Page 8

काठमाण्डौंको सडकमा चहलपहल बढ्दै, जनजीवन सहज बन्दै

काठमाण्डौं । जेन जीको आन्दोलनपछि ठप्प बनेको काठमाण्डौं उपत्यकाको जनजीवन क्रमशः लयमा आउन थालेको छ ।
शुक्रबार बिहानैदेखि उपत्यकाका सडकमा चहलपहल बढेको छ । बिहान ११ बजेसम्म समूहमा बाहेक आवतजावत खुला गरिएपछि बिहानैदेखि चहलपहल देखिएको हो । दूध, तरकारी, पानी बोक्ने गाडीदेखि निजी गाडीहरू समेत सडकमा देखिएका छन् ।
जेन जीको नेतृत्वमा देशभर भएको प्रदर्शन हिंसात्मक भई अकल्पनीय जनधनको क्षतिसँगै लगभग नियन्त्रणबाहिर पुगेको सुरक्षा अवस्था बिस्तारै लयमा फर्किन थालेको छ ।
सेनाले जारी गरेको सूचनाअनुसार शुक्रबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी रहने छ । तर, त्यसअघि र पछिका केही घण्टा भने दैनिक जीवनयापन सहजीकरणका लागि खुला गरिएको छ ।
यस्तै अन्य जिल्ला र शहरहरुमा पनि जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

सुनको मूल्य प्रतितोला १६ सय बढ्यो, २ लाख १५ हजार ८ सयमा कारोबार

काठमाडौं । शुुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १६ सय र चादी प्रतितोला ६० रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख १५ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २ हजार ५ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

अन्तरिम सरकार गठनबारे छलफल केही घण्टा पछि सर्‍यो

काठमाडौ । अन्तरिम सरकार गठनका लागि राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले केही घण्टाका लागि समय सारिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, संविधानविद्हरुको उपस्थितिमा बिहीबार दिनभर र रातभर लामो छलफल गरेका थिए ।
संसद विघटन नगरी अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको जनाईएको छ । यसअघि आन्दोलनरत पक्ष जेनजीले पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।

 

नेपाली सेनाको अनुरोध–भ्रामक र झुट्टा समाचारमा विश्वास नगरौं

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमा सेनालाई जोडेर गरिएका कतिपय झुट्टा प्रचारहरूलाई विश्वास नगर्न आग्रह गरेको छ ।
शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै सेनाले भनेको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै आएको छ ।’
सेनाले अगाडि थपेको छ, ‘तसर्थ, भ्रामक र झुट्टा समाचारहरूमा विश्वास नगर्न आम सर्वसाधारणाहरूमा नेपाली सेना आग्रह गर्दछ ।’
विहीबार साँझदेखि रातिसम्म सामाजिक सञ्जालमा सेनाको सक्रियताबारे अनेकौं हल्लाहरू फैलिएका थिए । त्यसैको प्रतिवाद गर्दै सेनाले सूचना आदानप्रदान गर्न पृतना हेडक्वार्टरहरूसँग समन्वय गर्न भन्दै सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ ।

जेनजी आन्दोलनमा परि ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

काठमाण्डौं । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीले सुरु गरेको आन्दोलन चर्किंदै जाँदा मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३४ जनाले ज्यान गुमाएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालसम्म १ हजार ३६८ जना घाइते भएका छन्। तीमध्ये ३२१ जना अझै उपचाररत छन् भने ९४९ जनालाई डिस्चार्ज गरिएको छ।
काठमाडौंको सिभिल अस्पतालमा ६, राष्ट्रिय ट्रमा सेन्टरमा ८, भेरी अस्पतालमा ५, एभरेष्ट र फ्रन्टलाइन अस्पतालमा ३–३, केएमसी र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २–२, बयोधा अस्पतालमा २ तथा त्रिवि शिक्षण, इलाम र बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनकारीहरूले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच भीषण झडप भएको थियो। प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। त्यही क्रममा धेरै घाइते भएका र केहीको बाटैमा तथा अस्पतालमा उपचारका क्रममा निधन भएको जनाईएको छ।

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल भ्वाइस, एसएमएस र इन्टरनेट सेवाको समयावधि बढाएको छ ।
एनसेलका ग्राहकले निःशुल्क सेवाहरुको फाइदा शुक्रबारसम्म लिन पाउने भएका हुन् । हालको विषम परिस्थितीमा आम उपभोक्तालाई देश, विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्न सहजता प्रदान गर्ने उद्देश्यले सेवाहरु एनसेलले मंगलबारबाट दुई दिनका लागि निःशुल्क प्रदान गर्न थालेको थियो ।
एनसेलले आज बिहीबार आफ्नो आधिकारिक फेसबुक पेज मार्फत यी सेवाहरु १ दिन थप गरिएको जानकारी गराएको हो। एनसेलको यो सुविधा अन्तर्गत ग्राहकहरुले बिना कुनै शुल्क लोकल भ्वाइस कल (एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा पाउँदै आएका छन् ।

