Page 12

जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । पछिल्लो समयको आर्थिक जोखिम सुरक्षाको लागि आम मानिसका आवश्यकताहरू पहिचान गरी भविष्य सुनिश्चिताको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढेको हो। होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसैक्रममा शुक्लाफाटा नगरपालिका वडा नम्बर– १२ बस्ने एक दम्पतिले छोरी नन्दनी भट्टको जन्मदिनको अवसरमा अवसरमा अवसर पारेर बीमा पोलिसी उपहार दिएकी छन् । बुवा नरेश भट्ट र आमा बिमला भट्टले आफ्नो छोरीको भविष्यको लागि र सुरक्षा सँगै बचतको लागि बीमा गरेको उनले जनाए । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय अत्तरियाबाट लोकप्रिय बीमा पोलिसी सर्व शुलभ जिवन बीमा उपहार दिएका हुन् ।
दम्पतिले आफ्नोआर्थिक सुरक्षा छोरीको बीमा आमाबुवाको जिम्मेवारी बीमालाई हस्तान्तरण गरेको आफू हुँदा वा नहुँदा दुवै कुरामा बच्चा सुरक्षित हुने परिवारमा बचत सँगै जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि भन्दै उनले बीमा पोलिसि उपहार दिएका हुन्। शाखा प्रमुख मोहन बहादुर बोहराले प्रशंसनीय प्रेरणादायी कार्य गर्नुभएकोमा दम्पतिलाई बधाइ तथा बाबुको जन्मदिनको शुभकामना तथा उज्जवल भविष्यको कामना दिँदै पोलिसी घरमै पुगी हस्तान्तरण गरेका छन्।
उक्त पोलिसी अत्तरिया शाखाका कुशल एजेन्सी म्यानेजर राजमती कुमारी साउदको सहकार्यमा र स्थानीय शिक्षक तथा कम्पनीका पहिलो करोडपति एजेन्सी म्यानेजर धर्म सिंह ऐर र शाखाका डबल एमडीआरटी तथा एजेन्सी म्यानेजर प्रेम साउदको उपस्थितिमा बीमितको घरमै गई पोलिसी हस्तान्तरण गरिएको छ।

सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण

काठमाडौं । बाढी पहिरो जस्ता विपतहरु सुचना दिएर आउँदैन्, विपद् न्यूनिकरणका लागि पूर्व तयारी नै महत्वपूर्ण हुन्छ । यस्ता घटनाहरुको न्युनीकरण गर्न पुर्व तयारी आवश्यक हुने भन्दै सीताराम डेरी र किर्तीपुर नगरपालिका वडा न ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रवार लाइफ ज्याकेट वितरण गरिएको छ ।
जिवन रक्षा नै मानवीय धर्म मानिने हाम्रो संस्कारलाई चलायमान गर्न विपतमा सुरक्षाकर्मीको मात्रै होइन सबैको दायित्व रहने भन्दै निजी क्षेत्रबाट गरिएको यस्ता सहयोगले समुदायमा एउटा सकारात्मक सन्देश प्रदान गर्ने यस कार्यक्रमले स्पष्ट गराउँछ ।
नेपालको भौगोलिक अवस्था र्नै पुर्वतयारी योग्य छ । यहाँ पहिरो, बाढि, हिमपात तिनैवटा कुराले जाखिम क्षेत्र मानिन्छ भने यस्तो विपतको समयमा सरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउण्डेसन तथा सीताराम डेरीले विगत देखीनै उद्धार सामाग्रीहरु सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ । यो नै उद्धार कार्य सुरक्षित बनाउने पहिलो कदम पनि हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन, किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल ,नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडाअध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विधालयका प्रधानाध्यापक युवराज पराजुली लगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विधालयका विधार्थीहरु , शिक्षक÷शिक्षिकाहरुको उपस्थितीमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरि कार्यक्रम समापन भएको थियो ।

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माण गर्न रु. १ करोडको सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्यमा काम गरिरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई काठमाडौँमा अस्पताल भवन निर्माणका लागि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रु १ करोड रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
किओचको कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफ इन्स्योरेन्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरूका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई कार्य आरम्भ भइसकेको छ ।
कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेशकुमार अग्रवालले डा. भगवान कोइरालाको अग्रसरतामा शुभारम्भ भएको यस परियोजनाले नेपालमा रहेका बालबालिकाको स्वास्थ्यको अवस्था सुधार गर्न अतुलनीय भूमिका निर्वाह गर्ने जनाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक, आर्थिक, शैक्षिक र संस्कृतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको कुरा जनाए ।
त्यस्तै काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष, मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. भगवान कोइरालाले नेपाल लाइफले प्रदान गरेको सहयोगले परियोजनाले गति प्राप्त गर्ने जनाए ।
साथै नेपाल लाइफले गरेको सहयोगप्रति कृतज्ञता जाहेर गरे र आगामी दिनमा पनि यस प्रकारको सहयोग प्राप्त हुनेमा आशावादी रहेको जनाए ।

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् ।
असार २० गते बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम ठाकुरलाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
उनीसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविकः राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरुको बोर्ड सदस्यको जिम्मेवरीमा रही कार्य गरेको अनुभव रहेको छ ।
असार २९ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पदबहाली गरेका छन् । साथै सोही कार्यक्रममा बैंकको संचालक समिति सदस्यहरुले संयुक्त रुपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । उनको विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।

