काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७ औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
“आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली ”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेखेका छन् ।
कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए ।
पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव थिए । उनको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालप्रति उच्च सम्मान छ ः प्रधानमन्त्री
ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित चिनियाँ नागरिक पक्राउ
काठमाण्डौं । ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् ।
ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएको जनार्दनको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा गरेको ठहर भएकै जिकिर गरेका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसर पारेर सोमबार मार्क्सवादी अध्ययन केन्द्रले काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव शर्माले यस्तो जनाएका हुन् ।
उनले ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि देशको गरिबीको अवस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले यो प्रश्न इतिहासकै सबैभन्दा बलियो प्रश्न रहेको पनि जनाए ।
सम्बोधनको क्रममा उनले मनमोहन अधिकारी बाहेकका अन्य कम्युनिष्ट पार्टीका नेताले असुली धन्दा गरेको आरोप लगाए ।
‘प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन,’ उपमहासचिव शर्माले भने, ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरू कम्युनिष्ट नेताले असुली धन्दा गरैकै छन्,यो ठहर भएकै छ ।’
उनले यसलाई आरोप नभइ यथार्थको रुपमा बुझ्न पनि आग्रह गरे ।
‘आज यहाँसम्म आइपुग्दा सायद ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । ९ पटक कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा आज देशको गरिबीको अवस्था, बहुआयामिक गरिबीको जो अवस्था छ,’ उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातीमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’
उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।
‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९ ९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? वा के गर्यौं ? यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने ।
यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले जनाए ।
प्रधानमन्त्री ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीसँग भेटका लागि अध्यक्ष चेनसहितको टोली प्रधानमन्त्री निवास, बालुवाटारमा पुगेको थियो ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा कुुराकानी भएको जनाईएको छ ।
भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको उपस्थिति थियो ।
नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ ।
बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस ऋणपत्रमा साउन ९ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन २० गतेसम्म खुला रहनेछ ।जसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
सिद्धार्थ बैंकका ग्राहकलाई जावेद हबिब हेयर एण्ड ब्युटी सैलुनमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलून बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार, ठमेल, छायाँ सेन्टर, काठमाडौंस्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५५ छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो पहलबाट ग्राहकहरूलाई नगद कारोबारको सट्टा डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन हुने विश्वास बैंकले लिएको छ । साथै, डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै ग्राहकलाई सुविधाजनक सेवा प्रदान गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको बैंकले जनाएको छ ।
नेपाल लाइफ बन्यो आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ ।
आइक्यानले गत शुक्रबार आयोजना गरेको एक कार्यक्रमका बीच माननीय महालेखापरीक्षक तोयम रायाबाट सो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रुपमा ग्रहण गरेका हुन् । कम्पनीलाई जीवन बीमा तर्फको विधामा सिल्भर अवार्ड प्रदान गरिएको हो ।
जीवन बीमा समुहमा नेपाल लाइफ इन्स्योरेन्सको आ।व। २०८०÷८१ को वार्षिक वित्तीय प्रतिवेदन उत्कृष्ट रहेकोले सो अवार्ड प्रदान गरिएको हो । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स यो अवार्ड प्राप्त गर्ने पहिलो कम्पनी हो । यस अवार्डले यस कम्पनीको वित्तीय प्रतिवेदन उत्कृष्ट रहेको, खुलासाहरु पर्याप्त रहेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई शिरोधार्य गर्दै वित्तीय प्रतिवेदन तयार गरेको, वित्तीय पारदर्शिता जवाफदेहिता र संस्थागत सुशासन लाई मध्यनजर गर्दै चुस्त र दुरुस्त रुपमा कार्यसम्पादन गर्दै आएको झल्काउँदछ ।
यस अवसरमा कम्पनीका सीईओ पराजुलीले यो अवार्ड प्राप्त गर्दा गौरवान्वित भएको साथै यस बाट अझ राम्रो गर्दै जानुपर्ने जिम्मेवारी थपिएको जनाए । नेपाली जीवन बीमा उद्योगको करिब ३० प्रतिशत बजार हिस्सा ओगट्न सफल यस कम्पनीले सदैव वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो केन्द्रबिन्दुमा राख्दै कार्यसम्पादन गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।
