शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले फागुन ११ गते ‘ राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दुतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ ।
फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना जनाएका छन् ।
रन टु शाईन भन्ने नाराका साथ बैंकले आगामी फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
बैंकको १७औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपियाँँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्षसम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तीन विधा रहेका छन् ।
लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रुपन्देही जिल्लाका नागरिकता भएका धावकहरूले मात्र स्थानीय क्याटेगरीहरूमा सहभागी हुन पाउने छन् । लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीहरूमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्ने छन् ।
प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपियाँँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय प्राप्त गर्नेछन् ।

LEAVE A REPLY