Page 5

कांग्रेसले भन्यो, सुकुम्बासीमाथि बल प्रयोग गर्नु शासकको अपरिपक्व र अविवेकी शैली

काठमाण्डौं । नेपाली कांग्रेसले सुकुम्बासी बल प्रयोग नगरी दीर्घकालीन समाधान खोज्नुपर्ने जनाएको छ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासीमाथि बल प्रयोग नगर्न सरकारसँग आग्रह गरेको हो। यसको दीर्घकालनी समाधान खोज्नुपर्ने जनाएको छ।
बैठकपछि कांग्रेस प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै एक दल वा समूहको मात्र होइन, समग्र राष्ट्रको साझा समस्या हो, जसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनु अनिवार्य छ।’
अदालतबाट भएका आदेशहरू तथा विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मान्दै सरकार अघि बढ्नुपर्ने कांग्रेसको भनाइ छ। ‘बल प्रयोगभन्दा अघि समाधानको विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अवलम्बन गरिनु आवश्यक छ,’ कांग्रेसलदे भनेको छ, ‘सबैभन्दा पहिले, वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गरिनुपर्दछ।’
सुकुम्बासीलाई जग्गा र आवासको उपलब्ध गराउनु सरकारको दायित्व भएको कांग्रेसले स्मरण गारएको छ। ‘वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र होइन, यो उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य हो,’ कांग्रेसले भनेको छ, ‘यो गरेपछि सुकुम्बासीको नाममा गलत फाइदा लिइरहेकाहरूलाई कानुन बमोजिम व्यवहार गर्ने बाटो खुल्छ।’
अहिले सुकुम्बासीमाथि सरकारले बल प्रयोग गर्न खोजेकोमा कांग्रेसले आपत्ति जनाएको छ। यसको न्यायपूर्ण दृष्टिकोणले समाधान खोज्नुपर्ने जनाएको छ।
‘आफ्नो दायित्व निर्वाह नगरी बल प्रयोग मार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली हो,’ कांग्रेसले भनेको छ, ‘त्यसैले सरकारसँग हाम्रो स्पष्ट आग्रह छ, संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ यस समस्याको दिगो समाधानतर्फ अग्रसर होस्।’

 

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका छन्।
पूर्वमन्त्रीसमेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेको हो। निर्माण व्यवसायी समेत रहेका पाण्डे कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन्।
सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का हेरफेर गरेको प्रकरणमा उनी पक्राउ परेका हुन् । यो प्रकरणमा यसअघि ६ जना पक्राउ परेका थिए ।

तेस्रो त्रैमासमा सानिमा बैंकको नाफामा उल्लेख्य वृद्धि

काठमाडौं । तेस्रो त्रैमासमा सानिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । शुक्रबारमा जारी गरिएको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको यही समयको तुलनामा नाफामा उल्लेख्य सुधार देखिएको हो ।
यस अवधिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ६५ करोड रुपैयाँको तुलनामा ४२.२३ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्यरूपमा बढेको छ। अघिल्लो वर्षको ४ अर्ब २८ करोड रुपैयाँबाट बढेर यस वर्ष ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन आम्दानी छ अर्ब चार करोडबाट उक्लिँदै सात अर्ब २७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ अर्ब २५ करोडबाट वृद्धि भएर तीन अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य प्रति सेयर आम्दानी १८.५७ रुपैयाँ कायम भएको छ। यस अवधिमा प्रति सेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १७९.५५ रुपैयाँ पुगेको छ।
योसँगै सानिमा तेस्रो त्रैमासको वित्तीय विवरण बुझाउने पहिलो वाणिज्य बैंक बनेको छ ।

ग्राहकको गोपनीयता भंग गरेका छैनौंः नबिल बैंक

काठमाडौं । केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी चुहावट गरेको भन्ने समाचार आधारहीन तथा प्रमाणविहीन भएको जनाइएको छ ।
बैंकले आज विज्ञप्ति प्रकाशित गरी यस्तो समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
‘यस्ता भ्रामक सूचनाले जनमानसमा बैंकिङ सेवाप्रतिको विश्वासलाई प्रभावित पार्ने प्रयास गरेको देखिएकाले बैंक यस किसिमको भ्रमपूर्ण तथा प्रमाणविहीन सम्प्रेषणको स्पष्ट रूपमा खण्डन गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

युनाईटेड अजोड इन्स्योरेन्सको सिईओमा नारायण कुमार भट्टराई नियुक्त

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको बैशाख १० गते बसेको संचालक समितिको बैठकले इन्स्योरेन्सको प्रमुखकार्यकारी अधिकृत(सिईओ) मा नारायण कुमार भट्टराई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सिईओ रुपमा काम गरिसकेको अनुभव भट्टराईको रहेको छ।

एनएमबि बैंकले कमर्ज बैंक जर्मनीबाट पायो ‘एसटीपी अवार्ड’

