Page 13

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको जानकारी दिए
बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरूको तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय पनि गरेको छ ।
सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१, ८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पत्ति सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।

सिटिजन्स बैंकद्वारा श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु वितरण

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित श्री संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेकोे छ । यस विद्यालयमा करिब १००० बालबालिकाहरु अध्ययन गर्दै आइरहेका छन् र अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहजता होस भन्ने हेतुले बैंकले सो सहयोग प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप पंखाहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको यो सानो सहयोगले विद्यार्थीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग प्रदान गर्न पाँउदा आफू हर्षित भएको पनि जनाए। आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ८८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

स्वावलम्बन लघुवित्तको ८४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । यो शेयर लघुवित्तकै कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
प्रतिकित्ता ४२५ रूपियाँ तोकिएको उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित लघुवित्तको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा आफूले खरिद गर्ने शेयर कित्ता र सोको मूल्य खुलाई निवेदन दिनुपर्नेछ ।
साथै तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खदिर आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।

कीर्ते कागजात बनाउने कारखानामा प्रहरीको छापा, ३ जना पक्राउ

काठमाडौं । सरकारी तथा बैंक वित्तिय संस्थाका काजातहरू कीर्ते गरी नक्कली बनाउने कारखानामा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोरखाको भीमसेनथापा गाउँपालिका–१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ घर भएका २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका–२ छयाङ्ढुङकी २३ वर्षीया अन्जु खत्री छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार छापा मारेर पक्राउ गरेको हो ।
यो समूहले तारकेश्वर नगरपालिका–७ फुटुङमा कार्यालयन नै खडा गरेर सरकारी कागजातहरू नक्कली बनाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जनाए ।
सरकारी कागजातहरू, शैक्षिक प्रमाणपत्र, स्थानीय तहका कागजातहरू, बैंक तथा वित्तिय संस्थाका कागजातहरू उनीहरूले बनाउँदै आएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका बयलकोटीले विगत ८ वर्षदेखि यो धन्दा चलाएको प्रहरीको भनाइ छ । उनले जग्गा धनीपूर्जादेखि सवारी चालक अनुमतिपत्र समेत नक्कली बनाउने गरेको प्रहरीको भनाइ छ ।
यसका मुख्य योजनाकार बयलकोटी नै हुन् । उनले फुटुङमा कोठा भाडा लिएर दुई जना सहयोगी समेत राखेर काम गरेको पाइएको छ । जसमा मासिक १० हजारदेखि १५ हजार रुपैयाँ तलब समेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।
यो समूहले डिपेन्डेन्ट भिसाका लागि चाहिने म्यारिज सर्टिफिकेट समेत बनाइदिने गरेको प्रहरीले जनाएको छ । प्रहरीले यो कारखानाबाट ठूलो संख्यामा नक्कली डकुमेन्ट पनि बरामद गरेको छ ।

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ । प्रमुख कासिकोभले आगामी ‘सेप्टेम्बर’मा काल्मिकियामा आयोजना हुने अन्तरराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले रुसी महासङ्घका राष्ट्रपति भ्यादिमिर पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणाको सन्देश सुनाइदिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र रुसबीच कुनै पनि किसिमको सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश सुनाइदिन पनि आग्रह गरेका छन् । जवाफमा प्रमुख कासिकोभले अब त्यसरी भर्ना नगाइने विश्वास दिलाए ।
भेटका अवसरमा नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।

सुनको भाउ तोलामा ३५ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ आज तोलामा ३५ सय रुपियाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ८५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३५ सय रुपियाँले घट्दै एक लाख ८१ हजार ८ सय रुपियाँ कायम भएको हो ।
जेठ महिनाको सुरुवाती दिनमानै सुनको मूल्यमा भारी गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपियाँले घट्दै एक हजार ९२५ रुपियाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९६० रुपियाँमा कारोबार भएको थियो ।

सेयर बजारमा ८.४१ अंकको गिरावट, कारोबार ७ अर्बमा सीमित

काठमाडौं । सेयर बजारमा ८.४१ अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से १३.९६ अंक, मंगलबार १४.८७ अंक र आइतबार १२.५३ अंकले घटेको थियो ।
बिहीबार नेप्सेमा कुल ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बिहीबार ओम मेगाश्री कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट विकास बैंकको सेयर मूल्य भने ८.६५ प्रतिशतले घटेको छ ।

रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्‍द्र मिश्रलाई उपस्थित गराउन आदेश दिएको छ।
आज मिश्रको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालत उपस्थित गराउन आदेश दिएको हो ।
यस्तै, सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 

सहकारी ठगीमा मुछिएकी कांग्रेस सांसद राई १० लाख धरौटीमा रिहा

काठमाण्डौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको छ ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाण्डौं जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले जनाए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेकी राईले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी थिइन् ।
बुधबार बयान र थुनछेक बहस भएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको छ । सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करीब साढे २ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...