काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर तथा ४ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले जनाएका छन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सय रुपियाँ छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।