Page 5

पार्टी र आन्दोलनमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सिङ्गो पार्टीको कर्तव्य ः शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी, आन्दोलन र नेतृत्वमाथि लक्षित प्रहारको प्रतिवाद गर्नु सम्पूर्ण पार्टीको साझा जिम्मेवारी रहेको जनाएका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत संक्षिप्त टिप्पणी गर्दै राजनीतिक उद्देश्यले गरिने प्रहारको प्रतिकार गर्नु नै पार्टीको मूल कर्तव्य भएको स्पष्ट पारेका छन् । ‘पार्टी र आन्दोलनलाई कमजोर बनाउन जसका विरुद्ध प्रहार केन्द्रित गरिएको हुन्छ, त्यसको रक्षा गर्नु सिङ्गो पार्टीको कर्तव्य बन्न पुग्दछ’ महासचिव पोखरेलले लेखेका छन् ।
पोखरेलले पार्टीभित्रको ऐक्यबद्धता, नेतृत्वको संरक्षण र आन्दोलनको निरन्तरतामाथि विशेष जोड दिएका छन् । केही समययता एमालेको नेतृत्वविरुद्ध सामाजिक सञ्जाल मार्फत लगातार आक्रमण भइरहेको बेला महासचिवको यस्तो अभिव्यक्ति आएको हो ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरूबाट आक्रमण भइरहेका बेला महासचिव पोखरेलको स्ट्याटस सार्वजनिक भएको हो । पार्टीभित्र आन्तरिक छलफल र बहस आवश्यक भए पनि नेतृत्वमाथि हुने योजनाबद्ध प्रहारले संगठनलाई कमजोर बनाउन सक्ने खतरा रहन्छ भन्ने सन्देश उनले दिएका छन् ।

एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यसूची रहेको छ ।
एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । बजेटको सबैभन्दा महत्वपूर्ण अंग मानिने विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।
मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो।
पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि छलफल भएको थियो। छलफलमा उठेका प्रश्नमा मन्त्रीहरुले जवाफ दिएका थिए।
प्रतिनिधिसभामा विभिन्न सांसदले राखेको संशोधन समेत प्रतिनिधिसभाले अस्वीकृत गरेको छ।
सो क्रममा उर्जा मन्त्रालय अन्तर्गत लिइएको ‘टेक एण्ड पे’ र ‘विलासिता कर’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने अर्थमन्त्री विष्णु पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए।

बजेट सन्तुलित भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना र टिप्पणी जसो गरे पनि हुने भन्दै बजेट सन्तुलित विकास हुने गरी ल्याइएको दाबी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यलय लगायत बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले प्रस्तुत बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको दाबी गरे ।
उनले भने, ‘सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको कुरामा विशेष जोड दिन चाहन्छु । भौगोलिक, क्षेत्रगत, विषयगत रूपमा आवश्यकता र सन्तुलनका आधारमा देशको सन्तुलित विकास हुने गरी बजेट ल्याइएको हो । बजेट यहाँ मात्रै होइन, कहीँ पनि सर्वसम्मति भएको र सबै माननीय सन्तुष्ट भएको, हाम्रो जस्तो माननीयहरू र बजेटको सम्बन्ध सम्पर्क नरहेका देशमा पनि मैले भेटेको छैन । आलोचना, टिप्पणी त जसो गरे पनि हुन्छ ।’
लोकतन्त्र र संविधानप्रति आफूले कुनै पनि सम्झौता नगर्ने भन्दै उनले आफूलाई गाली आउँदा सहने तर संविधानमाथिको अपमान नसहने जनाए । उनले भने, ‘म आफूलाई आलोचना, विरोध, गाली सहन्छु तर सहिदप्रतिको अपमान, बलिदानप्रतिको अपमान, विगतका संघर्षको अपमान, प्रणालीको अपमान, संविधानको अपमान यो कुरा सैह्य हुँदैन । माननीयज्यूहरूले बोल्दा यी कुराहरूमा संयम अपनाएर बोलौं ।’

 

