सुनको भाउ तोलामा ३५ सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको भाउ आज तोलामा ३५ सय रुपियाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ८५ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३५ सय रुपियाँले घट्दै एक लाख ८१ हजार ८ सय रुपियाँ कायम भएको हो ।
जेठ महिनाको सुरुवाती दिनमानै सुनको मूल्यमा भारी गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपियाँले घट्दै एक हजार ९२५ रुपियाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९६० रुपियाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY