काठमाडौं । प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेक्ष् छुट पाउने भएका छन् ।
बैंक र गोरखा नगरपालिका–६ अर्घले मा रहेको गोरखा गार्डन होटल प्रा।लिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ । यो सँगै कर्मचारी तथा ग्राहकले उपलब्ध सेवाहरुमा बिशेष छुट पाउनेछन् । गोरखा गार्डन होटल प्रालिका तर्फबाट अध्यक्ष सुरेन्द्र कुवर, र प्रभु बैंक गण्डकी प्रदेशका अधिकृत राजु रानाले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै बिधुतीय माध्यम द्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटल प्रा।लि। मा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
गोरखाको मुटुमा अवस्थित, गोरखा गार्डेन होटल आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, आरामदायी आवास र असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा गोरखा गार्डन होटल प्रा।लि। विच भएको योे साझेदारीले गोरखाको पर्यटनको प्रवद्र्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।