सरकार पूर्ण रुपले असफल भएको उपेन्द्र यादबको आरोप

काठमाण्डौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधनको कुरा स्टन्डको लागि मात्रै प्रयोग गरेको आरोप लगाएका छन् ।
मंगलबार भक्तपुरमा रफत सञ्चारले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आर्थिक, राजनीतिक या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको भन्दै मानव तस्करीको धन्दामा समेत सरकार लागेको आरोप लगाए ।
उनले भने,‘सरकारले संविधान संसोधन गर्ने भनेको थियो । तर एक वर्ष पुगिसक्दा पनि के–केमा संशोधन गर्ने अत्तोपत्तो छैन् । संविधान संशोधन अहिलेको सरकारले गर्न चाहेको नै होइन् । तर स्टन्डको लागि मात्रै प्रयोग गरेको हो । आर्थिक क्षेत्रमा होस् राजनीतिक क्षेत्रमा होस् या अन्य जनतालाई सेवा सुविधा प्रदान गर्ने क्षेत्रमा सरकार पूर्ण असफल भएको छ । रोजगारीको सृजना त कता हो कता मानव तस्करीको धन्दामा सरकार लागेको चर्चा छ । मानव तस्कर गर्नु रोजगारी सृजना गर्नु होइन् ।’
त्यस्तै उनले सरकारले ल्याएको बजेट गरिब र पछाडि परेको जनताको लागि नभएर विचौंलियाहरुले खेल्ने बजेट ल्याएको टिप्पणी गरे । वर्तमान सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल हुनकासाथै कांग्रेस एमालेको सहकार्य समेत असफल भइसकेको उनको दाबी छ ।
‘गरिब र पछाडि परेका जनताका लागि त बजेट नै आएको छैन् । यो खाली विचौंलियाहरुले खेल्ने बजेट ल्याएको छ । सरकार सबै क्षेत्रबाट पूर्ण रुपमा असफल भएको आरोप लगाए । अहिले त कांग्रेस एमालेको सहकार्य नै असफल भइसक्यो । यो गठबन्धन नै असफल भयो । यसबाट मुलुकलाई हितभन्दा अहित भएको छ । कांग्रेसलाई अहित भएको छ भन्ने कुरा कांग्रेसकै नेताहरुले भन्नुभएको छ,’उनले भने । अध्यक्ष यादवले सरकार गठन हुनुअघिका प्रतिबद्धताहरु केही पनि पूरा नभएको भन्दै आपत्ति जनाए ।

‘टेक एन्ड पे’ बारे संसद्‍मा अर्थमन्त्रीले दिए यस्तो जवाफ

काठमाडौं । ‘टेक एन्ड पे’ का विषयमा अर्थमन्त्री विष्णु पौडेलले संसदमा जवाफ दिएका छन् ।
सरकारले बजेटमार्फत टे एन्ड पेको व्यवस्था गरेपछि ऊर्जा उद्यमी आन्दोलित बनेका छन् भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीलाई समेत फोन गरेर टेक अर पेको पुरानै व्यवस्था कायम गर्न भनेका छन् ।
यसबारे संसदमा पनि प्रश्न उठेपछि अर्थमन्त्री पौडेलले जवाफ दिएका हुन् ।
बुँदा नम्बर २२७ को सन्दर्भमा उठेका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यसको आशय उत्पादित बिजुली खेर जान नदिने, ऊर्जा खपतको सुनिश्चित भएका प्रतिफल युक्त आयोजनामा निजी लगानी आकर्षित गर्न बैंकिङ क्षेत्रको जोखिम न्यूनिकरण गर्ने रहेको जनाए ।
जलाशय र अर्ध जलाशय आयोजनामा लगानी गर्न प्राथमिकता दिने हिउँदमा बिजुलीको कमी पूरा गर्ने यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
‘आर्थिक रुपले धान्न सकिने गरि मात्र दायित्व सिर्जना गर्ने गरि विद्युत खरिद सम्झौता गर्न खोजिएको हो,’ उनले भने ।
ऊर्जा क्षेत्रमा महत्वपूर्ण मार्गचित्र पनि सरकारले पास गरेको भन्दै उनले यो ऊर्जा विकास मार्गचित्रले २०३५ सम्म २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको जनाए । जसअन्तर्गत १० हजार ५ सय अर्धजलाशय,५ हजार ९ सय जलाशय र १२ सय रन अफ रिभर हुने छ भन्ने प्रोजेक्सन रहेको जनाए ।
‘१२ हजार मेगावाट नदी प्रवाहीबाट विद्युत उत्पादन हुनेछ भनेर मान्दा करिब ९ हजार ५ सय मेगावाट या त सम्पन्न भएका छन् या तीनको पीपीए सम्पन्न भएको छ,’ पौडेलले भने, ‘यसअनुसार रनअफ रिभरको पीपीए गर्न १५ सय मेगावाट मात्र बाँकी छ ।’
अर्थमन्त्री पौडेलले वित्तीय जोखिम मूल्यांकनका आधारमा ऊर्जा खपत तथा निर्यातको एकिन भएका र प्राधिकरणले दायित्व भुक्तानी गर्न सुनिश्चित भएका आयोजनाको विद्युत खरिद सम्झौता गर्न सकिने जनाए ।
ऊर्जा विकासमा सरकारको मात्र लगानी पर्याप्त नहुने र त्यसका लागि निजी क्षेत्रको लगानी आकर्षित गर्नु पर्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ ।
आगामी दिनमा पनि सरकारले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी अझ प्रभावकारी बनाउन चाहेको उनको भनाइ छ ।
विद्युतको उत्पादन र खपतको बीचमा संगती मिलोस् भन्ने सरकारको जोड रहेको मन्त्री पौडेलले जनाए ।

