काठमाडौं । सेयर बजारमा ८.४१ अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.४१ अंकले घटेर २६११.८५ विन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से १३.९६ अंक, मंगलबार १४.८७ अंक र आइतबार १२.५३ अंकले घटेको थियो ।
बिहीबार नेप्सेमा कुल ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बिहीबार ओम मेगाश्री कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६२ प्रतिशतले बढेको छ । यस्तै, कर्पोरेट विकास बैंकको सेयर मूल्य भने ८.६५ प्रतिशतले घटेको छ ।