Page 13

एनपीएलको अनियमितता छानबिन गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनियमितताको छानबिन गर्न गठित कार्यदलले छानबिन प्रतिवेदन बुझाएको छ ।
आज कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएकी हुन् ।
एनपीएलको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि कार्यदल बनाएको थियो ।
कार्यदलले नेपाल क्रिकेट संघ क्यानलाई पठाएको पछिल्लो पत्रमा अनुसन्धान नटुंगिइ अर्को संस्करणको एनपीएल आयोजना नगर्न निर्देशन दिएको थियो ।
एनपीएलको पहिलो संस्करण २०८१ साल मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको थियो । तर पहिलो संस्करण भव्य रुपमा सफल भएपनि एनपीएलको आयोजनासँग जोडिएको विभिन्न विषयमा अनियमितता भएको र आर्थिक हिसावकिताव समेत सार्वजनिक नगरेको भन्दै अख्तियारसम्म उजुरी परेको छ ।

काठमाण्डौं महानगरपालिकाको बजेट आइतबार आउने

काठमाण्डौंं । काठमाण्डौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२, ८३ को बजेट आगामी असार २९ गते (आइतबार) आउने भएको छ ।
मेयर बालेन शाहले आइतबार दिनको दुई बजे नगरसभा बस्ने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।
४० औं बैठकमा स्वागत छ भन्दै बालेनले भने, ‘२४ वटा एजेन्डा भए पनि एउटा मात्रै राख्ने कुरा भएको छ। नगरसभा मिति तोक्ने सन्दर्भमा मिति असार २९ गते नगरसभा र त्यसै दिन ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी गराउन चाहन्छु। अन्य केही विषय नभएर बैठक समापन भएको घोषणा गर्न चाहन्छु।’
यसअघि बसेको राजश्व परामर्श समितिको बैठकले २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको थियो ।

 

काठमाडौंमा पनि खुल्यो करेन्ट पोइन्ट

काठमाडौं । नेपाली बजारमा हट एण्ड स्पाइसि नुडल्स सेग्मेन्टमा आफ्नो छुट्टै पहिचान बनाउन सफल करेन्ट नुडल्सको उत्पादक यसोदा फुड्सले आफ्नो लोकप्रिय आउटलेट ‘करेन्ट पोइन्ट’को नयाँ शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ ।
बुटवलमा रहेको करेन्ट पोइन्टको अपार सफलता र उपभोक्ताको निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले आज मिति २०८२ साल असार २७ गते शुक्रबारदेखि काठमाडौंको अनामनगरमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।
सिंहदरबारको विपरित दिसामा, न्यू प्लाजा जाने बाटोमा खोलिएको यस करेन्ट पोइन्टको उद्घाटन समारोहमा चर्चित अभिनेत्री तथा करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर केकी अधिकारीको पनि उपस्थिति रहेको थियो । उनको उपस्थितिमा ग्राहक तथा शुभचिन्तकहरुको उत्साहजनक भीड लागेको थियो ।
समारोहमा बोल्दै यसोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले बुटवलमा करेन्ट पोइन्टले पाएको माया र सफलताले आफूहरुलाई काठमाडौंमा शाखा विस्तार गर्न प्रेरित गरेको जनाए । उनले भने, ‘काठमाडौंका नुडल्स पारखीहरू, विशेषगरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि एउटा उत्कृष्ट गन्तव्य बनाउने हाम्रो लक्ष्य हो । हामी आशा गर्दछौं, करेन्ट पोइन्टले यहाँका उपभोक्ताहरूको स्वादको चाहनालाई अवश्य पूरा गर्नेछ ।’
उक्तसमारोहमा यसोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहज्यूले करेन्ट पोइन्ट र करेन्ट स्न्याक्स तथा नुडल्स रेन्जको बारेमा मिडियालाई विस्तृत जानकारी दिएका थिए । करेन्ट पोइन्टमा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछन् । यहाँ ग्राहकहरूले करेन्ट चाउचाउका यस्ता विभिन्न नयाँ परिकारहरूको स्वाद लिन पाउनेछन्, जुन उनीहरूले पहिले कहिल्यै चाखेका छैनन् ।
साथै, ग्राहकहरूले आफ्नो रुचिअनुसारको मसला र स्वाद पनि रोज्न सक्नेछन् । विशेष गरी युवापुस्तामाझ लोकप्रिय रहेको करेन्ट चाउचाउको यो नयाँ आउटलेटले काठमाडौंवासीलाई नौलो र डेलीस्यस स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
करेन्टका पारखीहरूले अब अनामनगरमा रहेको करेन्ट पोइन्टमा गई विभिन्न प्रकारका स्वादिष्ट र चट्पटा नुडल्सको मजा लिन सक्नेछन् ।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ ।
’करेन्ट’ बाहेक, कम्पनीले चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्स, तथा अन्य विभिन्न प्रकारका खाजाहरू (स्न्याक्स) पनि उत्पादन गर्दै आएको छ । स्थानीय नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा प्रस्तुत गर्नु यसोदा फुड्सको मुख्य विशेषता हो । आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली उत्पादनलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।

