Page 14

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०, ८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले नगद र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ।

मर्स्याङ्दी नदी जलविद्युत् आयोजनामा कुमारी बैंकको अगुवाईमा १५ अर्ब १८ करोड लगानी

काठमाडौं । गोरखाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैकको अगुवाईमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
लगानी सम्झौता एमए पावरका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंकक, प्रभु बैंकक, सिद्धार्थ बैंकक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निमार्ण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।
स्वपूँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक शेयरको ४९ प्रतिशतसम्म स्वपूँजी लगानी रहने कम्पनीका अध्यक्ष आचार्यले जनाए ।
यही समुहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेड मार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
आयोजनाको नेपाल बिद्युत प्राधिकरणसँग २०८० साल कात्तिक ०१ गते बिद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यपारिक उत्पादन शुरु गर्नु पर्ने मिति २०८६ साल बैशाख २२ रहेको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनस्वीकृतीका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०–१३२ केभी मा जोडिने छ ।

गरिमा विकास बैंक नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा

काठमाडौं । गरिमा विकास बैंकले आजदेखि स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ ।
विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् ।
त्यसैगरी, अर्जुनचौपारी शाखाको उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म–कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।
देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिन मार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१’ को दफा १७ (क) अनुसार उच्च तहका पदाधिकारीहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौँको याक एण्ड यती होटेलमा आयोजित सो कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्यहरू, आधारभूत सेयरधनीहरू तथा विभागीय प्रमुखहरू सहभागी थिए। बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने र उप निर्देशक सविता थापाले प्रशिक्षण प्रदान गरेका थिए।
प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुन सक्ने जोखिम, त्यसका समाधानहरू तथा लागू ऐन, नियमावली र निर्देशनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत रूपमा जानकारी दिएको हो । साथै नीतिगत व्यवस्था, कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली, मानव संसाधन र प्रविधि व्यवस्थापनका पक्षमा पनि गहन छलफल गरिएको थियो।
कार्यक्रमको समापनमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरूबाट विकसित सम्पत्ति शुद्धिकरणसम्बन्धी अवधारणाहरूको पालना गर्दै, ऐन तथा नियमावलीमा उल्लेख गरिएका दायित्वहरू पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको संवेदनशीलतालाई उल्लेख गर्दै, कम्पनीका सबै तहका कर्मचारीहरूले यस निर्देशिकाको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाए।
नेपाल सरकारले मनी लाउन्डरिङ (सम्पत्ति शुद्धिकरण) निवारण ऐन, २०६४ लाई प्रभावकारी बनाउन हरेक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’ का रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा सो कार्यक्रम आयोजना गरिएको हो।

काठमाडौंको मखन गल्लीमा आगलागी

काठमाडौं । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।
बिहान ६ ः ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
६ वटा दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।

सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमणअन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् । भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् ।
ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।

प्रतिनिधि सभाको बठैक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।
बैठकमा मंगलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२, ०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ । यसअघि यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२, ०८३ को नीति तथा कार्यक्रम प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट आइतबार बहुमतले पारित भएको थियो ।
यस्तै, बुधबारको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्ने छन् ।

 

६ जेठमा संसद्‍मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । आगामी ६ जेठमा संसद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।
यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्‍मा गराएका हुन् ।
प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ ।
नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । गत चैत १५ गतेको हिंसात्मक तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितलाई थप ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
आज काठमाडौं जिल्ला अदालतले २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।
राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगोसहित पुरक अभियोजनमार्फत मुद्दा दायर

काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा लागेकी सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगोसहित पुरक अभियोजनमार्फत मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालतमा उनलाई पेश गरेको थियो। समय अभावका कारण थुनछेक बहस हुन सकेन। उनलाई फेरि प्रहरी हिरासतमै राखेर भोलि अदालत पेश गरिने भएको छ।
राईविरूद्ध पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ। उनी स्वर्णलक्ष्मी सहकारीको उपाध्यक्ष थिइन्।
स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धान प्रतिवेदनमा देखिएको छ। यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले गितेन्द्रबाबु राई (जिबी), देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, थशविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराललाई ठगी तथा संगठित मुद्दामा प्रतिवादी बनाइएको छ।
राईसहित २१ जनाविरुद्ध ६६९ बचतकर्ताले ८७ थान किटानी जाहेरी दिएका छन्।राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारी उनी मुद्दामा फरार रहँदै आएकी थिइन्।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...