काठमाडौं । विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि आज २६ गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) आइतबार बाँडफाँट हुने भएको छ ।
उक्त कम्पनीको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय ठमेल, काठमाडौंमा आइतबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीको एफपीओका लागि १९ लाख ७४ हजार ७ सय ९ जनाले २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपियाँ बराबरको २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन् ।
उक्त कम्पनीले ५१ लाख २९ हजार २ सय रुपियाँको प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता एफपीओ निष्काशन गरेको थियो ।
सो कम्पनीको शेयर ५ हजार १ सय २९ जनाले मात्रै १०, १० कित्ताका दरले पाउने छन् ।
एक हजार लगानी गरेको एफपीओ पाउने भाग्यमानीले नेप्सेमा सूचीकृत भई कारोबार शुरु हुने वित्तिकै २९ हजार नाफा कमाउने छन् ।