शेयर बजारमा २५.८९अंकको सुधार, साढे ९ अर्ब नाघ्यो कारोबार

काठमाडौं । शेयर बजार उचालिएसँगै कारोबार रकम पनि बढेको छ । आज बजार २५.८९ अंकले बढेको हो । ०.९५ प्रतिशतले बजार उचालिंदा नेप्से परिसूचक २७३१.८० अंकमा उक्लिएको छ ।
साताको अन्तिम दिन समग्रमा बजार बढे पनि हाइड्रो र ट्रेडिङ समूह क्रमशः ०.२२ र १.५३ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहममा हरियाली छाएको छ । बैंकिङ समूह सबैभन्दा बढी उचालिएको छ । आज बैंकिङ समूह ३.१५ प्रतिशतले बढेको हो ।
आज ३१२ कम्पनीका २ करोड २६ लाख ७० हजार ८ सय ४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७ सय ३९.८३ रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ ।
माई खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ८.१५ प्रतिशतले नाफा कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५७ करोड ५ लाख ७७ हजार २ सय ३१.८० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार २.४० अंकले बजार बढ्दा ९ अर्ब ५० करोड २ सय २ सय ६८.९६ रुपियाँ, सोमबार २२.३५ अंकले बजार घट्दा ८ अर्ब ३७ करोड ७३ लाख २७ हजार १ सय ४७.७८ रुपियाँ, मंगलबार ०.१४ अंकले बजार घट्दा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८ सय १४.७३ रुपियाँ र हिजो बुधबार २२.०४ अंकले बजार बढ्दा ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १ सय २.१० रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY