काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले असार २४ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो ।
आईपीओका लागि बिहीबार साँझसम्म ११ लाख २९ हजार ७ सय ५६ जना आवेदकबाट १ अर्ब ३४ करोड रुपैयाँको एक करोड ३४ लाख ३९० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमाआईपीओ बाँडफाँट गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये प्रतिकित्ता १०० अंकित दरमा १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरी बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, कम्पनीले १८ हजार ६५० कित्ता शेयर कर्मचारीहरुका लागि र ४६ हजार ६२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटलले जनाएको छ ।
उक्त शेयर ७७ हजार ३ सय ९२ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताबा दरले पाउने छ ।