Page 13

अराजक तत्वले अस्थिरता ल्याउन खोजेको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका छन् । मंगलबार दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनमा बोल्दै भावनामा बग्ने खालको जमाना आएको समेत जनाए ।
“अहिले जमाना नै एकखालको असन्तुष्टि प्रधान छ । एकखालको भावनामा बग्ने खालको छ । अहिलेको समय असन्तुष्टि व्यक्त गर्नु आफ्नो विशेषता ठान्छ । मान्छे असन्तुष्ट छ, असन्तुष्ट व्यक्त गर्न चाहन्छ । त्यसलाई फ्युलिङ गरेर अराजक तत्वहरू अस्थिरता ल्याउन खोज्छन्,” ओलीले भने, “व्यवस्था नमान्ने, लोकतन्त्र नमान्ने, संविधान नमान्ने, केही पनि नमान्ने, म जे भन्छु त्यही मान्नुपर्छ भन्ने र सडकबाट शासन चलाउने, विधिको शासन होइन ।”
उनले जनमत नभएकाहरूले अराजकता सिर्जना गरेको जनाए । जनमत भएको भए चुनावमार्फत सरकारमा आएर अवस्थामा परिवर्तन ल्याउने जनाए । “उनीहरूलाई कहाँ पुुग्ने, के प्राप्त गर्ने भन्ने थाहा छैन । त्यो प्राप्त गरेपछि के हुन्छ, त्यो थाहा छैन । कतिपय देशहरूमा अझ झिनामसिना आवाजहरू प्रतिगमनमा पनि सुनिन थालेका छन्,” ओलीले भने ।
उनले पाँच प्रतिशत जनमत नभएकाले सत्ता कब्जा गर्न चाहेको पनि उल्लेख गरे । “उनीहरूसँग पनि जनमत छैन । तिनीहरू मेक्सिमम् देआर अराउन्ड फाइभ पर्सेन्ट नट मोर देन द्याट । बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्ज सिस्टम एन्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसिडियर, कन्स्टिच्युसनल वे अर लिगल वे । दे वान्ट टु चेन्ज द गर्भमेन्ट । दे वान्ट टु क्याप्चर द पावर,” ओलीले भने, “त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ । विभिन्न ठाउँहरूमा अराजकताहरू देखिएको छ ।”

प्रधानमन्त्री ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सरकारको कामकारबाहीको विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापासहित नेताले आलोचना गरिरहेका बेला दुई नेताबीच आज (मंगलबार) बिहान ११ बजे बालुवाटारमा भेटवार्ता भएको हो।
भेटवार्तापछि दुई दलीय संयन्त्रलाइ सक्रिय बनाउने सहमति भएको जनाइएको छ। भेटपछि दुई नेताबीच एक ढिक्का भएर अघि बढ्ने र बाहिर चलेजस्तो कुनै समस्या नभएको निष्कर्ष निकालिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गभर्नरका लागि उमेरहद सम्बन्धी संशोधित व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
गत फागुन २७ गते अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई संशोधन गरेको थियो ।
अधिक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा, देवेन्द्र मैनाली लगायतले संशोधित मापदण्ड कानून विपरित भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
उक्त रिटमा आज सुनुवाई हुँदा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्कासन हुँदै

काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले रिलायबल समृद्धि योजना नामक म्युचुअल फण्ड भोलि निष्काशन हुँदैछ । फण्ड १० वर्षे बन्दमुखी योजना हो। यसअन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा आउनेछन्। यस योजनाको कुल आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ।
फण्डमा रहेको १० करोड इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि सुरक्षित गरिएको छ। यसरी बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अवधि वैशाख ७ गतेसम्म रहनेछ तर उक्त अवधिभित्र सबै इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म लम्बिन सक्नेछ। लम्बिएको अवधिसम्म पनि कम्तीमा ५ करोड इकाई बिक्री नभएमा उक्त योजना खारेज गरी पन्ध्र दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ।
क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपालले कोष प्रवर्धकलाई केयर एनपी ट्रिपल बी प्लस इस्यूअर रेटिङ्ग दिएको छ भने योजना व्यवस्थापकलाई केयर एनपी एएमसी क्वालिटी ४ प्लस रेटिङ्ग दिएको छ।
लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालका साथै मेरो शेयर प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।
यो योजनाको इकाई बाँडफाँड भएको मितिले १० वर्षपछि परिपक्व हुनेछ र परिपक्व भएपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई समानुपातिक हिसाबले वितरण गरिनेछ ।

