काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा माछापुच्छ्रे बैंकको नाफा बढेको छ ।
समीक्षा अवधिमा बैंक १ अर्ब १० करोड २६ लाख रुपियाँ नाफा कमाउन सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २८.८९ प्रतिशतले बढी हो । गत आवमा बैंकले ८५ करोड ५४ लाख रुपियाँ नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ८४ करोडबाट १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड पुगेको छ । त्यस्तै, कुल सञ्चालन १३.०६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड २८ लाख रुपियाँ कायम भएको छ । साथै सञ्चालन नाफा ५२.७६ प्रतिशतले बढेर २ अर्बभन्दा बढी पुगेको छ ।
११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपियाँ सञ्चित छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ९.८१ बाट बढेर १२.६५ रुपियाँ, प्रतिशेयर नेटवर्थ १५६.२० रुपियाँ र वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपियाँ छ ।