ज्योति विकास बैंकको मोवाइल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा रु. ५०० क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो मोवाइल बैंकिङबाट हवाई टिकट खरिद गर्दा रु. पाँच सय क्यास ब्याक प्राप्त हुने आकर्षक अफर ल्याएको छ ।
बैंकले सार्वजनिक गरेको यस सर्वाधिक क्यासब्याक योजनामार्फत बैंकका ग्राहकले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न सक्नेछन् । देशभरका जुनसुकै एयरलाइन्सको जहाजको टिकट खरिद गर्दा यो सुविधा प्राप्त गर्न सकिने छ ।
ज्योति स्मार्ट एपबाट हवाई टिकट गर्दा ‘ज्योति५००’ प्रोमो कोड प्रयोग गरी उक्त क्यासब्याक प्राप्त लिन सकिने छ । यो विशेष अभियान आज (शुक्रबार) देखि सीमित अवधिको लागि लागू हुने बैंकले आफ्नो विज्ञप्तिमा जनाएको छ ।
अभियान अवधिभर ग्राहकले ज्योति स्मार्ट एप प्रयोग गरी पहिलो हवाई टिकट खरिद गरेमा क्यास ब्याकको सुविधा प्राप्त गर्न सकिने छ । ज्योति विकास बैंकले आफूहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुका साथै ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर आकर्षण योजना ल्याउने गरेको जनाएको छ ।
साथै, डिजिटलाइजेसन सेवालाई सक्रियारुपमा प्रवर्द्र्धन गर्दै बैंकले ग्राहकहरुलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्नका लागि डिजिटलाइज बैंकिङ प्लेटफर्महरु थप व्यवस्थित र उन्नत बनाउँदै आएको भन्दै बैंकले आफ्नो खुद मुनाफाबाट हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले गर्दै आएको भन्दा ५० प्रतिशत बढि संस्थागत सामाजिक उत्तरदायित्वका लागि योगदान गर्दै आएको छ ।
बैंकले भनेको छ, ‘स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ५९ वटा न्यानो नानीमार्फत हरेक वर्ष दुई हजार १८३ भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा करिब रु. ४० करोड कर तिरेको छ । साथै, चालु आर्थिक वर्षको पौष मसान्तसम्म करिब रु. १५ करोड कर स्वरूप बुझाइसकेको छ ।’
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

LEAVE A REPLY