Page 6

अहिलेको परिस्थितिमा होर्मुज जलमार्ग खुल्दैन ः इरान

काठमाडौं । इरानले हालको परिस्थितिमा होर्मुजको जलमार्ग नखोलिने जनाएको छ ।
इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले युद्धविराम उल्लङ्घनका बीचमा यो सम्भव नभएको जनाएका हुन् ।
गालिबाफले अमेरिकी नाकाबन्दीले इरानी बन्दरगाहहरूलाई लक्षित गरेको र यसले विश्व अर्थतन्त्रलाई बन्धक बनाएको आरोप लगाए । उनले नाकाबन्दी अन्त्य भएपछि मात्र पूर्ण युद्धविराम सम्भव हुने जनाए ।
यसैबीच, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अमेरिकासँगको वार्ता र सम्झौतालाई इरानले समर्थन गरेको र जारी राख्ने जनाएका छन् । तर वास्तविक संवादका लागि सबैभन्दा ठूला बाधाहरू विश्वासको कमी, घेराबन्दी र निरन्तर धम्की रहेको उनले जनाए ।
पेजेश्कियानले इरान वार्ताको लागि तयार रहेको संकेत गर्दै इमानदार वातावरण र पारस्परिक सम्मान आवश्यक रहेको उल्लेख गरेका छन् ।

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेपछि बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सुकुम्बासी बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट सुरु हुनेछ । पहिलो चरणमा नदी किनार, सार्वजनिक जग्गा तथा सरकारी स्वामित्वका स्थानहरूमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरूलाई हटाइनेछ ।
साहले काठमाडौं महानगरपालिकाका मेयर हुँदा पनि सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यतिबेला महानगर र सुकुम्बासीबीच तनाव बढेपछि उनी सफल भएका थिएनन् ।

सम्पत्ति छानबिन आयोगका पदाधिकारीले लिए शपथ

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिमाथि छानबिन गर्न गठन गरेको आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका छन् ।
बुधबार नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यस्तै अध्यक्ष भण्डारीले सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
२०६२, ०६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न गठित आयोगले आफ्नो काम प्रारम्भ गरेको हो ।
२०८३ वैशाख २ मा बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ ।
यस्तै, समितिका सदस्यहरू न्यायाधीशद्वय पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षिक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्सालले पनि शपथ ग्रहण गरेका छन् ।
जाँचबुझ ऐन २०२६ अनुसार कार्यसम्पादनको जिम्मेवारी आयोगले पाएको छ । आयोगको कार्यविधि समेत स्वीकृत भइसकेको छ । एक वर्षको कार्यकाल तोकिएको आयोगले सार्वजनिक पदमा रहेका सेवा निवृत्त पदाधिकारी र तीनका परिवारका नाममा स्वदेश तथा विदेशमा रहेको सम्पत्ति विवरण संकलन गरी जाँचबुझ गर्नेछ ।
आयोगले जाँचबुझ सकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदन प्राप्त गरेको ४५ दिनभित्र आयोगका सिफारिस कार्यान्वयनमा ल्याउनुपर्नेछ ।
आयोगले पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक ढङ्गले कार्य गर्ने प्रतिबद्धता जनाउँदै कसैको दबाब वा प्रभावमा नपरी जिम्मेवारी पूरा गर्नुपर्नेछ।
आयोगले लिखित, मौखिक, विद्युतीय माध्यम, सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि उजुरी संकलन गर्नेछ।
कार्यसम्पादनको सिलसिलामा आयोगले आवश्यकताअनुसार विभिन्न क्षेत्रका विज्ञहरूको सल्लाह लिन सक्ने प्रावधान राखिएको छ । स्वार्थको द्वन्द्व लागू हुने विज्ञहरूलाई भने आमन्त्रण गर्न नपाइने कडा सर्त तय गरिएको छ।
यो आयोगको गठन २०८२ चैत १३ को मन्त्रिपरिषद् बैठकबाट स्वीकृत ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीहरु’ को बुँदा नम्बर ४३ मा उल्लिखित भ्रष्टाचारविरोधी प्रतिबद्धताअनुरुप भएको हो।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोगका लागि आवश्यक ३२ जना कर्मचारीको छनोट गरिरहेको छ ।
आयोगको कामलाई पारदर्शी बनाउन त्यहाँ खटिने कर्मचारीहरूले समेत कार्यभार सम्हालेको एक साताभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

वैशाख १७ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा आगामी वैशाख १७ गते बिहीबारका लागि संसद्को अधिवेशन आह्वान गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको छ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक वैशाख १७ गते दिउँसो २ः०० बजे संघीय संसद् भवन सिंहदरबारमा बस्ने गरी तोकिएको छ ।
बजेट अधिवेशनका रूपमा समेत हेरिएको अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त एवं प्राथमिकतामाथि छलफल हुनेछ ।

दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप

काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि अनुसन्धानका लागि थप सात दिन म्याद थप भएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप सात दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले म्याद दिएको हो ।
उनीहरुलाई विभागले ३० दिन हिरासतमा राख्न समय माग गरेको थियो।

रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्त बीमितलाई दाबी रकम हस्तान्तरण

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्त सुविधा बापत दाबी भुक्तानी गरेको छ।
दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नं. २ निवासी श्रीमती खगिसरा श्रेष्ठले आफ्नो छोराको नाममा ‘रिलायबल सुलभ बाल जीवन बीमा योजना’ अन्तर्गत बीमा बीमा गरिएको थियो। बीमा अवधिभित्र प्रस्तापक स्वयं रुखबाट लडेर पूर्ण अशक्त भएपछि बीमा सम्झौता बमोजिम कम्पनीले दाबी प्रक्रिया पूरा गर्दै ५ लाख रुपैयाँ बराबरको दाबी रकम भुक्तानी गरेको जनाएको छ।
उक्त दाबी रकम कर्णाली प्रदेश प्रमुख विष्णु प्रसाद अधिकारी, शाखा प्रमुख खगेन्द्र मल्ल, सिनियर एजेन्सी म्यानेजर पम्फा वली तथा धना लामा को उपस्थितिमा बीमितको निवासमै पुगेर चेक हस्तान्तरण गरिएको थियो।
कम्पनीका अनुसार यस प्रकारको दाबी भुक्तानीले बीमाको महत्व तथा आकस्मिक विपद्को अवस्थामा आर्थिक सुरक्षामा यसको प्रभावकारी भूमिकालाई पुनः स्थापित गरेको छ। साथै कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्दै बीमितहरूको हित संरक्षणप्रति प्रतिबद्ध रहने जनाएको छ।

नेशनल लाइफ र ग्राण्डी हस्पिटलबीच स्वास्थ्य सेवामा सहुलियत सम्बन्धी समझदारी

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावक तथा कर्मचारीलाई लक्षित गर्दै स्वास्थ्य सेवा सहजीकरणका लागि ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग सम्झौता गरेको छ। कम्पनीले आफ्ना प्रस्तावकहरुलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरुलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलव्ध गराउने गरी इन्स्योरेन्स र हस्पिटलबीच एक समझदारी भएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सम्झौतामा हस्ताक्षर गरे । सम्झौता अनुरुप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवाश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वाश्थोपचार सुविधा उपलव्ध गराउने व्यवस्था गरिएको छ ।
यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरुले लाभ उठाउन सक्ने अपेक्षा गरिएको छ ।

गरिमा विकास बैंक लिमिटेडले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैकिङ् सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तराष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।
यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ ।
बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमका बीच विश्वव्यापी सर्टिफिकेसन संस्था “ईन्टरसर्ट”को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय बैकिङ् सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने जनाए ।
बैंकले देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।

नबिल बैंकले १६ ठाउँमा उद्यमशीलता विकास तालिम गर्दै

काठमाडौँ । नबिल बैंकले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा बुधबारदेखि सुरु भएको तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ ।
बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने जनाए । “सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो”, उनले जनाए ।
बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो । तालिममा ग्रामीण भेगका किसानहरुको रुचि पहिचान गरी सोहीअनुरुप उनीहरुलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सिप उपलब्ध गराइनेछ ।
सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सिप प्राप्त गर्नेछन् ।
कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक ः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी आन्दोलनको पुनर्गठनको संकल्प लिन आह्वान गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले यस्तो आह्वान गरेका हुन् ।
सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको जनाए । ूसमाजवाद र साम्यवादको लक्ष्य बोकेका सबै वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता बनेको छ,ू प्रचण्डले भनेका छन् ।
कम्युनिस्ट आन्दोलनले मात्र उपेक्षित र उत्पीडित समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षण गर्न सक्छ भन्ने इतिहासले प्रमाणित गरेको उनको भनाइ छ ।
ूनेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्न, शान्ति सम्झौता र लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी अपरिहार्य रहेकोमा म विशेष जोड दिन चाहन्छु,ू उनले थप भनेका छन् ।
उनले नेपाली कम्युनिस्टहरूको काँधमा विगतका बलिदानीपूर्ण संघर्षका उपलब्धिहरूको रक्षा गर्दै आम गरिब किसान तथा श्रमजीवी जनताको पक्षमा क्रान्ति अगाडि बढाउने जिम्मेवारी अझ बढेको जनाए । इतिहासले सुम्पेको यही जिम्मेवारी पूरा गर्न नेपाल कम्युनिस्ट पार्टीको पहिलो पर्चा तथा घोषणापत्र र त्यसपछिका विकसित विचारहरूको संश्लेषण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको समग्र पुनर्गठनका लागि आह्वान गरे ।
सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनताको जनवादी सत्ता स्थापना गर्ने महान् उद्देश्यसहित वि.सं. २००६ वैशाख ९ (२२ अप्रिल १९४९) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

लेटेष्ट समाचार

कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको समय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि समय थप गरेको छ । जेठ २८ गतेसम्मका लागि समय थप गरिएको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन...

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत...

वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास...