Page 7

शेयर बजारमा २८.९१ अंकको सुधार, कारोबार रकम भने खुम्चियो

0

काठमाडौं । शेयर बजार बढेर पुनः २६ सय अंकमा उक्लिए पनि आज कारोबार रकम भने खुम्चिन पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २८.९१ अंकले बढेको हो । १.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६१२.२० अंकमा उक्लिएको छ ।
शेयर बजार बढेसँगै आज म्युचुअल फण्डबाहेक बाँकी अरु समूहमा हरियाली छाएको छ । म्युचुअल फण्ड भने ४.२१ प्रतिशतले घटेको हो ।
आज ३२८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३.३३ रुपियाँ बराबरको कारोबार भएको छ ।
बजार उचालिएसँगै विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९३ र ९.८६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८४ लाख ६६ हजार ३ सय ३५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन हिजो आइतबार १३.५३ अंकले बजार घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७।१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको निधन

0

काठमाडौं । मानव बेचबिखन विरुद्धकी अग्रणी अभियन्ता तथा शक्ति समूहकी संस्थापक अध्यक्ष सुनिता दनुवारको आज बिहान निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार दनुवार काठमाडौंको जोरपाटीस्थित आफ्नै निवासमा सुतेकै अवस्थामा मृत फेला परेकी हुन् ।
उनका श्रीमान बिहान उठेर सुनितालाई उठाउन जाँदा उनलाई अचेत अवस्थामा फेला पारेका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।
मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अधिकारका लागि लड्दै आएकी दनुवारको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमासमेत मान्यता प्राप्त थियो । अमेरिकाको फर्च्युन म्यागेजिनले उनलाई विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा समावेश गरेको थियो ।
यसैगरी, सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘टिप हिरो’को रुपमा सम्मान गरेको थियो ।
दनुवारले स्थापना गरेको शक्ति समूहले मानव बेचबिखन विरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

लामिछानेसहितविरुद्ध परेको मुद्दामा आजदेखि थुनछेक बहस

0

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।
अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुनेछ । बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनाविरुद्ध आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।
पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
लामिछाने हाल पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ र सहकारी ठगीतर्फ तीन करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरिएको छ ।
लामिछाने र जीवी राईसहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
सूर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको प्रहरीको दाबी छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।
लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ रुपैयाँ बिगो दाबी गरिको छ ।
यस्तै सहकारी ठगीमा जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रुपैयाँ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

पूर्वउपराष्ट्रपति पुनका पुत्र दिपेशविरूद्व पनि मुद्दा

0

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरूद्व पनि मुद्दा दायर भएको छ ।
दिपेशविरुद्ध रवि लामिछानेसँगै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।
उनी सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा धरौटीमा रिहा भएका थिए । त्यसयता उनी फरार छन् ।

‘सम्पत्ति शुद्धीकरण’को मुद्दाले लामिछानेको सांसद पद निलम्बन हुने

0

काठमाण्डौं । सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएपछि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको हो । कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा (२७) बमोजिम लामिछानेको सांसद स्वतः निलम्बन हुने जानकारी दिइन् ।
सो ऐनमा लेखिको छ, ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
लामिछानेविरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा सम्पत्ति शुद्धिकरणसहित ३ कसुरमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको छ ।

नेपाल टेलिकमको नगद लाभांश घोषणा

0

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको नाफाबाट करसहित ३० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले लाभांश पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृहमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १८ गतेदेखि पुस २८ गतेसम्म बुकक्लोज गरेको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।

नागरिक लगानी कोषले घोषणा गर्यो १३ प्रतिशत लाभांश

0

काठमाडौं । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरकेो कम्पनी सचिव नवराज खड्काले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश अर्थमन्त्रालयबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ ।

शेयर बजारमा १३.५३ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

0

काठमाडौं । साताका पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घट्दा कारोबार साढे ४ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.५३ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८३.२९ अंकमा ओर्लिएको छ ।
समग्रमा नेप्से घटे पनि हाइड्रो र उत्पादनमूलक समूह क्रमशः ०.६५ र १.५७ प्रतिशतले घटेको छ । बाँकी समूह भने राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूह २।०५ प्रतिशतले घटेको हो ।
आज ३१९ कम्पनीका ९१ लख ८० हजार ७ सय १८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
समग्रमा बजार तल झरे पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रो, ङादी हाइड्रो, सुपर मादी हाइड्रो र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.७१ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिभरफल्स पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २२ करोड ३ लाख १२ हजार ८ सय ३४.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

पाँच महिनामा १३ अर्ब ४ करोडको विद्युत् निर्यात

0

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८, ८२ को पहिलो पाँच महिनामा १३ अर्ब चार करोड रुपैयाँ बराबरको विद्युत् भारत निर्यात गरेको छ ।
प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आठ अर्ब १५ करोड आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी चार अर्ब १५ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो भने मंसिरमा सबैभन्दा कम २८ करोड १४ लाख रुपैयाँको मात्र निर्यात भएको छ । भदौमा तीन अर्ब ६८ करोड रुपैयाँ, असोजमा तीन अर्ब सात करोड रुपैयाँ र कात्तिकमा एक अर्ब ८७ करोड रुपैयाँ बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिराका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिए । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालु आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्‍याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्‍याउँदा त्यस लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा विभिन्न २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यो अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

एमालेको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...