काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंकले सबै प्रदेशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग, एआईको प्रवेशले सर्वसाधारण, विषेशगरी युवाहरुलाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्याउने उद्देश्य राखेको छ ।
कार्यक्रम अन्तर्गत, सहभागीहरूलाई बैंकिङ्ग प्रणाली, डिजिटल भुक्तानी, कर्जाको उचित व्यवस्थापन तथा दीर्घकालीन वित्तीय योजनाबारे विस्तृत जानकारी प्रदान गरिंदैछ । यस अभियानमार्फत बैंकले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउन, जिम्मेवार वित्तीय निर्णय लिन र समग्र वित्तीय स्थायित्व कायम गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरेको छ । कुमारी बैंकले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएको छ ।
देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको बैठकले जनाएको छ ।














