Page 7

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।
शपथको समय भने तय भइनसकेको स्रोतले जनाए । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।
गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।
यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

पियोर इनर्जीको आईपीओ बिहीबार बिहान बाँडफाँट हुँदै

काठमाडौं । पियोर इनर्जी लिमिटेडले २०८१ चैत २८ गतेदेखि २०८२ बैशाख २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार बिहान बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको आईपीओ बिहीबार बिहान ८ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ ।
सो कम्पनीको आईपीओका लागि १९ लाख ३६ हजार ५३ जनाको आवेदन परेको छ । कूल २ करोड २७ लाख ४२ हजार ६ सय ५० कित्ताको लागि आवेदन परेको छ ।
कम्पनीले प्रतिशेयर १०० अंकित दरमा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसअन्तर्गत पहिलो चरणमा १ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्र (बाँकेका स्थानीय बासिन्दा) र १ लाख ४४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै ७२ हजार कित्ता सामूहिक लगानी कोषलाई र २८ हजार ८०० कित्ता कर्मचारीमा पनि बाँडफाँट गरिसकेको छ ।
बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सर्वसाधारणमा निष्काशन गरिएको हो । उक्त शेयर १ लाख १९ हजार ५ सय २० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

एनएमबि बैंकमा गोविन्द घिमिरेले सम्हाले सीईओको पदभार

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आजदेखि गोविन्द घिमिरेले पदभार सम्हालेका छन् ।
यसअघि नै सञ्चालक समितिको बैठकले बैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सीईओ सुनिल केसी आफ्नो कार्यकाल पूरा गरी मंगलबारबाट बिदाई भएसँगै घिमिरेले आजदेखि कार्यभार सम्हालेका हुन् ।
तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका सीईओ घिमिरेलेले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीएल र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढि अनुभव छ ।

शेयर बजारमा ३२.३८ अंकको गिरावट, साढे ७ अर्बको कारोबार

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज साढे ७ अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३२.३८ अंकले घटेको हो । १.२० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५५.९४ अंकमा ओर्लिएको छ ।
बजार उच्च अंकले घटे पनि म्युचुअल फण्ड भने ०.२१ प्रतिशतले बढेको छ । बाँकी अरु समूह राताम्मे भएका छन् ।
आज ३०८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार ७ सय ३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २ सय ४६.७६ रुपियाँ बराबरको कारोबार भएको छ ।
आज पनि दुई बीमा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् ।
यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज राधी विद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५८ करोड ४२ लाख १४ हजार ३ सय ८७.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार १६.२१ अंकले बजार घट्दा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५.२९ रुपियाँ, सोमबार ७.७५ अंकले बजार घट्दा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार २ सय ९३.६४ रुपियाँ र हिजो मंगलबार ९.९६ अंकले बजार घट्दा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १ सय ८८.८४ रुपियाँ बराबरको कारोबार भएको थियो ।

प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मु कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
‘दुःखको यो घडीमा नेपाल सरकार भारत सरकारका साथ दृढतापूर्वक उभिएको छ, आतंकवादका कुनै पनि रूप र प्रकटीकरणको नेपाल सरकार भत्र्सना गर्दछ ।’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।

 

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ‘७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८’ ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । अब लगानीकर्ताले वैशाख २१ गतेसम्म इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन् ।
यसअघि बैंकले छिटोमा वैशाख १० गते निष्कासन बन्द हुने भने पनि पर्याप्त आवेदन नपरेपछि म्याद थपिएको हो । बैंकका अनुसार पर्याप्त आवेदन परेमा निष्कासन २१ गते अगावै बन्द हुनेछ ।
बैंकले २ अर्ब ५० करोड रुपियाँबराबरको प्रतिऋणपत्र १००० अंकित दरमा २५ लाख कित्ता ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डबाट चैत १२ गते स्वीकृति पाएको थियो ।
कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट र ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ ।
सात वर्षे अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझ काठमाडौं आइपुगेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री नाह्यानका साथ युएइका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । उपप्रधानमन्त्री नाह्यान नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

कैलाली । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका–२, दहबगरका अर्जुन धामी लगायत छन् । मृतक अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४२८ नम्बरको मिनी ट्रक आज बिहान दुर्घटना भएको हो । खाद्यान्नका सामान बोकेको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको छ ।

भोलिदेखि शिक्षक आन्दोलनको समय परिवर्तन

काठमाडौं । शिक्षक महासंघले भोलि बुधबारबाट आन्दोलनको समय परिवर्तन गर्ने भएको छ ।
गत ७ गते राप्रपाको आन्दोलनका कारण महासंघले बिहान ९ बजेबाट १२ बजेसम्म आन्दोलन गर्दै आएको थियो । उक्त प्रदर्शनबाट बिहान कार्यालय समयमा यात्रुहरूले निकै सास्ती खेप्नुपरेको थियो ।
महासंघले बुधबारबाट भने ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्दोलन गर्ने जनाएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत नयाँ समयतालिकाबारे जानकारी गराएका हुन् ।

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो ।
तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय सार्न निर्देशन दिएका हुन् ।
सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...