काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०, ८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले नगद र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ।