।
चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने जनाए ।
दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपील श्रेष्ठ, पाकिस्तानका लागि राजदूत रीता धिताल, साउदी अरबका लागि राजदूत नरेश ढकाल, स्पेनका लागि प्रस्तावित राजदुत सनिल नेपाल, पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणी पौडेल र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सेनाले निजी क्षेत्रसंग मिलेर काम गर्ने जनाए ।
भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा सहभागि हुनुपर्ने बताए । भारतसंगको समस्या के छन्, ती बिषय लिखित रुपमा दिन आग्रह गरे ।
कतारका लागि प्रस्तावित राजदूतले कतार चेम्बरसंग महासंघले संयुक्त परिषद स्थापना गरिसकेको सन्दर्भमा यसबाट फाइदा लिन सहकार्य गर्नुपर्ने जनाए ।
जर्मनका लागि नेपालका राजदूत डा. सहयोग रुपाखेतीले युरोपेली मुलुकमा जाने मुलुकहरुमा जिएसपी प्लस सुविधा लिनका लागि महासंघले पहल गर्नुपर्ने जनाए । आइएलओ अभिसन्धी ८७ पारित गर्ने बिषयमा छलफल हुनुपर्ने जनाए ।
परराष्ट मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञानवहादुर मगरले आर्थिक कुटनीति विस्तार मन्त्रालयको प्राथमिकता रहेको वताउदै यसमा विशेष पहल गरिने जनाए ।
महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवनियुक्त राजदूतहरुले आर्थिक कुटनीतिलाई केन्द्रविन्दुमा राख्नुपर्ने जनाए । कार्यक्रममा महासंघका पदाधिकारी लगायतको समेत सहभागिता थियो ।

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा अवार्ड’ बाट सम्मानित

काठमाडौं । नबिल बैंकले दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्राप्त गरेको छ । पसाउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा) ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।
दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२–२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जानकारी दिएको छ ।
साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्यांकन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ । साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।
नबिलले २४ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६८ शाखा र ३ सय २० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

शेयर बजारमा १४.१२ अंकको गिरावट, करीब ८ अर्बको कारोबार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । हिजो पनि बजार दोहोरो अंकले नै तल ओर्लिएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.१२ अंकले घटेको छ । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३४.८३ अंकमा ओर्लिएको छ ।
समग्रमा बजार घटे पनि विकास बैंक, फाइनान्स, हाइड्रो र म्युचुअल फण्ड ०.४८ अंकले बढेका छन् ।
आज १ करोड ५३ लाख ६२ हजार २ सय ६ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार ४ सय ४९.०८ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाए ।
त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ८६ लाख ३३ हजार ११.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार बजार ६२.५४ अंकले बढ्दा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५, सोमबार २२.१४ अंकले बजार बढ्दा ११ अर्ब ३१ करोड ५२ लाख ७ हजार १ सय २७.०९ रुपियाँ र हिजो मंगलबार ११.२४ अंकले बजार घट्दा ७ अर्ब ८५ करोड ९७ लाख रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज पनि रुपन्देहीमा रवि लामिछानेको बयान

बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि हुने भएको छ ।
हिजो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रारम्भिक सोधपुछ गरिएको र आज बिहान १० बजे पुनः बयान लिइने जनाईएको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट लामिछाने र छविलाल जोशीको नाममा क्रमशः १ करोड ९६ लाख र २ करोड ५० लाख रुपैयाँ गोर्खा मिडियामा आएको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।

 

आज ११ बजे प्रधानमन्त्री ओली जुम्ला जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागि हुन प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री ओली जुम्ला जान लागेका हुन् ।
प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थीलाई प्रधानमन्त्री ओलीले दीक्षित गर्ने कार्यक्रम छ ।
दीक्षान्त समारोह कार्यक्रमको तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।
दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा। अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानले जनाएको छ ।
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले जनाए ।
कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ ।
आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ ।
किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।
कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
आजका दिन काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ ।
वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी, बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

आज एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोली चीन जाँदै

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीसहितका नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।
यसैगरी, एमाले टोलीमा केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतका नेताहरु छन् ।
टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

भोलि रवि लामिछानेलाई बुटवल लगिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि बुटवल लगिने भएको छ ।
बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि उनलाई भोलि बुटवल लैजान लागिएको हो । रूपन्देहीमा पनि रविको बयान लिइनेछ ।
बयान सकिएसँगै उनलाई फेरि पोखरा नै फिर्ता गरिनेछ ।

सिकलसेलको औषधि वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने घोषणा गरेका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले संसारमा खोज र अनुसन्धानबाट पत्ता नलाग्ने र इमानदार तथा लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकोले उत्पादित नयाँ चिकित्सकहरुलाई क्स्क्स सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने जनाएका हुन् ।
उनले नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ सस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेकोे स्पष्ट पारे । समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...