काठमाडौँ । एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय संस्था स्थानान्तरणमा उत्कृष्ट गुणस्तर र दक्षता प्रदर्शन गरेबापत कमर्ज बैंक एजी, जर्मनीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ ।
यो अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मान हो । यो अवार्ड पूर्ण रूपमा स्वचालित र सरल ढंगले अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रधान गर्ने सीमित बैंकहरू मात्र प्रदान गरिन्छ । यसले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा द्रुत र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता झल्काउँदछ ।
यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे भन्छन्– “हाम्रा ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने हाम्रो निरन्तर प्रयासको यो उपलब्धि हो । उच्च मापदण्ड कायम राख्दै हामी छिटो र सुरक्षित सेवा प्रदान गर्न प्रतिबद्ध छौँ ।”
यस उपलब्धिले एनएमबि बैंकलाई व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एक विश्वसनीय साझेदारका रूपमा थप सुदृढ बनाएको छ ।
बैंकले हाल देशभरी १९८ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

भोलि काठमाण्डौंका सुकुम्बासी बस्ती खालि गरिने

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न माइकिङ गरेको छ। बिहीबार साँझ महानगरको टोलीले शुक्रबार नै बस्ती खाली गर्न अल्टिमेटमसहितको माइकिङ गरेको हो।
महानगर प्रहरीका अनुसार थापाथली, मनोहरा र सिनामंगल क्षेत्रमा बस्ती खाली गर्न माइकिङ गरिएको हो ।
आफैले ठाँउ खाली नगरे शनिबार बस्ती खाली गरिने र अटेर गर्नेले भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैं हुनुपर्ने चेतावनी दिएको छ।
माइकिङमा अवैध रूपमा बनाइएका घर–टहराहरू वैशाख ११ गते साँझ ७ बजेभित्र खाली गर्न, घर–टहरामा भएका आफ्ना सरसामान, लत्ता कपडा, घरपालुवा, पशुपन्क्षी सुरक्षित स्थानमा तत्काल सार्ने व्यवस्था गर्न भनिएको छ।
यस्तै घर–टहराहरूमा बसोबास गर्ने अपांगता भएका, साना बालबालिका, गर्भवती, सुत्केरी, वृद्धवृद्धा एवं बिरामीहरूलाई प्राथमिकता दिई अन्यत्र सार्नू। यसका लागि काठमाण्डौं महानगरीय प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समेत मद्दत लिनू भनिएको छ ।
वैशाख १२ गते बिहान ६ बजेदेखि घर–टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिनेछ। यो काममा बाधा पुर्‍याएमा कानुन बमोजिम कारबाही गरिने माइकिङ मार्फत भनिएको छ।
१० देखि १५ दिनभित्रै यकिन भएका वास्तविक भूमिहीनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी छ।
सुकुम्बासी बस्ती खाली गर्न प्रधानमन्त्री बालेन शाहको निर्देशन जारी भइसकेको छ। यसका लागि आवश्यक प्रहरी बल तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

आज २० औं लोकतन्त्र दिवस देशभर मनाइँदै

काठमाडौं । २० औं लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो । यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो ।
संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो ।
२०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन हातमा लिएपछि सात दल र तत्कालीन नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो, जसले जनआन्दोलनलाई निर्णायक बनायो ।
लाखौं जनता सडकमा उत्रिएपछि वैशाख ११ गते संसद् पुनर्स्थापना भयो । त्यसपछि २०६५ जेठ १५ गते संविधानसभाले २४० वर्षे राजसंस्थाको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो ।
यसैले वैशाख ११ लाई गणतन्त्रको आधारशिला र जनअधिकारको विजय दिवसका रूपमा स्मरण गरिन्छ ।

कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका निम्ति आज (वैशाख ११) निर्वाचन हुँदै छ । दलको नेता चयन प्रक्रिया सञ्चालनका लागि गठन गरिएको समितिले बिहीबार निर्वाचन तालिका हेरफेर गरेको छ ।
निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४ः३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने तालिका तय गरिएको छ ।
प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसलाई दलको नेता टुंगो लगाउन सकस भएको छ । धेरैले आकांक्षा राखेपछि सर्वसम्मतको प्रयास भइरहेको सांसद बासना थापाले जनाईन ।
कांग्रेसको संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाको नाम चर्चामा छ ।

यामलको निर्णायक गोलमा बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा सेल्टा भिगोविरुद्ध १–० को कठिन जित निकालेको छ ।
बुधबार बार्सिलोनालाई घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा जित दिलाउन लामिन यामल निर्णायक बने । यामलले दिलाएको अग्रतालाई नै अन्तिम समयसम्म जोगाउँदै बार्सिलोनाले जित हासिल गरेको हो ।
जितसँगै बार्सिलोनाले तालिकामा ८२ अंक जोडेको छ । बार्सिलोनाले ३२ खेल खेल्दा २७ जित, एक बराबरी र चार हारसहित यो नतिजा आत्मसाथ गरेको हो ।
पराजित भिगो भने हारसँगै ४४ अंकका साथ तालिकाको सातौँ स्थानमा सीमित छ ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...