Page 19

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन् । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसद बैठक नियमित कार्यसूचीमा प्रवेश समेत गर्न सकेको छैन । आइतबार सभामुखको पहलमा समस्या समाधानका लागि दलका प्रमुख सचेतकहरुसँग पटक पटक छलफल गरे पनि सत्ता पक्ष र विपक्षीहरू आआफ्नो अडानमा यथावत रहँदा निकास निस्कन सकेन । त्यस कारणले आज पनि संसद बैठक अवरुद्ध हुने समेत देखिएको छ ।

 

दुर्गा प्रसाईंको तर्फबाट डा सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस

काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा।सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा।भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले यसअघि नै धरौटीमा छाड्न आदेश गरेको थियो । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन माग दावी लिइएको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए ।

सरकार पनि लचिलो भए सदन खुल्ने प्रचण्डको धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्षसँग भाषामा सहमति भए संसद चल्ने जनाएका छन् ।
आज संसद भवन परिसरमा काँग्रेससँग छलफलपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसका लागि सरकार पनि लचिलो हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
‘प्रतिपक्षी पनि लचिलो बन्नुपर्छ। सरकार पनि लचिलो बन्नुपर्छ। भाषामा समझदारी भए सदन चल्छ,’ उनले भने।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षीले निरन्तर संसद अवरोध गर्दै आइरहेका छन् । उनीहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेका छन् । तर सरकार गृहमन्त्रीले पनि राजीनामा नदिने र समिति पनि नबन्ने अडानमा छ ।

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको विषयमा प्रतिपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबार दिनको २ बजे बस्ने गरी बैठक स्थगित गरेका छन् ।
संसद् सञ्चालनका लागि सहमतिको प्रयास गरिए पनि सहमति नजुटेपछि बैठक स्थगित गरिएको छ ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, बिनिता श्रेष्ठ, अमुल प्रधान, राजीव कुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोष कुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ रहेका छन् ।
यस्तै विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालि रहेका छन् । उनीहरू विरूद्ध ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरिएको छ ।
के हो बिलिङ ठेक्का प्रकरण ?
नेपाल टेलिकमबाट प्रतिस्पर्धाविना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो । २०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने स्थिति थियो ।
नेपाल टेलिकम सञ्चालक समितिले २४ पुस, २०७९ मा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको एसिया इन्फो नामक कम्पनीसँग चार वर्षका लागि वार्षिक मर्मतसम्भार सम्झौता (एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट–एएमसी) गर्ने निर्णय गरेको थियो ।
सञ्चालक समितिले आवश्यक परेमा थप एक वर्ष त्यस्तो सम्झौता लम्ब्याउन सकिने भनी प्रस्ताव अनुमोदन समेत गरेको थियो ।
बिलिङ प्रणालीविना टेलिफोन र इन्टरनेट सेवा सञ्चालन हुन सक्दैन । कुनै उपभोक्ताले अर्को व्यक्तिलाई फोन गर्दा बिलिङ प्रणाली हुदै अर्को व्यक्तिसम्म सम्पर्क स्थापित हुन्छ । पर्याप्त ब्यालेन्स नहुँदा बिलिङ प्रणालीले नै अर्को व्यक्तिसँग सम्पर्क गर्ने सुविधा दिँदैन ।

आयल निगमका उच्च तहका कर्मचारीसहित ५ जनाविरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।
उनीहरुले मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरीमाथि अनुसन्धान गरेपछि अख्तियारले विशेष अदालत काठमाडौँमा आज आइतबार मुद्दा दायर गरेको हो ।
पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको भन्दै अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन् ।
कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो । बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य रु. १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ ।

 

आयोगले प्रमुख दास, पश्चिमाञ्चल टे«डर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।
उक्त कम्पनीले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ४५२.६७ कायम गरिएको छ । यसअघि रु. ५०६.९९ थियो ।
भोलिबाटै समायोजन गरिएको मूल्यबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुने नेप्सेले जनाएको छ ।

 

प्रभु बैंक र होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धि सम्झौता गरिएको छ ।
होटल यार्शा शान्त र सुन्दर जिरी नगरमा अवस्थित एक प्रख्यात होटल हो । यो अफर जिरी नगरको पर्यटन प्रवद्र्घन गर्ने उद्येश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।
यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले होटल यार्शामा कोठामा १५५ र खाना तथा पेय पदार्थमा ५५ छुट पाउने छन् ।

रुपन्देहीमा युवती जलेको अवस्थामा मृत फेला

बुटवल । रुपन्देहीमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । आइतबार बिहान जिल्लाको सम्मरीमाई गाउँपालिका – ५ स्थित मर्चवार क्षेत्रमा २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा खेतमा भेटिएकी हुन् ।
आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा सिर्जना जलेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।

अमेरिकाबाट थप ४० नेपाली डिपोर्ट हुँदै

काठमाण्डौं । अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरू आइतबार काठमाण्डौं फर्किदै छन्। उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाण्डौं ल्याउँदैछ ।
नेपाली सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् वरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरु अपराह्न आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नरहेको जनाएका छन् ।
१०–१२ दिन अगाडि नै नेपालीहरुलाई डिपोर्ट गरिएको पत्र आए पनि संख्या यकिन भइनसकेको प्रवक्ता न्यौपानेले जनाए । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० जनासम्म हुन सक्ने अध्यागमनको अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरू रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको छ ।
अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरुलाई छाड्दै–छाड्दै काठमाण्डौं आएर फर्किने छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।
ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरुको संख्या बढ्दो छ ।
जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिए मात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...