Page 4

मेरो सहारा कोही छैन भन्नेका निम्ति सरकार रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन् ।
मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको दाबी गरेका हुन् ।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ । अहिलेको सरकार जनताको सरकार हो । सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’ प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको जनाए । यो सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनताप्रति निष्ठा र प्रतिबद्ध रहेको उनले जनाए । उनले सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको दाबी गरे ।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षा अभियानलाई भिन्नै र उन्नतस्तरबाट सुरु गरेका थियौँ । सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास हो । त्यसैले यसभित्र हाम्रा अभिभाराहरु हामीले उपयुक्त ढंगले बुझ्न जरुरी छ । सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो । मानव जाति सचेत प्राणी भएको हुनाले आफ्नो सुरक्षाका लागि सदैव चिन्तित रह्यो । तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्ता लगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन । यसका लामा इतिहास छन् । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो ।’

आज रवि लामिछानेलाई काठमाडौं ल्याइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतबाट आज काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित थप बयानका लागि उनलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो ।
काठमाडौं जिल्ला अदालतले मंसिर २ गते लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो ।
यस्तै, गोर्खा मिडियाका पूर्वसञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि सोही सहकारी बचत अपचलन मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जोशीको बयान काठमाडौंको जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको छ ।
कास्की जिल्ला अदालतले आइतबार लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । कास्कीमा उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
काठमाडौंमा बयान सकिएपछि लामिछानेलाई पुनः कास्की फिर्ता लगिने छ ।
यसअघि बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा पनि लामिछानेलाई रूपन्देही जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लगिइएको थियो । साथै, लामिछाने विरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ र प्रहरी उनलाई त्यहाँ बयानका लागि लैजाने तयारीमा रहेको छ ।

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको हो ।
बैठकले मंसिर १७ गतेबाट हुने प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गर्ने सम्भावना रहेको छ । त्यस्तै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति पनि बैठकले गर्नसक्ने जनाईएको छ ।

कोशीका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । मानव तस्कारीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरूद्व मुद्वा नचलाउने निर्णय भएको छ ।
सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरूद्व मुद्वा चलाउनु नपर्ने निर्णय गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका अधिकारीसहित ९ जना र फरार ३ जना गरी १२ जनालाई ३ वटा कसुरमा मुद्दा चलाउन राय दिइएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मानव तस्करीमा उनको संलग्नता नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो ।
अधिकारी बाहेक अन्य ११ जनाविरूद्व भने मुद्वा चल्ने छ ।

ग्लोबल आइएमई बैंक र समाज डेन्टल अस्पतालबीच संझौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा छुट पाउने भएका छन्।
यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा बिजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन्।
साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौतानुसार बैंकका ग्राहकहरूले समाज डेन्टलमा बैंकको डेबिट क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन्।
यसका साथै, बैंकका ग्राहकहरूले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुष्ठ १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ।
बैंकका अनुसार किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च १५ हजारदेखि अधिकतम ५ लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।

कुमारी बैंकद्वारा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा ‘देशै भरि बर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले बेलबारी नगरपालिका, मोरङ्गसँगको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम संपन्न गरेको छ ।
वित्तीय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरुपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले यस अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देशहरु विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।
उद्यमी प्रशिक्षणबाट हरेक स्थानिय निकायमा रहेका उद्यमी सोचहरुको प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

 

शेयर बजारमा १५.८३ अंकको सुधार, कारोबार रकम सवा ६ अर्ब

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएपछि कारोबार रकम भने सवा ६ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.८३ अंकले बढेको हो । ०.५९ प्रतिशतले बजार बढ्दा नेप्से २६८३.२४ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि उत्पादनमूलक र म्युचुअल फण्ड क्रमशः ०.२३ र ०.३२ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी २.२७ प्रतिशतले बढेको हो ।
आज ३०९ कम्पनीका १ करोड २२ लाख ६३ हजार ७ सय ८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५ सय ९७.८४ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बेस्ट फाइनान्स, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले क्रमशः ९.९१, ९.९१, ९.८५, ९.७८ र ९.६९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै ङादी ग्रुप पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज ङादी ग्रुप पावरकै उच्च कारोबार भएको छ । उक्त कम्पीको ५४ करोड ७ लाख ५० हजार ६ सय ७८.९० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १३.०३ अंकले बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ ह्जार २ सय ५०.७३ रुपियाँ बराबरको कारोबार भएको थियो ।

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो ।
आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो ।
आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन तथा स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने, सार्वजनिक बिदा दिन समेत भनेको छ ।
उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्रका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन समेत बैठकले आग्रह गरेको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानलाई पनि आयोगले आह्वान गरेको छ ।
उपनिर्वाचनको लागि मतदाता परिचयपत्रका अलावा अन्य सरकारी कागजातका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।
‘आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन’, आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा उल्लेख छ ।
यही मंसिर १६ गते आइतबार बिहान ७ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म मतदान केन्द्रमा गई मतदानमा सहभागी हुन र आफ्नो मताधिकार प्रयोग गर्न आयोगले मतदातालाई आह्वान गरेको छ ।

प्रधानमन्त्रीले आज धरहराबाट एनपीएलको ट्रफी सार्वजनिक गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक आज सोमबार हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार बिहान प्रधानमन्त्री केपी ओलीले ट्रफी सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो ।
क्यानका अनुसार सोमबार बिहान ८ः३० बजे सिद्धार्थ बैंक एनपीएल ट्रफी धरहराबाट सार्वजनिक हुन लागेको हो । ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ ।

 

प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्दै

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरूसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामिलाका विज्ञहरूसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ ।
आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डा र छलफलका विषयमा प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गर्न लागेका हुन् ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । तर, सरकारले अहिलेसम्म चीन भ्रमणको औपचारिक मिति सार्वजनिक गरेको छैन ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...