काठमाडौं। फिसिङ लिंकमार्फत ईसेवामा पहुँच प्राप्त गरी चार हजारभन्दा बढी खाताबाट रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ।
कञ्चनपुरको कृष्णपुर १ का २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन्। काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको हो ।
राहुलले मोबाइल मार्फत विभिन्न अलर्ट एसएमएस पठाएर ‘तपाईंको खाता सस्पेन्ड हुने’ भनी चेतावनी दिइ लिंक खोल्न लगाउने गरेका थिए। एसएमएस मार्फत प्राप्त लिंक खोल्ने व्यक्तिहरूको ईसेवा खातामा पहुँच प्राप्त गरी उनीहरूले रकम चोरी गरेका थिए। बुढाले पशुपति ग्लोबल ईनोभेशन प्रालिको मर्चेन्ट खातामा एक करोड २ लाख रुपैयाँ ट्रान्सफर गरेको प्रहरीको अनुसन्धानमा खुलासा भएको छ।
पक्राउ परेका राहुलको कामलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।