सानिमा रिलायन्सको पौने १६ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कुल १५ लाख ७४ हजार २५१ कित्ता संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
यो शेयर संस्थापक शेयरधनीसहित जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । कम्पनीले यसअघि नै संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ ।
इच्छुक लगानीकर्ताले १५ दिन अर्थात् २०८२ वैशाख १३ गतेभित्र कम्पनीको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

LEAVE A REPLY