Page 9

ज्योति विकास बैंक ‘आईएसओ २७००१ः ः २०२२’ प्रमाणपत्र प्राप्त गर्न सफल

काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१ः २०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।
यससँगै आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंक बनेको छ ।
अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो। यस उपलब्धिले ज्योति विकास बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको बैंकले जनाएको छ ।
बैंकले मोबाइल बैंकिङ्ग, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटि, मानव संशाधन , डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, अपरेशन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उच्चतम र गुणस्तरिय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले इन्टरसर्ट को यस सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो। यस सँगै ज्योति विकास बैंकको सूचना सुरक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको सर्टिफाइ भएको छ। साथै, आईएसओ २७००१ः२०२२ सर्टिफिकेशनले बैंकप्रति ग्राहकवर्ग थप विश्वस्त हुने आधार निर्माण गरेको बैंकले जनाएको छ।
आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नितिहरुलाई गहन परिक्षण गराउदैं उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको बैंकले जनाएको छ । इन्टरसर्टले यस विकास बैंकको सूचना सुरक्षा उपायहरुलाई प्राविधिक रुपमा बलियो, समसामयिक र जोखिम न्युन रहेको ठहर गर्दै उक्त सर्टिफिकेसन प्रदान गरेको बैंकले जनाएको छ । ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिँदै आएको छ ।
ग्राहकहरुको सुविधाको लागि डिजिटल बैंकिङ्गमा सक्रिय रुपमा नयाँ प्रविधिहरु विस्तार गरिरहेको यस विकास बैंकले सूचना सुरक्षा, साइबर जोखिम विरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक निति तथा नियामक निकायहरुको व्यवस्था अनुपालनमा कुनै सम्झौता नगरी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सानिमा बैंकको दराजसंग महाबचत बजार योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् रु ७५० सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउन मन्त्री पौडेलको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित बनाउने अभियानमा लाग्न आह्वान अनुरोध छन्।
बुधबार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्।
उनले लार्भा उत्पादन हुने आधारहरुलाई नष्ट गर्न सरसफाई अभियान सुरु गर्न आग्रह गरे। साउन, भदौ, असोज र कार्तिक महिनामा डेंगीको सङ्क्रमण उच्च हुने भन्दै यी ४ महिनामा कुनैपनि निर्माणको काम नगर्न, निर्माणका सामग्रीहरु जताततै नफाल्न, खाल्डो नखन्न, पानी जम्ने खाल्डोहरु पुर्न र फालिएका टायरहरू व्यवस्थापन गर्न आग्रह गरे।
सरकारी कार्यालयहरू जोगाउन सके दर्जनौँ मानिसहरूलाई डेंगुबाट जोगाउन सकिने जनाए। डेंगुबारे सचेतना अभियान फैलाउनसके डेंगी फैलिनबाट रोक्न सकिने जनाए।
मन्त्री पौडेलले डेंगुबाट जोगिन आफू बसेको ठाउँलाई लार्भारहित बनाउन आग्रह गरे। आफूले आफूलाई सुरक्षा गर्नसके मात्रै अरुलाई सहयोग गर्न सकिने जनाए। उनले सरकारी कार्यालयहरू सबै लार्भा नष्ट अभियानमा सक्रिय हुनुपर्ने जनाए। हरेक शुक्रवार (साउन, भदौ, असोज र कार्तिक महिना) प्रभावकारी रूपमा सरसफाइमा लाग्न आग्रह गरे।

नवनियुक्त मन्त्री न्यौपानेद्वारा शपथ ग्रहण

काठमाण्डौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
बुधबार शीतलनिवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट न्यौपानेले शपथ ग्रहण गरेकी हुन् ।
घुस सम्बन्धी कुराकानी गरेको अडियो प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले राजीनामा दिएपछि मन्त्री पद रिक्त भएको थियो । रिक्त मन्त्री पदमा मंगलबार न्यौपानेलाई नियुक्त गरिएको थियो ।

 

काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२, ०८३ को बजेट पारित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२, ८३ को लागि रु २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट पारित भएको हो । असार २९ गते बसेको १७ औं नगरसभाको पहिलो बैठकमा उपप्रमुख सुनिता डंगोलले बजेट पेस गरेकी थिइन्।
२५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी सो रकमको अनुमानित बजेट सार्वजनिक भएको थियो।
यसअघि महानगरपालिकाले आर्थिक वर्ष २०८१, ०८२ का लागि २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो ।

