सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०८०–८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव वरिष्मा साउद आचार्यले जनाएकी छिन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार २ सय रुपियाँ छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।

LEAVE A REPLY