Page 10

साउनबाट आईएमई पे र खल्तीबीच एकीकृत कारोबार

काठमाडौं । आईएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ कायम भएका छन् ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका हुन् ।
दुई संस्था मर्ज भएर साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ ।
अब दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार साउन १ गतेबाट एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन हुने भुक्तानी तथा फछ्यौट हुनेछ ।

सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब २३ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५९ अंकले घटेर २६२९.०८ विन्दुमा सीमित भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा रोकिएको थियो । यस्तै, मंगलबार पनि नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा सीमित थियो ।
बिहीबार बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा कुल ११ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बुधबार भने नेप्सेमा कुल ८ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ ।
बिहीबार पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दा पियोर इनर्जी, रसुवागढी हाइड्रोपावर र भुगोल इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

गण्डकी प्रदेशसभा सांसद दिपक मनाङे पदमुक्त

काठमाण्डौं । ज्यान मार्ने प्रयास गरेको कसूरमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सांसद राजिव गुरुङ (दिपक मनाङे) सांसद बन्न अयोग्य रहेको ठहर सर्वोच्च अदालतको संवैधानिक इजलाशले गरेको छ ।
इजालसले उम्मेदवार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गर्दै आजैदेखि पदमुक्त गरेको छ ।
उनलाई सुरुको दिनदेखि नै लागू हुने गरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मितिबाट लागू हुने गरी पदमुक्त हुने निर्णय गरेको छ ।
उनी गण्डकी प्रदेशसभामा सांसद हुँदै मन्त्री समेत भएका थिए ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आफ्ना दलका महामन्त्रीसमेत लिएर देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् ।
एमालेको तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेको जनाईएको छ।

राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

काठमाडौं । अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।
आज उच्च अदालतले पाटनले पाण्डेको पक्षमा आदेश जारी गर्दै निलम्बन नगर्न आदेश दिएको हो ।
न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी काम गर्न दिन पनि आदेश दिएको छ ।

बैंकको निक्षेप ७० खर्ब नाघ्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा बढ्दो तरलता (लगानी योग्य पुँजी) व्यवस्थापनको सकस थप गहिरिएको छ । निक्षेप निरन्तर बढ्ने तर कर्जा लगानीको माग नहुँने हुँदा बैंकहरु समस्यामा परेका छन् ।
यसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणका माध्येममार्फत निरन्तर तरलता प्रशोचन गर्नु परेको छ । यसैको निरन्तरता केन्द्रीय बैंकले बुधबार थप ९० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ ।
एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अधिकतम ३५ दिनका लागि ९० अर्ब रुपियाँ तरलता प्रशोचन गर्न लागेको जनाएको हो । यो निकै लामो अवधिको तरलाता प्रशोचन हो । यसअघि केन्द्रीय बैंकले ७ दिनदेखि अधिकतम २१ दिनसम्मका लागि तरलता प्रशोचन गर्ने गरेको थियो । यसले पनि बजारमा तरलता व्यवस्थापन कति चुनौतीपूर्ण बनिरहेको छ प्रस्ट हुन्छ ।
केन्द्रीय बैंकका अनुसार पछिल्लो पटक बैंकहरुको निक्षेप बढेर ७० खर्ब नाघेको छ । तर यता कर्जा लगानी भने जम्मा ५५ खर्ब ६८ अर्ब रुपियाँ हाराहारी मात्र हुन सकेको छ । समीक्षा अवधिमा नम्मा ७८.४० प्रतिशत कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरुसँग ८ खर्बमाथिको लगानीयोग्य तरलता रहेको बुझिएको छ ।

सिटिजन्स बैंकका ग्राहकले टिका रिर्सोटमा २० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र लेकसाईड पोखरा स्थित टिका रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले टिका रिर्सोटमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सरकारी ऋण २६ खर्ब ५६ अर्ब पुग्यो