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१, ८२ मा ७ वटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ ।
बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्पmत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्रदान गर्ने कार्य गरेको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।
यसबाट बैंकिङ प्रणाली मजवुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव असाएहरुको लागि संचालित संस्थाहरुमा सहयोगहरु गरिसकेका जनाएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको विज्ञप्ति मार्फत जनाएको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बेटर नेपाल संस्थालाई पाँच लाख सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय संचालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले संचालन गरेको बाल सारथीले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै आएको छ ।
बुधबार बाल सारथीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बालसारथी संस्था संचालन गर्ने बेटर नेपालकी अध्यक्ष डा। माला खरेललाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गन सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसैगरी बेटर नेपालकी अध्यक्ष डा। माला खरेलले अनाथ तथा अति विपन्न वर्गका विद्यार्थीहरुको पढाइलाई संस्थाले व्यहोरे पनि सो खर्चको स्रोत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स जस्ता सहयोग संस्थाहरु र मनकारी व्यक्तिहरुको सहयोगले गर्दा नै निरन्तरता दिन सकिएकाले धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्य सम्झना अर्याल (अस्मिता सुमार्गी), सुसन शेरचन, भावना बलायर, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, नायब महाप्रबन्धक सोन बहादुर मगर, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं बेटर नेपालका तर्फबाट कमला वली, आत्माराम पाण्डे, लगायतको उपस्थिति रहेको थियो ।

बिहीबारबाट आईएमई पे र खल्तीबीच एकिकृत कारोबार हुने

काठमाडौं । आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर बनेको ‘आईएमई खल्ती लिमिटेड’को एकिकृत कारोबार बिहीबारबाट हुने भएको छ ।
दुई कम्पनी एक आपसमा मर्ज भएर ‘आईएमई खल्ती लिमिटेड’ बनेसँगै बिहीबारबाट एकिकृत कारोबार सुरु हुने भएको हो । नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रुपमा कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरु आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड एक आपसमा मर्ज भएका थिए ।
दुई संस्था मर्ज भएर साविकका संस्थाहरुको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी नेपाल राष्ट्र बैंकले गाभ्न र गाभिनका लागि स्वीकृति प्रदान गरिसकेको छ ।
अब दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार बिहीबारबाट एकीकृत रुपमा आईएमई खल्ती लिमिटेडको नामबाट सञ्चालन भुक्तानी तथा फछ्यौट हुनेछ ।

नेपाल लाइफद्वारा रु १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा दस अर्ब रुपियाँ प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक समिति, बीमा गर्ने बीमित, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ता, कम्पनीका कर्मचारी, शेयरधनी, नियामक निकायसहित सबैलाई धन्यवाद दिएका छन् ।
नेपाल लाइफले आफूहरुले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको जनाउँदै आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको जनाएको छ ।
कम्पनीले प्रविधिमैत्री प्रणालीहरूको अधिकतम् प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका नवीन प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कटिबद्ध रहेको जनाएको छ ।

केन्द्रीय कमिटीको निर्णय अनुसार महाधिवेशनमा उपस्थित हुने विद्यादेवीको धारणा

काठमाडौं । पूर्वराष्ट्रपति एवम् नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएकी नेतृ विद्यादेवी भण्डारीले आफू पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार नै महाधिवेशनमा उपस्थित हुने धारणा व्यक्त गरेकी छिन् ।
मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा भण्डारीले आफ्नो उपस्थिति केन्द्रीय कमिटीको निर्णयमा भर पर्ने जनाएकी हुन्।
उनले भनिन्, ‘मेरो उपस्थिति उहाँहरुले कसरी गराउनु हुन्छ ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ।’

लेटेष्ट समाचार

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य...

नेपालले आज युएईविरुद्ध टी–२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै

काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ। नेपाल र यूएईबीचको वार्म अप खेल...

झापा–५ मा बालेनको चुनावी अभियान तीव्र

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिखेर झापामा छन्। निर्वाचन नजिकिँदै जाँदा उनले झापा–५ मा चुनावी प्रचारप्रसार तीव्र बनाएका...