Page 12

लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गले बोलायो साधारणसभा

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको वैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले जेठ २९ गते शुक्रबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ५९औं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने, ऋण सुविधा लिने, कर्पोरेशनको प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्नेछ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्र्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कर्पोरेशनले जेठ १३ गतेदेखि जेठ २९ गतेसम्म बूक क्लोज गर्ने भएको छ। तसर्थ नेप्सेमा जेठ १२ गतेसम्म कारोबार भई कायम भएका शेयरधनीले मात्रै लाभांश पाउनेछन्।

एनसेलको मुख्यालय धापासीमा सिआइबी टोलीको छापा

काठमाडौं । एनसेलको मुख्यालय,धापासीमा सिआइबीको टोलीले छापा मारेको छ । त्यस क्रममा केही कागजपत्र नियन्त्रणमा लिएको जनाईएको छ ।
एनसेल र स्मार्ट सेलवीच भएको कारोबारवारे अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनका आधारमा छापा मारिएको जनाइएको छ । यसबारे थप जानकारी आउन बाँकी छ ।

नेशनल लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म छुट

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण गराउँदा लाग्ने विलम्ब शुल्कमा भारी छुटको घोषणा गरेको छ।
समयमै बीमाशुल्क भुक्तानी भएका कारण व्यतित भएका बीमालेखहरू जेठ १ गतेदेखि जेठ १५ गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गराएमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म छुट दिइने घोषणा गरेको हो।
२०७५ चैत १ गतेसम्म व्यतित भइसकेका बीमालेखहरूमा ५० प्रतिशत, २०७५ चैत २ गतेदेखि २०७८ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ६० प्रतिशत, २०७८ चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म व्यतित भएका बीमालेखहरूमा ७५ प्रतिशत र २०८१ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेखहरूमा १०० प्रतिशत छुट दिने भएको छ।
नवीकरण गरेको मितिले २ वर्षभित्र अवधि समाप्त हुने बीमालेखहरूको हकमा विलम्ब शुल्क छुटको सुविधा नपाउने, एक पटक छुट पाइसकेकोले बीमा अवधिभर अर्को छुट नपाउने, छुट सुविधाबाट नवीकरण भएका बीमालेख १ वर्षभित्र सरेण्डर भएमा छुट शुल्क काटिने कम्पनीले जानकारी दिएको छ।

काठमाडौंमा बिहानैदेखि वर्षा, यी स्थानमा पर्नेछ आज मध्यमसम्म पानी

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । काठमाडौंलगायत केही स्थानमा बिहानैबाट वर्षा सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ ।
मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने जनाएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ ।
कोसी र मधेस प्रदेशका थोरै स्थानमा, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।
जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए ।
बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने जनाईएको छ ।
आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका छ ।
यस्तै, प्रतिनिधि सभाका सदस्य गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ प्रस्ताव पेस गर्ने छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेइजिङमा

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुगेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ट्रम्प चीन भ्रमणमा आएका हुन् ।
लामो उडानपछि अमेरिकी राष्ट्रपति ट्रम्प बेइजिङको समय अनुसार बुधबार ७ः५० मा बेइजिङ अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई चिनियाँ उच्च अधिकारीले भव्य स्वागत गरेका थिए । ट्रम्पलाई चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए ।
करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो भने सन् २०१७ को नोभेम्बरपछि ट्रम्पको यो दोस्रो भ्रमण हो ।
दुई नेताबीच द्विपक्षीय सम्बन्ध र विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको विदेश मन्त्रालयले जनाएको छ ।

इरान युद्धको बीचमा ट्रम्प आज चीन भ्रमणमा जाँदै, भ्रमण दलमा को–को ?

काठमाडौं । इरानसँग जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज (बुधबार) देखि चीनको तीनदिने भ्रमण सुरु गर्दैछन् ।
अमेरिका, इजरायल र इरानबीच चलिरहेको युद्ध, हर्मुजको जलडमरूमा देखिएको संकट र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको समस्यालाई लिएर विश्वव्यापी चिन्ता बढिरहेको समयमा हुन लागेको ट्रम्पको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।
ट्रम्प २०१७ पछि पहिलोपटक बेइजिङ जान लागेका हुन् । भ्रमणमा इरानसँगको वर्तमान अवस्थाबारे छलफल हुने सम्भावना छ ।
ट्रम्पको यो भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुन लागेको हो ।
ह्वाइट हाउसकी प्रिन्सिपल डेपुटी प्रेस सेक्रेटरी अन्ना केलीका अनुसार ट्रम्प बुधबार साँझ बेइजिङ पुग्नेछन् । ट्रम्पका लागि भव्य स्वागत समारोह आयोजना गरिनेछ, त्यसपछि राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता हुनेछ ।
त्यसक्रममा ट्रम्पले बेइजिङस्थित एक ऐतिहासिक र प्राचीन धार्मिक परिसर टेम्पल अफ हेवनको पनि भ्रमण गर्नेछन् । ट्रम्पका लागि राजकीय भोज पनि आयोजना हुनेछ ।
ट्रम्प र सी दुई नेताहरूबीच शुक्रबार पनि छलफल हुनेछ ।
चीन भ्रमणमा ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, एरिक ट्रम्प र लौरा ट्रम्प सहभागी हुनेछन् । साथै, भ्रमणमा एप्पलका सीईओ टिम कुक र टेस्ला तथा स्पेसएक्सका प्रमुख एलन मस्क लगायत शीर्ष अमेरिकी कम्पनीहरूका सीईओको ठूलो प्रतिनिधिमण्डल पनि उपस्थित हुने जनाईएको छ ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।
काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बुधबार बिहान ९ बजेबाट बैठक सुरु हुनेछ । पार्टीले बैठकका लागि राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरेको छ ।
बैठकमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रतिनिधिसभा बैठकमा आज उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ।
बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३, ०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ।

कांग्रेस नेताहरु ओली भेट्न गुन्डु पुगे, प्रचण्डले पनि भेटेका थिए ओलीलाई

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न गुन्डु पुगेका छन् ।
उनीहरु बेलुकी ओलीलाई भेट्न गुन्डु पुगेका हुन् । कर्णाली प्रदेशको सरकारसहित अन्य विषयमा पनि छलफलका लागि कांग्रेस नेताहरु त्यहाँ पुगेको स्रोत जनाउँछन । कांग्रेस, एमाले, नेकपाबीच सहकार्य गरेर जाने विषयमा पनि पछिल्ला दिनमा लगातार छलफल भइरहेको छ ।
यसअघि दुई दिनअघि प्रचण्डले पनि ओलीलाई गुन्डु पुगेर भेट गरेको स्रोतले जानकारी दियो ।

लेटेष्ट समाचार

राष्ट्रिय सभाबाट विभिन्न अध्यादेशसम्बन्धी प्रस्ताव स्वीकृत

काठमाण्डौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले विभिन्न अध्यादेश सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा सांसद सम्झना देवकोटाले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३ लाई अस्वीकार...

यी हुन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । सरकारले आज विभिन्न निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त...

इजरायल र हिज्बुल्लाह युद्धविरामका लागि सहमत

काठमाडौं । इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका...