Page 13

मेटाले नेपाल सरकारसँग माग्यो कम्पनी दर्ता गर्न आवश्यक कागजात

काठमाडौं । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेका हुन् ।
‘पौने ५ बजे मेटाका कोही प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई इमेल गरेर दर्ता हुनका लागि आवश्यक कागजातको विवरण माग्नुभएको रहेछ,’ उनले भने, ’हामीले त्यसको ५ मिनेटभित्रै सामाजिक सञ्जाल प्ल्याटफर्म दर्ता हुन आवश्यक पर्ने कागजातको विवरणबारे जानकारी दिंदै इमेल गरेका छौं ।’
सरकारले क्रमशः लागू हुनेगरी सूचीकृत नभएका सामाजिक सञ्जालहरू चल्न रोक लगाउने निर्णय गरेको छ ।
यो सँगै सामाजिक सञ्जाल यतिबेला तरंगित बनेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीहरूलाई २६ वटा सञ्जाल चल्न रोक लगाउन पत्राचार समेत गरिसकेको छ ।

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा छुट

काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्ने भएका छन् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागिएको हो ।
सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि, इसिजि, इको, एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी÷परिवार र ग्राहकले ५५ देखि १५प्रतिशतसम्म छुट पाउने छन् ।
सम्झौताले बैंक कर्मचारी, परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरे ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।
बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रभु बैंक र ल्यान्डमार्क होटेलबीच छुट दिने सम्झौता

काठमाडौं । दरबार मार्ग, काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैँकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा अमृत ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।
ल्यान्डमार्क होटेल तथा रिसोट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ, तनहुँ र भैरहवा लगायत शाखासँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेष छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।
ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखा मार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
नेपालभर ३१२ शाखा कार्यालयहरु, २५६ एटीएम साथै ४८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड मार्फत टुर प्याकेज खरिद गर्न सकिने योजनाको सुरुवात

काठमाडौं । महालक्ष्मी विकास बैंकले आगामी चाडपर्वहरुलाई लक्षित गर्दै बैंकको क्रेडिट कार्ड प्रयोग गरी सहज र सुरक्षित तरिकाले टुर तथा भ्रमण प्याकेज खरिद गर्न सकिने सुविधाको सुरुवात गरेको छ । चाडपर्वहरुमा नेपालीहरु विभिन्न देशहरु घुम्न जाने प्रचलनलाई मध्यनजर गर्दै बैंकले यो योजनाको सुरुवात गरेको हो ।
सो अन्तर्गत बैंकले विभिन्न प्रतिष्ठित ट्राभल एजेन्सीहरुसँग व्यवसायिक सहकार्यको लागि सम्झौता समेत गरिसकेको छ । प्रारम्भिक चरणमा पर्यटकहरुले गुरु ट्रभाल्स लि., दरबारमार्ग र रिसेन्ट एण्ड रिदम टुर्स एण्ड ट्राभल्स, उत्तरढोका, काठमाण्डौं मार्फत यो सुविधा लिन सक्नेछन् ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका क्रेडिट कार्ड वाहकहरुले ट्राभल एजेन्सी मार्फत विभिन्न टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्नेछन् ।
साथै आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
आफुले खरिद गरेको टुर प्याकेजको बिल पेश गरे पश्चात महालक्ष्मी विकास बैंकले सहज रुपमा नै सो कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ र यसरी मासिक किस्तामा परिवर्तन गर्दा बैंकले ईएमआई प्रोसेसिङ शुल्क लिने छैन । यस कार्यको सुरुवातसँगै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र चाडपर्वहरुलाई थप उत्साहमय र अर्थपुर्ण बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रहरीको निर्देशन– बिहान खोक्ने, खकार्ने, राति अबेर र बिहान सबेरै प्रेसर कुकरको सिठ्ठी नलगाउनू

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ अन्तर्गत दैनिक जीवनमा हुने सानो सानो अव्यवस्था हटाउन निर्देशन दिएको छ।
प्रहरीका अनुसार, बिहान जोरजोरले खोक्ने वा खकार्ने, बिहान सबेरै वा राति अबेर प्रेसर कुकरको सिठ्ठी बजाउने, मध्यरातमा ध्वनि प्रदूषण हुने गरी संगीत बजाउने, तथा उच्च आवाजमा मोटरसाइकल चलाउने जस्ता कार्यले छिमेकीलाई असुविधा पुर्‍याउने भएकाले रोक्न आग्रह गरिएको हो।
त्यस्तै, घरायसी सरसफाइमा समेत ध्यान दिनुपर्ने भन्दै शौचालय प्रयोगपछि अनिवार्य फ्लस गर्न, पसल वरिपरिको फोहर व्यवस्थापन गर्न, समाजिक तथा सांस्कृतिक कार्यक्रम सीमित आवाजमा गर्न, र सार्वजनिक स्थलगत गतिविधिमा नियम पालना गर्न प्रहरीले सबैलाई आह्वान गरेको छ।
प्रहरीले साना साना बानी परिवर्तनमार्फतै छिमेकीसँगको सम्बन्ध मजबुत हुने र शहरलाई शान्त, व्यवस्थित बनाउन सकिने जनाएको छ।

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले स्थायी कमिटी बैठकमा भएका छलफलबारे निर्णय गर्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
“बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय गर्ने तयारी छ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगा लाग्न बाँकी विषयमा टुंगो लगाइनेछ,” उनले भने ।
सापकोटाका अनुसार, एकतामा आएका दलका नेताहरूको कार्यविभाजनबारे पनि पदाधिकारी बैठकले निर्णय गर्नेछ ।
यसअघि, माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा एकता भएको थियो ।
बैठकमा पार्टीभित्र देखिएको अन्तरविरोध र समाधानका विषयमा पनि छलफल हुनेछ ।
यसअघि, माओवादीको स्थायी कमिटी बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिव पोखरेलको संकेत

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गरेका हुन् । उनले सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिसमा जुट्न आग्रह पनि गरे ।
महासचिव पोखरेलले लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’
सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ ।

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी​

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग साझेदारी गरेको छ ।
यस साझेदारीमार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्, जसले बैंकका आफ्ना ग्राहक तथा कर्मचारीको बसाइ अझ किफायती र सहज हुने बैंकले जनाएको हो ।
साथै, बैंकका आफ्ना ग्राहक तथा कर्मचारीले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेड अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था युरोमनी लिमिटेडद्वारा सिङ्गापुरमा आयोजित युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत प्रभु बैंकलाई ‘नेपाल्स बेस्ट डिजिटल बैंक फर एसएमईएस’को अवार्डबाट सम्मानित गरिएको हो ।
सिङ्गापुरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए ।
यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ को सम्मान पाएको थियो ।
युरोमनि एक्सिलेन्स अवार्डअन्तर्गत प्राप्त यस उपाधिले साना तथा मझौला उद्यम (एसएमईएस) लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको बैंकले जनाएको छ ।
प्रभु बैंकले नवीन प्रविधिको प्रयोग गर्दै ग्राहक केन्द्रित डिजिटल समाधानहरू उपलब्ध गराइ देशभरका लघु तथा मझौला व्यवसायहरूलाई सरल, सुरक्षित र छरितो बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो केही वर्षयता बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, व्यवसायिक भुक्तानी समाधान, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श सेवा जस्ता अत्याधुनिक सेवाहरूको माध्यमबाट एसएमई बैंकिङमा उल्लेखनीय प्रगति गरेको छ । यी सेवाहरूले साना तथा मझौला व्यवसायहरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा प्रभावकारी सहयोग पुर्‍याएका छन् ।
प्रभु बैंकले आफ्नो सेवा रणनीतिमा एसएमईएसलाई विशेष प्राथमिकता दिँदै ग्राहकको आवश्यकताअनुसार अनुकूलित डिजिटल सेवा विकास तथा विस्तारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । यही प्रतिबद्धता र कार्यान्वयनले गर्दा बैंकले अन्तर्राष्ट्रिय समुदायबाट सम्मान प्राप्त गर्ने अवसर पाएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले यो उपलब्धि केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जित भएको जनाए । डिजिटल वित्तीय पहुँचमार्फत साना व्यवसायहरूलाई सशक्त बनाउने अभियानमा प्रभु बैंक अझ प्रभावकारी योजना ल्याउने प्रतिबद्धतासहित अघि बढ्ने उल्लेख गर्दै यसले थप जिम्मेवारीसहित साना तथा मझौला उद्यमीहरूलाई प्रेरित गर्ने हौसला प्रदान गरेको उनले जनाए ।
प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएममार्फत आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ ।

 

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
मंगलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लाहरुमासमेत अनुभव गरिएको थियो ।
मंगलबार बिहान ६ः१५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो भने दिउँसो ३ः१३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...