घर निर्माण कर्जा ३ करोड र धितो प्रवाह कर्जा २५ करोड पुर्‍याइने

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा बढाएको छ ।
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीति मार्फत घर निर्माण वा खरिद गर्न प्रवाह गरिने कर्जाको सीमा बढाएको जनाएका छन् ।
यस्तै, उनले दोस्रो वित्तीय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याइने पनि जनाए ।
उनले भने, ‘दोस्रो वित्तिय क्षेत्र रणनीति नेपाल सरकारबाट स्वीकृत भएपनि कार्यान्वयनमा ल्याइने छ । निजी आवासिय, घर निर्माण गर्न वा खरिद गर्न प्रवाह गरिने कर्जाको सिमा रु २ करोडबाट बढाएर, रु.३ करोड कायम गरिने छ । पहिलो घर निर्माण वा खरिद गर्दा यस्तो कर्जाको लागि कर्जा मूल्य अनुपात बढिमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढिमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने छ ।’
यसको साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने कर्जाको सिमा पनि बढाएको उनले जानकारी दिए ।
उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सिमा १५ करोडबाट बढाइ २५ करोड रूपैयाँ पुर्याइनेछ ।’
न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने पनि उनको भनाई छ ।
उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजिकरण गरि न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले बैंक तथा वित्तिय संस्थाहरुले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांक गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिने छ ।’

ब्याजदर थप घटाउने गभर्नरको सन्देश

काठमाडौं । ब्याजदर घटेर पुँजी पलायन हुने चिन्ता व्यक्त भइरहँदा गभर्नर डा. विश्वनाथ पौडेलले भने ब्याजदर थप घट्ने नीतिगत व्यवस्था गरेका छन् ।
गभर्नर पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको जस्तै भारित औसत अन्तरबैंक दर नीतिगत दरको नजिक रहेनगरी मौद्रिक लक्ष्य कायम गरेका छन् ।
यस्तै उनले ब्याजदरलाई निर्देशित गर्ने ब्याजदर करिडोरका सबै दरहरुलाई घटाउँदै ब्याजदर थप घटउने सन्देश दिएका छन् । उनले मुद्रास्फीति ५ प्रतिशत हुने अनुमान गर्दा नीतिगद दर घटाएर साढे ४ प्रतिशत कायम गरेका छन् । हाल ५ प्रतिशत रहेको नीतिगत दर ०.५ प्रतिशत बिनदुले घटाएर ४.५ प्रतिशत बनाएका छन् ।
यस्तै ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर पनि ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन दर३ प्रतिशतकाट घटाएर २.७५ प्रतिशत बनाएक छन् । यसले बजारमा थप ब्याजदर घटाउने सन्देश दिएको छ ।
अहिले नै कर्जाको भारित औसत ब्याजदर ऐतिहाँसिक रुपमा घटेर ७.९९ प्रतिशत र निक्षेपको औसत ब्याजदर ४.२९ प्रतिशतमा घटीसकेको अवस्था छ । ब्याजदर थप घट्ने मौद्रिक नीतिको सन्देशले पूाजी पलायन हुने आशंकलाई थप बल पुर्याएको छ । यस्तै गभर्नर विश्वनाथ पौडेलको वास्तविक ब्याजदर धनात्मक राख्ने घोषणामा समेत चुनौति ल्याउन सक्छ ।
नेपालको विगतदेखिकै ट्रेन्ड हेर्दा विगतदेखिकै औसत मुद्रास्फीति ५ प्रतिशतभन्दा माथि छ । पछिल्लो केही महिना मुद्रास्फीति घटे पनि नेपालको ट्रेन्ड्रले भने त्यसलाई सहयोग गर्दैन ।

ज्योति विकास बैंकद्वारा स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई ध्यानमा राख्दै काभ्रे जिल्लास्थित मंगलटार स्वास्थ्य चौकीमा नवजात शिशुको शारीरिक तापक्रमलाई सन्तुलनमा राख्न र हाइपोथर्मिया (अल्पताप) को जोखिमबाट जोगाउन आवश्यक बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्न उद्देश्यले बैंकले आफ्ना शाखा नहुने स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ । यो प्रयास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो ।
बैंकको पहलमा काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं ०९ स्थित मंगलटार स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको छ । हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत यो बेबी वार्मर सहित हालसम्म देशभर ६२ वटा बेबी वार्मर मेसिनहरू प्रदान गरिसकेको छ । यी उपकरणहरु मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । विशेष गरी ग्रामीण क्षेत्रमा हाइपोथर्मियाको दर उच्च रहेको र यसका कारण नवजात शिशुहरूको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई हृदयङ्गम गर्दै बैंकले उक्त मेसिन प्रदान गर्दै आएको छ ।
साथै हालसम्मको योगदानले करिब ११४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन् । यस्ता जीवन रक्षण गर्ने अत्युत्तम क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्‍याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ । यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु. ४० करोडले राजस्वमा योगदान पुर्‍याएको छ। साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड राजस्व स्वरूप बुझाइसकेको छ ।
बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

 

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको जनाउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

आज काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै

काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बस्ने गरी कार्यपालिका बैठक बस्न लागेको हो ।
महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन साहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ । बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज अपराह्न १२ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा सांसदहरू सुमित्रा विसी प्रस्तावक र उर्मिला अर्याल, कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने भएको छ ।
यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
त्यसैगरी, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

पहिरोमा बेपत्ता बालकको शव फेला

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ लुम्पीपारको पहिरोमा पुरिएर बेपत्ता भएका थप एक बालकको शव भेटिएको छ ।
घाँस काट्न पाखोबारीमा गएका मालिका–३ लुप्सीपारका १३ वर्षीय सरोज विकको शव आज भेटिएको हो । उनी बुधबार दिउँसो पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, जनप्रतिनिधि र स्थानीयवासीको संयुक्त टोलीले विकको शव फेला पारेका मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए ।
पहिरोमा पुरिएर सरोजका बुवा ३५ वर्षीय जगेन्द्र विकको पनि मृत्यु भएको थियो ।
घर नजिकैको पाखामा दिउँसो घाँस काट्ने क्रममा माथिबाट पहिरो खसेर उनीहरुलाई पुरेको प्रहरी निरीक्षक सागर पौडेलले जनाए ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...