काठमाडौं । भुक्तानी दिन बाँकी कूल सार्वजनिक ऋणको आकार २६ खर्ब ५६ अर्ब रुपियाँ पुगेको छ । २०८१ असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब ९ करोड रुपियाँ भूक्तानी बाँकी रहेको सार्वजनिक ऋण आर्थिक वर्षको ११ महिनामा थप २ खर्ब २० अर्ब ५८ करोड रुपियाँले बढेको हो ।
जेठ मसान्तसम्म कूल भूक्तानी बक्यौता सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब ६८ करोड रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कूल ऋणमध्ये आन्तरिक ऋणतर्फ १२ खर्ब ७२ अर्ब ५३ करोड भूक्तानी दायित्व रहेको छ भने बाह्यतर्फ १३ खर्ब ८२ अर्ब १२ करोड रुपियाँको दायित्व रहेको कार्यालयले जनाएको छ । यो कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ४३.४७ प्रतिशत बराबरको हिस्सा हो ।
जेठ मसान्तसम्मा सरकारले आन्तरिक र बाह्यबाट कुल ४ खर्ब १४ अर्ब १९ करोड ऋण उठाइएको छ । चालु आर्थिक वर्षको कुल ऋण उठाउने वार्षिक लक्ष्य ५ खर्ब ४७ अर्ब राखिएकोमध्ये ७५.७२ प्रतिशत ऋण उठेको छ ।

भारतका ख्यातिप्राप्त प्रशिक्षकबाट सानिमा रिलायन्सका अभिकर्ता प्रशिक्षित

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सिप विकास कार्यक्रम सम्पन्न गरेको छ। गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्दक बनाउन कम्पनीमा अतुलनिय योगदान दिएका अभिकर्ताहरुलाई बिशेष प्राथमिकता सहितको तालिम प्रदान गर्न छिमेकि मुलुक भारतका अनुभवी प्रशिक्षक विजय कुमार झालाई आमन्त्रित गरिएको थियो। झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रुपमा भारतदेखि विश्वको विभिन्न देशहरुमा प्रख्यात छन्। भारतकै ठूलो र प्रतिष्ठित जीवन वीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आवद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाई सकेका छन् ।
यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए । यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यवसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउन प्रेरित गरेको छ।
कार्यक्रममा ८० भन्दा धेरै अभिकर्ताहरुको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरू, लगायत सुदुरपश्चिम र कर्णाली प्रदेशका सबै तथा बाँके र बर्दियाको शाखा तथा उपशाखाका कर्मचारीहरूको पनि उपस्तिथी रहेको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र अपरिहार्यता माथि प्रकाश पार्नुहुदै तालिमबाट सिकेका कुराहरुलाई व्यावहारिकतामा उतार्नुपर्ने जनाए। प्रस्तुत ज्ञान र सीपको उपयोग गरेर कम्पनिको व्यवसायिक लक्ष्य प्राप्तिमा दखल पुराउन सकिने जनाएका थिए ।
सोही कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृतले सीप विकास जस्ता तालिमले अभिकर्ताहरुलाई व्यवहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्‍याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने जनाए ।

उदयपुरको अमलचौरीमा दुई युवायुवती मृत फेला

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरीमा दुई युवायुवती मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय अन्दाजी १४ वर्षीया मञ्जु राईको शव बाटोको छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने अन्दाजी वर्ष २८ को रवीन्द्र राईको शव मञ्जुको शवभन्दा २ सय मिटर तल झुण्डिएको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बविन राईका अनुसार अहिले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटना के कति कारणले भयो भन्ने खुल्न नसकेको उनको भनाई छ ।
मृतक युवती मञ्जु स्थानीय चौदण्डीगढी–२ स्थित सिंह देवी माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रहेको र युवक रवीन्द्र केही दिन अघि मात्र काठमाडौंबाट घर आएको जनाईएको छ । उनीहरु छिमेकी रहेको समेत प्रहरीको भनाई छ ।
स्थानीयले आज बुधबार बिहानै बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटना स्थल पुगेको प्रहरीले खोजतलास गर्दा दुई सय मिटर नजिक रवीन्द्रको शव झुण्डिएको अवस्थामा फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङले दुई जनाको शव फेला परेको र इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरी शव उठाउनको लागि कानुनी प्रक्रिया अघि बढाएको जानकारी दिए ।
दोङका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...