नबिल बैंकको नाफा ५ अर्ब नाघ्यो, अन्य सूचकमा पनि उल्लेख्य प्रगति

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नबिल बैंकको नाफामा ८.२१ प्रतिशतले बढेको छ । नाफासँगै अन्य सूचक पनि सकारात्मक देखिएका छन् ।
समीक्षा अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपियाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आवमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख नाफा कमाएको थियो ।
त्यस्तै, तेस्रो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपियाँमा सीमित भएको छ । जुन गत आवको सोही अवधिमा १२ अर्ब ५५ करोड रुपियाँ थियो ।
चैत मसान्तसम्म सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपियाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपियाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १५ अर्ब २९ लाख रुपियाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ४१ लाख रुपियाँ पुगेको छ ।
२७ अर्ब ५ करोड ६९ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपियाँ सञ्चित रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपियाँबाट बढेर २५.०५ रुपियाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपियाँ छ । साथै बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशतमा झरेको छ ।

LEAVE A REPLY