प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनीहरु, नियामक निकायहरू तथा सहयोग गर्ने अन्य सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गरे ।
शेयर बजारमा ८०.९७ अंकको उछाल, २० अर्ब बढीको कारोबार
काठमाडौं । शेयर बजार निरन्तर बढिरहेको छ । यसैक्रममा आज शेयर बजारमा उछाल आउँदा २० अर्ब बढीको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८०.९७ अंकले बढेको छ । २.७९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २९७०.७० अंकमा उक्लिएको छ ।
बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । उत्पादनमूलक, जीवन बीमा र लघुवित्त समूह क्रमशः ४.६३, ४.३६ र ४.०७ प्रतिशतले बढेका छन् ।
आज ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २ सय २८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २ सय ९३.७६ रुपियाँ बराबरको कारोबार भएको हो ।
विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त र बिन्ध्यवासिनी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.९९, ९.९० र ९.७६ प्रतिशतले नाफा कमाएका छन् ।
त्यसैगरी लुम्बिनी विकास बैंकको ऋणपत्रका लगानीकर्ताले सबैभन्दा बढी ३.९४ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार ७ सय ४५.५० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ०.३२ अंकले बढ्दा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १ सय ३३.०२ रुपियाँ र हिजो सोमबार २१.७६ अंकले बजार बढ्दा १६ अर्ब ३२ करोड ७१ लख १५ हजार २ सय ३८.९९ रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।
स्वास्थ्य मन्त्रालयले सुरु गर्यो नागरिक आरोग्य कार्यक्रम
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ुनिरोगी नेपालु अभियानअन्तर्गत आयुर्वेद र प्राकृतिक चिकित्सामा आधारित नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहसम्म विस्तार गरिएको जनाएका छन्।
स्वास्थ्यमन्त्री बनेको वर्ष दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले योग, ध्यान, स्वस्थ जीवनशैली प्रवर्द्धनजस्ता कार्यक्रमहरूलाई स्थानीय सरकारसँगको समन्वयमा एकीकृत रूपमा सञ्चालन गरी शारीरिक तन्दुरुस्ती, सकारात्मक सोच र व्यक्तित्व विकासमा जोड दिइएको जानकारी दिए।
यसले नसर्ने रोगहरूको रोकथाममा महत्वपूर्ण योगदान पुर्याउँदै नागरिकलाई स्वस्थ र सन्तुलित जीवन जिउन प्रेरित गर्ने उनको विश्वास छ।
आयुर्वेद, योग तथा परम्परागत चिकित्सा पद्धतिको संरक्षण र विकास गर्ने नीति अनुरूप बूढानीलकण्ठमा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्र’ स्थापना गरी मिति २०८१ चैत्र २२ देखि सेवा प्रारम्भ गरिएको उनले जनाए।
यस केन्द्रले नागरिकलाई आयुर्वेद र योगमा आधारित विशिष्टीकृत पञ्चकर्म सेवा प्रदान गर्नेछ र यस क्षेत्रको अध्ययन–अनुसन्धानका लागि समेत महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्ने उनले जनाए।
जलनको उपचारलाई निःशुल्क गर्न ‘जलनको सघन उपचार सेवा विस्तार गर्नेसम्बन्धी कार्यविधि, २०८१’, क्यान्सर सेवा प्रदेशमा पुर्याउन ‘अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि, २०८१’ र डिजिटल स्वास्थ्यको जग बसाल्न ‘विद्युतीय चिकित्सा अभिलेख र दूर चिकित्सा सेवा एकीकृत कार्यविधि, २०८१’ जस्ता रूपान्तरणकारी दस्तावेजहरू जारी गरिएको मन्त्री पौडेलको भनाइ छ।
त्यस्तै उनले १८ वर्ष मुनिका किशोरीहरूको डिम्बको अवैध कारोबारमाथि छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै समिति बनाएको छ।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै थापाथलीस्थित प्रसुतिगृहमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
डा. बुढाथोकीका अनुसार उक्त छानबिन समितिको सदस्यहरूमा मन्त्रालय नीति योजना तथा अनुगमन शाखाकी डा. सुनिता लम्साल र मन्त्रालयकै कानून अधिकृत सुरेश चौलागाईँ रहेका छन्। समितिलाई अनुगमन गरेर प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।
‘अवैध डिम्ब कारोबार भएको खबर बाहिरिएपछि हामीले पनि छानबिन समिति बनाएका छौँ, हिजोबाट उक्त समितिका सदस्यहरूले पत्र बुझेर काम अगाडि बढाउनुभएको छ, अब उहाँहरूको प्रतिवेदन आएपछि थप कुरा थहा होला’, मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले भने।
यसअघि प्रहरीले किशोरीको डिम्ब कारोबार गरेको आरोपमा होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमा छापा मारेको थियो। प्रहरीले होप र्फिर्टलिटीबाट पाँच जनालाई नियन्त्रण लिएर छानबिन अघि बढाएको छ।
रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदारको दरखास्त आह्वान
काठमाडौं । रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका लागि दरखास्त आह्वान गरेको छ ।
रास्वपाले आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिले साउन ७ गतेदेखि २१ गतेसम्ममा दरखास्त दिन आह्वान गरेको हो ।
पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी अनलाइन दरखास्त दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।