विराटनगर महानगरपालिकाले ल्यायो चार अर्ब ४० करोडको बजेट

विराटनगर । कोशी प्रदेशको एकमात्रै महानगरपालिकला विराटनगरले आगामी आर्थिक वर्ष २०८२, ८३ का लागि चार अर्ब ४० करोड बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको महानगरको १६ औं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ भन्ने दीर्घकालीन सोचलाई पूरा गरिने उद्देश्यका साथ बजेट ल्याइएको उपमेयर कार्कीले जनाईन । प्रस्तुत नीति प्रस्तावमा महानगरले उत्पादन र छिटो प्रतिफल दिने योजनालाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।
शिक्षा र स्वास्थ्यमा महानगरवासीको पहुँच अझ विस्तार गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार, जनशक्ति र सेवा विस्तारका कार्यक्रम समेटिएको जनाईएको छ । त्यसैगरी, स्थानीय तहको आन्तरिक आम्दानीमा वृद्धि गर्नसक्ने खालका कार्यक्रमलाई प्राथमिकतामा राख्दै नगरले कर प्रणाली सुधार, नविन स्रोतको पहिचान र प्रभावकारी परिचालनको योजना बनाएको छ ।
समावेशी र समान समाज निर्माण गर्ने उद्देश्यले लैङ्गिक समानता र सामाजिक समावेशीकरणका कार्यक्रमहरु थप सशक्त र संस्थागत बनाइने जनाइएको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुशासन, पारदर्शिता र संस्थागत सुधारमा समेत महानगरले विशेष चासो दिएको जनाएको छ ।
स्थानीय स्रोत, सीप र साधनको अधिकतम प्रयोगलाई प्रवद्र्धन गर्दै महानगरले रोजगारीमुखी र आत्मनिर्भर योजना कार्यान्वयन गर्ने तयारी गरेको छ । साथै, महानगरको मौलिक भाषा, धर्म, कला, साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा पनि ध्यान दिइने जनाएको छ ।
महानगरले पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ । भौतिक पूर्वाधारको समपूरक योजना, सडक र बस्ती विकास, नगरस्तरीय योजनालगायत शीर्षकमा १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।
सामाजिक विकासतर्फ शैक्षिक कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्यका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रममा ९१ लाख र संघसंस्थालाई अनुदान स्वरूप ५ करोड ५ लाख छुट्याइएको छ ।
यससहित सामाजिक क्षेत्रमा कुल १ अर्ब ८९ लाख ३० हजार विनियोजन गरिएको महानगरले जनाएको छ । कृषि तथा पशुपालन क्षेत्रमा १ करोड ९० लाख, आर्थिक विकासमा २ करोड ९६ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनमा ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासमा ३ करोड ३० लाख विनियोजन गरिएको छ ।
महानगरले अनुमानित खर्च व्योहोर्नका लागि आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, संघीय सरकारबाट अनुदानमार्फत ८३ करोड ३४ लाख, प्रदेश सरकारबाट ४ करोड २३ लाख ६७ हजार, र घरजग्गा रजिष्ट्रेसनबाट मात्रै ९४ करोड ६० लाख आम्दानी हुने अनुमान गरेको छ । अन्य राजस्व स्रोतमा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, विज्ञापन कर, सडक बोर्ड अनुदान र मौज्दात रकम पनि समावेश छन् ।
नरसभामा नगर सर्पदंशको कार्यमा विराटनगरमा तल्लिन भएर लागेका नगर प्रहरी हवल्दार सम्भू प्रसाद घिमिरेलाई सम्मान गर्दै एक तह बृद्धि गरि नगर प्रहरी निरिक्षकको दज्र्यानी चिन्ह समेत प्रदान गरिएको महानगरले जनाएको छ ।

सिटिजन्स बैंकद्वारा अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखि निरन्तर रुपमा सेवा भावले संचालनमा रहेको अखण्ड ज्योतिबाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टलाई सहयोग गरेको छ ।
ट्रस्टमा अशक्त तथा पीडित व्यक्तिहरूलाई स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवाहरु प्रदान गरिरहेको छ । यात्रीलाई निःशुल्क भोजन सेवा गराउने, धार्मिक सम्पदाहरूको संरक्षण, मर्मत तथा व्यवस्थापनमा सक्रिय योगदान, नारी शक्ति सशक्तीकरणका लागि शिक्षाको व्यवस्थासहित कन्या गुरुकुल सञ्चालन, गाई संरक्षण, पालनपोषण तथा व्यवस्थापनमार्फत धार्मिक एवं जैविक परम्पराको संरक्षण र यात्रुहरूको लागि विश्राम तथा आवासको व्यवस्था सहित सुविधा सम्पन्न धर्मशाला संचालन गरिरहेको ट्रस्टलाई बैंकले सहयोग उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरे । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सेवाभावमा समर्पित ट्रस्टलाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी लागेको जनाए ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जानकारी दिएको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड ‘ (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको हो ।

 

एनएलजी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी लिन बिमितहरूलाई आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी लिन बिमितहरूलाई आग्रह गरेको छ ।
कम्पनीले २०८१ चैत मसान्तसम्म क्षति भई बिमित वा प्रतिनिधिमार्फत बीमा दाबी परे पनि हालसम्म आवश्यक कागजात नबुझाएका तथा सम्पर्कमा नरहेका बिमितहरूलाई आवश्यक कागजातसहित कम्पनी वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी दाबी फस्र्योट प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।
साथै, सम्पर्कमा नआएको खण्डमा बीमा दाबी फाइल बन्द गरिने पनि कम्पनीले चेतावनी दिएको छ ।

 

यी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाण्डौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...