काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८१ चैत २८ गतेदेखि २०८२ बैशाख २ गते गते आजसम्म निष्काशन खुला गरेको आईपीओमा १९ लाख ३६ हजार ५३ जनाको आवेदन परेको छ ।
आज अन्तिम दिनको साँझ ५ बजेसम्म २ करोड २७ लाख ४२ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्काशन गरिएको हो । उक्त शेयर १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।