Page 5

प्राइम कमर्सियल बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाडौं । प्राइम कर्र्मिर्सयल बैंक र एनसीएचएल बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाप्रबन्धक अमृत चरण श्रेष्ठ तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
एनसीएचएलले हालै एनपीएस एसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस एनसीएस र नेपाल पे कार्डमा आवद्ध भइरहेका छन् । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात प्राइम कर्र्मिर्सयल बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस एनसीएस र नेपाल पे कार्ड को कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको प्राइम कर्र्मिर्सयल बैंकले देश भरी रहेका १९३ वटा शाखा, विस्तारित काउन्टर तथा १३७ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

शेयर बजारमा ५.९८ अंकको सुधार, पौन ११ अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा आज झिनो सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य रह्यो । आज पौने ११ अर्ब बढीको शेयर किनबेच भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.९८ अंकले बढेको छ । ०.२२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६४.०१ अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, विकास बैंक, फाइनान्स, लघुवित्त, निर्जीवन बीमा र अन्य समूह राताम्मे भएका छन् । बाँकी अरु समूह मात्रै हरियाली भए ।
आज ३१४ कम्पनीका २ करोड ८४ लाख ३८ हजार ४ सय २८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार १ सय ४४.३५ रुपियाँ बराबरको कारोबार भएको हो ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले नाफा कमाएका हुन् ।
त्यस्तै आज वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरे ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भयो । उक्त कम्पनीको ८६ करोड १७ लाख ३८ हजार ९ सय ३३.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

माया राईको सांसद् पद तत्काल निलम्बन नहुने

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको सूचना संघीय संसद् सचिवालयमा पुगेको छ । आइतबार उक्त सूचना सभामुखले प्रतिनिधि सभामा सुनाउँदैछन् । सांसद राई शनिवार पक्राउ परेकी थिइन् ।
सांसद राईलाई काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको २ अर्ब ६५ करोड रकम हिनामिनामा संलग्न रहेको आरोप लागेको छ । उनी आर्थिक वर्ष २०७३, ७४ र आर्थिक वर्ष २०७४, ७५ देखि २०७५, ७६ सम्म उक्त सहकारीको सञ्चालक समितिमा थिइन् ।
सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरीले विभिन्न व्यक्तिविरुद्ध गत पुसमै जिल्ला अदालतमा मुद्दा लगेको थियो । प्रहरीको थप अनुसन्धान पनि चलिरहेको छ । सहकारीको रकम हिनामिनामा संलग्नमाथि अनुसन्धान सुरु भएदेखि सांसद राई फरार थिइन् ।
शनिबार पक्राउ परेपछि त्यसको सूचना संसद् सचिवालयमा पुगेको हो । अब पक्राउको सूचना सभामुखले सभामा सुनाउँछन् ।

आन्दोलनरत शिक्षकहरूलाई नधम्काउन शिक्षक महासंघको आग्रह

काठमाडौँ । काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ । बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानिय तहले बिभिन्न सूचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।
सरकारसँग वार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो ।
आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो । चैत २० गते देखि देशभरका शिक्षकहरु काठमाडौँका सडकमा प्रदर्शन गरीरहेका छन् ।

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिएका छन् ।
आइतबार शुभकामना सन्देश दिँदै उनले आफू चार वर्षको नहुँदै आमाको न्यानो काख गुमाएको भन्दै आफ्ना लागि जन्मभूमि नै आमाको प्रतिरूप बनेको जनाए ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो । आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु । आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ । सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् । शुभकामना ’

कांग्रेस नेता तीर्थराम डंगोलको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ ।
७७ वर्षीय डंगोलको गएराति सिनामङ्गलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।
उनी प्रोष्टेट क्यान्सर र मिर्गौला रोगबाट पीडित थिए ।

जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुँदै

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकीकरण हुने भएका छन् । वैशाख १७ गते यी दुई पार्टीबीच एकीकरण घोषणा हुने भएको छ ।
१७ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा औपचारिक कार्यक्रम गर्दै यी दुई पार्टी एकीकरण हुन लागेको जनमत पार्टीले जनाएको छ ।
घोषणा कार्यक्रममा सबै केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संगठनका सदस्यहरूसहित उपस्थित हुनसक्ने सम्पूर्ण नेता, कार्यकर्तालाई जनमत पार्टीले बोलाएको छ ।
त्यसअघि जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । वैशाख १६ गते पार्टीको केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने जनाईएको छ ।

सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ ।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जनाए । तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले जनाए । वार्तासँगै आन्दोलन पनि जारी राख्ने सुवेदीले जनाए ।
वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो । वार्तामा सहभागी महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको जनाईएको छ ।
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त र शिक्षासचिव दीपक काफ्ले तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षक सहभागी थिए ।

प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको बजेट अधिवेशनमा दलीय आधारमा नेताहरूले धारणा राखेका थिए ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्त अनुमति मागेका थिए । त्यसपछि अर्थमन्त्री पौडेलले विधेयक प्रस्तुत गरेका थिए ।

सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको देउवाको दाबी

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता समीकरणमा फेरबदलको कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
थाइल्याण्डको भ्रमण सकेर शुक्रबार काठमाण्डौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धनबीच कुनै खटपट नरहेको र फेरबदलको सम्भावना पनि नरेहको स्पष्ट पारे ।
उनले सत्तासमीकरण परिवर्तन हुने कुरामा कुनै सत्यता नरहेको जनाए ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेताहरूले सरकार परिवर्तन हुने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला सभापति देउवाले सत्तासमीकरणको सम्भावनालाई खारेज गरेका हुन् ।
देउवा वैशाख ७ गते परिवारसहित उपचारका लागि थाइल्याण्ड गएका थिए । सभापति देउवाका परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमति डा. आरजु राणा पनि स्वदेश फर्किएका छन् ।
सभापति देउवासँगै पत्रकार सम्मेलनमा मन्त्री राणाले पनि सत्तासमीकरण परिवर्तन नहुने जनाईन । उनले सत्ता गठबन्धन तलमाथि हुने कुरा हल्लमात्रै भएको प्रतिक्रिया दिइन् ।
देउवाको स्वागतका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंह र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विमानस्थल पुगेका थिए । बैंककमा देउवा उपचारमा व्यस्त हुँदा पत्नी डा. राणा भने परराष्ट्रमन्त्रीको हैसियतमा एक कार्यक्रममा सहभागी भएकी थिईन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...