कुमारी बैंकले ल्यायो बम्पर उपहार जित्ने योजना

काठमाडौं । कुमारी बैंकले नयाँ योजना टपअप र फोनपे डाइरेट गरौँ गरौँ, बम्पर उपहार जितौँ योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउनेछन् । बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डाइरेछ कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ ।
यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आईफोन १६ का लागि स्वतः योग्य हुनेछन् । यस अन्तर्गत, प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् । यो योजना १ बैंशाख देखी ३१ बैशाख सम्म सञ्चालन हुनेछ ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY