नौ महिनामा ग्लोबल आइएमई बैंकको नाफा ३७ प्रतिशतले बढ्यो

काठमाडौं । चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको नाफामा उल्लेख्य वृद्धि आएको छ ।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ५३ करोड ४० लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३७.१२ प्रतिशतले बढी हो । गत आवको सोही अवमिा बैंकले ३ अर्ब ३० करोड रुपियाँ खुद नाफा कमाएको थियो ।
तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख छ भने खुद फी तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेर १ अर्ब ३१ करोड १८ लाख रुपियाँ छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३४.४१ प्रतिशत बढेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । चैत मसान्तसम्म बैंकको यस्तो आम्दानी ३.६६ रुपियाँले बढेर १५.८६ रुपियाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५४ करोड रुपियाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १२.४ रुपियाँ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा र प्रतिशेयर नेटवर्थ १७३.४७ रुपियाँ रहेको छ।
३८ अर्ब ११ करोड ५८ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५७ करोड ३७ लाख रुपियाँ सञ्चित छ ।

LEAVE A REPLY