काठमाडौँ महानगरको बजेट २५ अर्ब ७६ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक सकिएको छ । महानगरपालिकाकी उपप्मुख सुनिता डंगोलले नगर सभाको १७ औंँ अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२, ०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।
उनले आगामी आर्थिक बर्ष २०८२, ८३ को लागि रु २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैया संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य वाह्य व्ययभार हुने गरी कुल रु.२५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेकी हुन् ।
महानगरपालिकाले आर्थिक वर्ष २०८१, ०८२ का लागि रु. २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।
बैठकमा प्रमुख बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि छलफल र पारित गर्न असार ३२ गते अर्को बैठक बोलाइएको जानकारी गराउँदै मेयर बालेन्द्रले बैठक समापन भएको जानकारी दिएका हुन् ।

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरिएको प्रधानमन्त्रीको आरोप

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी(ताराबारी डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् ।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे ।
उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा निस्शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको जनाए ।
आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको आरोप लगाउँदै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी थिए ।

निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको हृदयाघातबाट निधन

काठमाडौं । निर्वाचन आयोगका पूर्वआयुक्त इला शर्माको निधन भएको छ । शनिबार (असार २८) साँझ हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको सामाजिक अभियन्ता एवं सञ्चारकर्मी अमृता लम्सालले जानकारी दिइन् ।
आइतबार (असार २९) शर्माको अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कारअघि केही समय श्रद्धाञ्जलीका निम्ति पार्थिव शरीर राखिने लम्सालले उल्लेख गरेकी छन् ।

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै जाने प्रधानमन्त्रीको दाबी

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको जनाए । उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाए ।
प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिई ठूलाठूला चाक्ला बनाएर व्यावसायिक खेती गरेर आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । उनले देश विकासको गतिमा अग्रसर भएकोले निराशा र कुनै हल्लाको पछि लाग्नुनपर्ने जनाउँदै शिक्षा र स्वास्थ आदिका क्षेत्रमा ठूलो परिवर्तन भएको जनताले अनुभव गरेको र अझै ठूलो परिवर्तनका लागि सरकारले काम गरिरहेको स्पष्ट गरे ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन् । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली काङ्ग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहने दाबी गरे । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु ।’ प्रधानमन्त्री ओलीले भने ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिए ।

समाजमा विभेद हटाउन सामूहिक रूपमा काम गर्नुपर्ने मन्त्री सिंहको धारणा

काठमाण्डौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा रहेको विभेद हटाउनका लागि सामूहिक रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
शनिबार काठमाण्डौं जिल्लाका दलित समुदायबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो गरे चौतर्फी तारिफ मिल्ने भन्दै समाजिक काम गर्नुपर्ने जनाए ।
उनले भने, ‘यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईं हामी सबैले सामूहिक रूपमा प्रयास गरेर गर्न सकिन्छ । मूख्य कुरा के हो भने हाम्रो समाजमा राम्रो गर्‍यो भने सबैले ताली पिटेर वाहवाही गर्छन् ।’
उनले उच्च शिक्षाका लागि नेपालमै अवसरहरू भएको भन्दै एसईई उत्तीर्ण विद्यार्थीलाई उदाहरणीय बन्न प्रेरित समेत गरे ।
‘मिहेनत गर्नपर्छ, उदाहरणीय बन्नुपर्छ त्यसका लागि अवसर छ । एसईई पछि पढ्नका लागि नेपालमै राम्रा कलेजहरू छन् । आफ्नो जीवन बनाउन आफूले आफैंलाई समाल्न सक्नुपर्छ, त्यसैगरी देश बनाउन पनि सबै मिलेर गर्नुपर्छ,’ उनले भने ।

सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध पाँचौँ भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पौडेलसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।पौडेलमाथि १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप छ।
आर्थिक वर्ष २०७६, ७७ मा ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’ आयोजना अन्तर्गत आपूर्ति, जडान तथा स्थापनासम्बन्धी ठेक्कामा मिलेमतो भएको पाइएको अख्तियारको भनाइ छ। अनुसन्धान अनुसार, गुरुयोजना नै नबनाई स्पेसिफिकेसन तयार पारिएको, लागत अनुमानमा व्यापक अनियमितता गरिएको र त्यसैको आधारमा ३० करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको भ्याटसहित बोलपत्र आह्वान गरिएको थियो।
२०७६ माघ १५ गते पौडेलले कान्तिपथस्थित वर्ल्ड डिस्ट्रिब्युसन नेपालसँग ३० करोड ६५ लाख ५५ हजार रुपैयाँको सम्झौता गरेका थिए। तर, अख्तियारले उक्त प्रक्रिया नियमनविपरीत रहेको र ठेक्काको सम्पूर्ण कार्य प्राविधिक मापदण्ड नपुगी गरिएको जनाएको छ।
यस प्रकरणमा पौडेलसँगै सूचना प्रविधि केन्द्रकै तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण श्रेष्ठ संलग्न रहेको अख्तियारको निष्कर्ष छ।
उनीहरूले मिलेर गुणस्तरहीन प्रोसेसरसहितको स्टोरेज आपूर्ति गरेको, झुटा कागजात पेस गरेको र अस्वाभाविक मूल्य निर्धारण गरिएको पाइएको छ।
यसअघि पनि उनीमाथि चार वटा भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...