शेयर बजारमा ३५ अंकको पहिरो, हाइड्रो बाहेक अरु राताम्मे

काठमाडौं । केही दिनदेखि बढिरहेको शेयर बजारमा आज उच्च अंकको करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३५ अंकले तल झरेको हो । १.२७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७२५.७१ अंकमा झरेको छ ।
समग्रमा बजार घटे पनि हाइड्रो पावर समूह भने ०.१५ प्रतिशतले उचालिएको छ । बाँकी अरु समूह राताम्मे भएका छन् । बैंकिङ समूह सबैभन्दा बढी २.४६ प्रतिशतले घटेको हो ।
आज ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५ सय ४० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १७ करोड २१ लख ४३ हजार ३ सय २६.०७ रुपियाँ बराबरको कारोबार भएको हो ।
माई खोला हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९० प्रतिशतले नाफा कमाएका छन् भने सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.४६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ८८ लाख ५३ हजार ४ सय ६४ रुपियाँ बराबरको कारोबार भएको नेप्सले जनाएको छ ।
साताको पहिलो दिन हिजो आइतबार २९ अंकले बजार बढ्दा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४ सय ६७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

LEAVE A REPLY