पियोर इनर्जीको आईपीओमा १९ लाख ३६ हजारको आवेदन

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८१ चैत २८ गतेदेखि २०८२ बैशाख २ गते गते आजसम्म निष्काशन खुला गरेको आईपीओमा १९ लाख ३६ हजार ५३ जनाको आवेदन परेको छ ।
आज अन्तिम दिनको साँझ ५ बजेसम्म २ करोड २७ लाख ४२ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्काशन गरिएको हो । उक्त शेयर १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई लोगो अंकित ब्यानर हस्तान्तरण

काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ ।
३१औं पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न लागेका शेर्पालाई पुनः तेस्रो पटक बैंकको लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुर्याउनका लागी बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई हस्तान्तरण गरे ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको बैंकको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।

आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकहरूसँग छलफल गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान उनीहरुले आन्दोलनरत शिक्षकका अगुवाहरूसँग समस्या समाधानका विषयमा छलफल गरेका हुन् ।
शिक्षकहरूको मागको बारेमा पहलकदमी लिनेगरी छलफल भएको जनाइएको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।

शिक्षकहरूले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने

काठमाण्डौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ। महासङ्घको सोमबार बसेको बैठकले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।
आन्दोलनरत महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । महासंघले कक्षा १२ को परीक्षा सञ्चालन वहिष्कार गर्ने निर्णय गरेको छ ।
कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा कुनै पनि शिक्षक कर्मचारी सहभागी नहुने र देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले काठमाण्डुमा दैनिक सडक आन्दोलन गरिरहेका छन् । जारी आन्दोलनमा साथ दिन महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अनुरोध समेत गरेको छ ।

 

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।
बैठकमा पार्टीका वार्षिक कार्यक्रम, पार्टीका अभियान लगायतका विषयमा छलफल हुने जनाईएको छ ।
एमालेले २०८४ सालमा एक्लै बहुमत ल्याउने लक्ष्यका साथ यतिबेला वडा केन्द्रित अभियान सञ्चालन गरिरहेको छ । त्यसलाई एमालेले ‘जरा अभियान’ भनेको छ । उक्त अभियान १५ वैशाखसम्म चल्ने छ ।

नयाँ वर्षको शुभकामना दिदै प्रधानमन्त्रीले भने–देश समृद्ध बनाउन सकारात्मक सोच चाहिन्छ

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल चाहिने जनाएका छन्।
नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र उत्साहको कामना गर्दै उनले कठिनाइका बाबजुद प्राप्त उपलब्धिलाई आधार बनाएर उज्ज्वल भविष्यतर्फ अघि बढ्ने विश्वास उनको छ।
‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छौं। यो वर्षले हामीमा आशा, उत्साह र सकारात्मक सोचको विकास गरोस् भन्ने विश्वास लिएको छु। देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा लक्ष्य हो,’ उनले भनेका छन्।
प्रधानमन्त्रीले देशको साझा आकाङ्क्षा पूरा गर्न सरकार एक्लैको प्रयासले नपुग्ने भन्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीको मेहनत र योगदान आवश्यक रहेको जनाए।
जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधतालाई उनले राष्ट्रको साझा सम्पत्ति भनेर एकताको शक्तिका रूपमा विकास गर्नुपर्नेमा उनको जोड छ।
उनले मुलुकमा विकास सपना मात्र नभई यथार्थ बन्दै गएको, ग्रामीण भेगमा बनेका भौतिक पूर्वाधार, जनजीवनमा तिनको सकारात्मक प्रभाव र सामाजिक सेवामा भएको सुधार लोकतान्त्रिक प्रणालीको उपलब्धि भएको उल्लेख गरेका छन्।
युवाहरू राष्ट्रका सम्भावना भएको भन्दै उनले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने सरकारी नीति रहेको उनको दाबी छ।
‘लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, अँगाल्ने, उत्सवका रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ। निराशा फैलाएर देशलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा विश्वास राखेर अघि बढ्नुपर्छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...