शेयर बजारमा ५१.३७ अंकको पहिरो, करीब ६ अर्बको कारोबार

काठमाडौं । पुस महिनाको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५१.३७ अंकले घटेको छ । १.९१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३०.९१ अंकमा ओर्लिएको छ ।
बजारमा ठूलै पहिरो गएसँगै सबै समूह राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा भन्दा बढी ४.४१ प्रतिशतले घटेको छ ।
आज ३०४ कम्पनीको १ करोड २७ लाख ४५ हजार ७ सय ७७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख ४ हजार ८ सय ४७.०४ रुपियाँ बराबरको कारोबार भएको छ ।
समग्रमा बजार घटे पनि कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । त्यस्तै जानकी फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २६ करोड ४५ लाख ९० हजार ३ सय ३०.९० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

LEAVE A REPLY