 

हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा दुई हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 

उपत्यकामा खुले बैंकहरुको सीमित शाखा, मोफसलमा प्रशासनको सुरक्षाका आधारमा सेवा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सुवा सुरु गरेका छन् । काठमाडौं उपत्यकामा केही सिमित शाखा कार्यालय र उपत्यका बाहिर स्थानीय प्रशासनले दिनसक्ने सुरक्षा समेतका आधारमा बैंकिङ सेवा सुरु भएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन समेतको आधारमा बिहीबार सिमित शाखाहरु मार्फत सेवा सुरु गरेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जनाए । ‘बैंकको फ्रन्टमा देखिने केही कर्मचारीहरु कार्यालय आएर सेवा सुरु भएको छ । ब्याक अफिसमा काम गर्ने कर्मचारीहरुलाई घरबाट नै काम गर्ने व्यवस्था मिलाइएको छ,’ बैकर्स संघका अध्यक्ष कोइरालाले भने, ‘केही दिनदेखि रोकिएको क्लियरिङ, रेमिट्यान्स लगायका सेवा सुचारु भएको छ । अत्यावश्यक सेवाका लागि बैंकमा आउनेलाई सेवा सदिन सुरु भएको छ।’
उनले काठमाडौं उपत्यकमा केही शाखा कार्यलयहरु खुलेका जनाए । त्यस्तै उपत्यका बाहिर स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वयन गरेर सुरक्षित रुपमा सेवा दिन भनिएको उनले जनाए । स्थानीय प्रशासनले सुरक्षा दिने भनेको स्थानमा बैंकिङ सेवा सुरु हुने उनले जनाए ।
कर्मचारीलाई बिहान १० बजेट कार्यालय पुगिसक्न र बेलुका ५ देखि ७ बजेको समयमा घर फर्कर्ने गरी व्यवस्था गर्न भनिएको उनले जनाए । बैंकहरुको सेवा भने बिहान १० बजेदेखि दिउँसो २ बजेसमम सुचारु रहने उनले जनाए । डिजिटल बैंकिङ सेवामा भने कुनै समस्या नरहेको अध्यक्ष कोइरालाले जनाए ।
नेपाली सेनाले पनि बैकिङ सेवालाई अत्यावश्यक सेवाका रुपमा राख्दै उनीहरुलाई आफ्नो परिचयपत्रको आधारमा कार्यालय आउजाउ गर्नसक्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले पनि नेपाली सेनाले जारी गरेको विज्ञप्ति समेतको आधारमा बैंकिङ सेवा सुरु गर्न निर्देशन दिएको थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा दिन आग्रह गरेको छ । ‘नेपाली सेनाको मिति भदौ २५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न हो,’ नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ ।
अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा गर्न आग्रह गरेको छ । सन्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले एक सूचना मार्फत आग्रह गरेको छ ।

 

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रूपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।
यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रूपैयाँ ४० पैसा र बिक्रीदर १९१ रूपैयाँ २२ पैसा, स्विस फ््रयाङ्क एकको खरिददर १७६ रूपैयाँ ३० पैसा र बिक्रीदर १७७ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रूपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रूपैयाँ ६१ पैसा र बिक्रीदर ११० रूपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५४ पैसा र बिक्रीदर नौ रूपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ७५ पैसा र बिक्रीदर १९ रूपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ५० पैसा र बिक्रीदर ३७ रूपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ४३ पैसा र बिक्रीदर चार रूपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रूपैयाँ ४८ पैसामा विनिमय हुनेछ ।
साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १३ पैसा र बिक्रीदर १० रूपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १५ रूपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०४ पैसा र बिक्रीदर २२ रूपैयाँ १४ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ०६ पैसा र बिक्रीदर १८ रूपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रूपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रूपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रूपैयाँ ९२ पैसा रहेको छ ।
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

 

काठमाण्डौंमा एउटै पासोमा झुण्डिएको अवस्थामा महिला–पुरुषको शव फेला

काठमाण्डौं । राजधानीको तीनकुनेमा दुई जना मृत भेटिएका छन्। करिब ३० देखि ३५ वर्ष उमेरका एक पुरुष र एक महिला एउटै पासोमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
हाल प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउने कार्य अगाडि बढाएको छ। मृतकको परिचय भने अहिलेसम्म खुल्न नसकेको नयाँ बानेश्वर प्रहरी वृत्तका डीएसपी हरि खतिवडाले जानकारी दिए ।

 

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...